अर्जुनचौपारी स्वास्थ्य शिविरमा ६३१ जनाको स्वास्थ्य परीक्षण

पाेखरा | पुस ६, २०८२

अर्जुनचौपारी स्वास्थ्य शिविरमा ६३१ जनाको स्वास्थ्य परीक्षण

पोखरा:   स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा आयोजित बृहत् स्वास्थ्य शिविरबाट ६३१ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्। 


खुमा अर्याल फाउन्डेसन र अर्जुनचौपारी गाउँपालिकाको संयुक्त आयोजना तथा गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न भएको हो।


अर्जुनचौपारी–१ स्थित गाउँकार्यपालिकाको कार्यालयमा सञ्चालित शिविरमा हाडजोर्नी, मुटु, स्त्रीरोग, बालरोग, दन्तरोग, आँखा, नाक, कान तथा घाँटी र छालारोग सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो। 


शिविरमा चेकजाँच गरिएकामध्ये १२० जना बिरामीलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ। रिफर भएका बिरामीहरूले उक्त अस्पतालमा औषधिमा ५ प्रतिशत र उपचारमा २० प्रतिशत छुट पाउने जनाइएको छ।


शिविरमा डा. कृष्ण विष्ट, डा. चन्द्र बहादुर पुन, डा. बृहस्पति सिग्देलसहितका विशेषज्ञ चिकित्सकहरूको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले दुर्गम क्षेत्रमा आएर विशेषज्ञ सेवा प्रदान गरेकोमा आयोजकलाई धन्यवाद दिँदै आगामी दिनमा खेलकुद क्षेत्रमा पनि सहकार्य गर्ने इच्छा व्यक्त गर्नुभयो।


फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सपना गुरुङ, समाजसेवी खुमा प्रसाद अर्याल, डा। लुना अर्याल लगायतले स्वास्थ्यको महत्त्वबारे चर्चा गर्नुभएको थियो। सो अवसरमा सहयोगी निकायहरूलाई प्रशंसापत्रद्वारा सम्मान समेत गरिएको थियो।

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्