जेष्ठ नागरिक केन्द्रलाई सराङ्गकोट सहकारीको सहयोग
पाेखरा | मंसिर २९, २०७९
पोखरा: सराङ्गकोट बहुउद्देशयीय सहकारी संस्थाले १६ औँ वार्षिक उत्सवको अवसरमा राम मन्दिर जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई सहयोग गरेको छ ।
सस्ंथाले यस वर्ष वार्षिक उत्सवको अवसरमा त्रिदीवसीय कार्यक्रम अन्र्तगत स्वास्थ्य सेवा, विधार्थीहरुलाई न्यानो कपडा र जेष्ठ नागरिक केन्द्र गगनगौँडालाई भौतिक सामाग्री वितरण गरीएको संस्थाको उपाध्यक्ष वसन्त बहादुर बाँनियाले बताए ।
संस्थाले स्थापनादेखि समुदाय केन्द्रित रेडियो सराङ्गकोटको प्रसारण, आर्थिक कारोबार मार्फत ७० करोडको कुल कारोबार मार्फत बचत तथा ऋण सङ्गै सदस्यहरु केन्द्रित सामाजिक उत्तरदायित्वका रचनात्मक क्रियाकलापहरु गर्दै आएको अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।
राममन्दिर जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष ,सस्ंथाका सल्लाहाकार अर्जुन बहादुर बस्नेतको सभापत्तित्वमा भएको कार्यक्रममा, संस्थाको सचिव कुल प्रसाद सुवेदी, कोषाध्यक्ष राममणि पौडेल, सह सचिव माया कुमारी शर्मा, सल्लाहाकार इन्द्रकमल मानन्धर, संचालक सदस्य आरती श्रेष्ठ, महिला समिति सदस्य राधिका थापा, व्यवस्थापक सुरेन्द्र थापा, रेडियोका व्यवस्थापक योगेन्द्र श्रेष्ठ लगाएतले संस्थागत भनाई राखेका थिए ।
पोखरा: चिप्लेढुंगामा रहेको पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालिले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा ‘ग्रान्ड सपिङ फेस्टिभल’ योजना ल्याएको छ । साउन २५ देखि भदौ ४ सम्म यो योजना सञ्चालन हुने &n...
रामेछाप: रामेछापको मन्थलीबाट हेटौँडातर्फ जाँदै गरेको बा१३ च ३९३५ नम्बरको सवारी साधान (पिकअप स्कारपियो) गाडी मन्थली नगरपालिका–६ बोक्से पहरो भन्ने ठाउँमा दुर्घटना हुँदा ४० वर्षीया राधा कार्की चौहानको घटन...
मकवानपुर: नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री इन्द्र बानियाँको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । आफ्ना सदस्यहरुलाई बानियाँले कुख्यमन्त्रीमा विश्वासको मत लिने प्...