वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा राजेन्द्र भण्डारी
काठमाडाैं | माघ ७, २०७९
काठमाडौंः नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र भण्डारी विजयी भएका छन् । संघको ७ वटा पदाधिकारीमा मञ्चको ५ वटा उम्मेदवार विजयी भएका छन् ।
संघको शुक्रबार सम्पन्न २९औं साधारण सभामा भण्डारीले १९९ मत ल्याई विजयी भएका हुन् । अध्यक्षका प्रतिस्पर्धी रहेका कांग्रेसनिकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष कुमुद खनालले १३१ र लोकतान्त्रिककै भुवनसिंह गुरुङले १५७ र माओवादीनिकट व्यवसायी ईश्वरबहादुर जिसीले १२१ मत प्राप्त गरेका थिए ।
संघको प्रथम उपाध्यक्ष डिकबहादुर (कुमार) खत्री (२५३), द्वितीय उपाध्यक्ष सञ्जु गुरुङ (२६३), तृतीय उपाध्यक्ष रोशन कटुवाल (१९२), महासचिव मेघनाथ भुर्तेल (२६३), सचिव कर्णराज कटुवाल (२४१) र कोषाध्यक्ष सरिता घले (२२८) निर्वाचित भएका हुन् ।
त्यस्तै सदस्यहरूमा राजेन्द्र बस्नेत (२९१), विक्रम श्रेष्ठ (२४६), देवीमाया थापा (२४५), बैकुण्ठप्रसाद पौडेल (२३२), कैलाश पाठक (२३०), देउमान नेम्वाङ (२२४), आनन्द कोइराला (२१८), नारायण भुषाल (२१७), तोरणकुमार कार्की (२१२)र चन्द्रबहादुर लिम्बू (२१०) निर्वाचित भएका हुन् ।
नवनिर्वाचित भण्डारीले १० हजार सेवा शुल्क निर्णय खारेज गरी अन्तर्राष्ट्रिय प्रचलनअनुसार कामदारले पाउने एक महिनाको तलबबराबरको रकम व्यवसायीले सेवा शुल्कबापत लिन पाउने व्यवस्था गर्न आफ्नो कार्यसमितिको पहलकदमी रहने बताए ।
पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ । लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...
पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ । पर्यटक...
पोखरा । उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

