उपकार बचतको बार्षिकोत्सवको अबसरमा रक्तदान
पाेखरा | माघ ७, २०७९
पोखराः पोखरा महानगर पालिका वडा नं ६ लेकसाइड बैदामस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले शनिबार १४औं बार्षिक उत्सबको अबसर पारेर रक्तदान तथा रक्त परिक्षण कार्यक्रमको आयोजना गरेको छ । संस्थाले बार्षिक कार्यक्रम अन्तरगत रक्तदान गर्दै आएको र सामाजिक क्षेत्रमा समेत सक्रिय रहेको संस्थाको कार्यक्रममा ३९ युनिट रगत संकलन भएको छ ।
पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले रक्तदाता तुलसी दाहाललाई ब्लड ब्याग हस्तारन्तरण गरि, कार्यक्रमको शुभारभ्भ गर्दै “रक्तदान जत्तिको पवित्र कार्य अन्य नहुने” बताए । उनले सहकारीले गरेको कामको प्रशंसा गरे । अध्यक्ष भट्टराईले “रक्त दान जिवन दान” भन्ने नारालाई सार्थक बनाउनका लागि ‘रक्तदान’को बारेमा स्थानिय स्तरमा प्रचारप्रसार गरि महत्व बुझाउनु पर्नेमा जोड दिए ।
थाइराड, मधुमेह तथा हर्मोन रोग विषेशज्ञ डा. रमेश राज आर्चायले थाइराड तथा मधुमेह रोग मानिसको खानपिन र बानीब्यहोरा सुधार गरेमा बच्न सकिने जानकारी दिदै, सचेत रहन आग्रह गरे ।
संस्थाका अध्यक्ष सुर्यनाथ पहारीले सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाले बिभिन्न सामाजिक कार्य गर्दै आएको बताए । अध्यक्ष पहारीले सामाजिक कार्यलाई संस्थाले आगमी दिनमा पनि निरन्तरता दिने सुनाए ।
कार्यक्रममा विशेष अतिथि नेपाल रेडक्रस का्रस्कीका अध्यक्ष डण्डराज पौडेल, यु आर यल पोखराका अध्यक्ष ठाकुर पन्त, माता तालबाराही आरतिका अध्यक्ष मंगल नेपाली, संस्थाका कोषाध्यक्ष बैकुण्ठ ढुगाना, शिशु स्याहार बैदामका अध्यक्ष संगिता बराल र कार्यक्रम संयोजक मादब थापा लगाएतले रक्तदान जत्तिको महत्वपूर्ण र पवित्र कार्य अन्य नहुने भन्दै रगतको महत्व र आवश्यकता सबैलाई बुझाउनुपर्नेमा जोड दिएका थिए ।
संस्थाका अध्यक्ष सुर्यनाथ पहारीको सभाअध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दुर्गा पहारीले स्वागत र सचिव सुन्दरराज पहारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
पश्चिमाञ्चल क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा यु. आर. यल पोखराको प्राविधिक सहयोगमा करिब १ सय जनाको थाइराइड तथा मधुमेह रोगको निशुल्क रक्त परिक्षण गरिएको थियो ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

