वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा राजेन्द्र भण्डारी
काठमाडाैं | माघ ७, २०७९
काठमाडौंः नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र भण्डारी विजयी भएका छन् । संघको ७ वटा पदाधिकारीमा मञ्चको ५ वटा उम्मेदवार विजयी भएका छन् ।
संघको शुक्रबार सम्पन्न २९औं साधारण सभामा भण्डारीले १९९ मत ल्याई विजयी भएका हुन् । अध्यक्षका प्रतिस्पर्धी रहेका कांग्रेसनिकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष कुमुद खनालले १३१ र लोकतान्त्रिककै भुवनसिंह गुरुङले १५७ र माओवादीनिकट व्यवसायी ईश्वरबहादुर जिसीले १२१ मत प्राप्त गरेका थिए ।
संघको प्रथम उपाध्यक्ष डिकबहादुर (कुमार) खत्री (२५३), द्वितीय उपाध्यक्ष सञ्जु गुरुङ (२६३), तृतीय उपाध्यक्ष रोशन कटुवाल (१९२), महासचिव मेघनाथ भुर्तेल (२६३), सचिव कर्णराज कटुवाल (२४१) र कोषाध्यक्ष सरिता घले (२२८) निर्वाचित भएका हुन् ।
त्यस्तै सदस्यहरूमा राजेन्द्र बस्नेत (२९१), विक्रम श्रेष्ठ (२४६), देवीमाया थापा (२४५), बैकुण्ठप्रसाद पौडेल (२३२), कैलाश पाठक (२३०), देउमान नेम्वाङ (२२४), आनन्द कोइराला (२१८), नारायण भुषाल (२१७), तोरणकुमार कार्की (२१२)र चन्द्रबहादुर लिम्बू (२१०) निर्वाचित भएका हुन् ।
नवनिर्वाचित भण्डारीले १० हजार सेवा शुल्क निर्णय खारेज गरी अन्तर्राष्ट्रिय प्रचलनअनुसार कामदारले पाउने एक महिनाको तलबबराबरको रकम व्यवसायीले सेवा शुल्कबापत लिन पाउने व्यवस्था गर्न आफ्नो कार्यसमितिको पहलकदमी रहने बताए ।
बागलुङ: नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको आयोजनामा आगामी चैत २० र २१ गते ‘बागलुङ मिडिया मेला’ हुने भएको छ । शाखाले आफ्नो रजत वर्षका अवसरमा पहिलोपटक जिल्लामा मिडिया मेलाको...
गण्डकी: कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको व्यावसायिक खेती गरिरहेको छ । पालिकाले यस वर्ष एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको छ । अघिल्लो वर्...
काठमाडौं: बिहीबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँको गिरावट आएको छ । यो गिरावटसँगै एक तोला सुनको मूल्य ...

