सेती नदीमा एक साहसियक पर्यटकीय गन्तब्य निर्माण पहलकदमी थाल्ने युनाईटेड क्लबको तयारी

पाेखरा | मंसिर २९, २०७९

सेती नदीमा एक साहसियक पर्यटकीय गन्तब्य निर्माण पहलकदमी थाल्ने युनाईटेड क्लबको तयारी

पोखरा:   शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी संगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाईटेड क्लबले एघारौं पोखरा महोत्सवबाट सेती नदी एक पर्यटकीय गन्तब्य निर्माणमा पहलकदमी थाल्ने भएको छ । 


महोत्सवकै आयोजना गरी प्रति टिकटबाट एक रुपैया छुट्याउदै आएको युनाईटेड क्लबले अगामी पुष २७ देखी माघ ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना गर्ने एघारौं पोखरा महोत्सवबाट बचत भएको रकम मध्ये केही रकम सेती नदी एक पर्यटकीय गन्तब्य निर्माणका लागि छुट्याइने भएको हो ।


बिहीबार सम्पन्न एघारौं पोखरा महोत्सवको सल्लाहकार तथा महोत्सव उपसमिति संयोजकहरुको बैठकले एघारौं पोखरा महोत्सवबाट सेती नदी एक पर्यटकीय गन्तब्य निर्माणका लागी युनाईटेड क्लबले पहलकदमी थाल्ने निर्णय गरेको हो । स्थापना कालदेखीनै पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी थाल्दै आएको क्लबले दशौ पोखरा महोत्सव सम्म आइपुग्दा ५८ लाख ८५ हजार २ सय तीस रुपैया हस्तान्तरण गरिसकेको र चिडियाखाना निर्माणको सम्पूर्ण जिम्मेवारी गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ ।  


हाल आएर चिडियाखाना राष्ट्रिय गौरवको योजना अन्तर्गत रही यसको निर्माणको जिम्मा गण्डकी प्रदेश सरकार मातहतमा रही जिल्ला डिभिजन बन कार्यालय कास्कीले लिइसकेकाले क्लबले चिडियाखाना निर्माण पहलकदमीको एजेण्डालाई आगामी दिनमा सेती नदी एक पर्यटकीय गन्तब्य निर्माणमा पहलकदमी थाल्न लागेको क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । त्यसैगरी क्लबले एघारौ पोखरा महोत्सवबाट क्लवको जग्गा भएको स्थान पोखरा महानगरपालिका वडा नम्बर २६ अर्चलेमा रहेको जग्गामा भौतिक निर्माणका लागि समेत रकम छुट्याइने अध्यक्ष श्रेष्ठले बताए । यसवाहेक क्लबले गर्दै आइरहेको सामाजिक क्षेत्रका कामहरु शिक्षा, स्वास्थ्य, खेलकुदमा समेत रकम छुट्याइ काम गरिने भएको छ । 


एघारौ पोखरा महोत्सवमा ४०  देखी ५० वटा स्टल निशुल्क रुपमा प्रदान गरिने भएको छ । जुन गैर नाफामुलक संस्थाहरु, पर्यटन सम्बन्धी स्टल, होम स्टेको प्रचार प्रसारका स्टल, सचेतनामुलक स्टलहरु निशुल्क  उपलब्ध गराइने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा २ सय ५८ स्टल रहने छन । त्यसैगरी महोत्सवमा साधारणका लागि ८० रुपैया र विद्यार्थीका लागी ६० रुपैया टिकट दर कायम गर्ने निर्णय संगै जेष्ठ नागरिक, एकल महिला, अपांग, सुरक्षाकर्मी, पत्रकार र विदेशी पर्यटकलाई निशुल्क प्रवेशको ब्यवस्था मिलाईएको समेत प्रचार प्रसार संयोजक सुनारले जानकारी दिए । महोत्सवमा ख्याति प्राप्त लोकदोहोरी गायक गायिका संगै ख्यातिप्राप्त ब्याण्डहरु, नेपाली संसकृति झल्कने झांकी तथा नृत्यहरुको समेत प्रस्तुती रहने छन । 


सो कार्यक्रममा क्लवका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ,  सल्लाहकारहरु तीर्थलाल श्रेष्ठ, भरत केसि, तेज बहादुर गुरुङ, मेजर हितमान गुरुङ, दीपक थापा, लिलाधर अधिकारी, रमेश बहादुर काकी, पवित्रा देवी गुरुङ, महोत्सव हस्तकला उपसमिति संयोजक सविता श्रेष्ठ रञ्जित लगायतले महोत्सवलाई भब्य सभ्य रुपमा सम्पन्न गर्नका लागि सवैले आ आफ्नो ठाउबाट लाग्नुपर्ने बताए । 

काठमाडौं:   नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले खुला रुपमा सुन चाँदी आयात इजाजत अन्तर्गत रहेर पैठारी खुला गरिनुपर्ने सुझाव दिएको छ ।   महासंघले आयोजना महासंघले आयोजना गरेको संचा...

थप पढ्नुहोस्

पोखरा:   सर्वोच्चको फैसलाले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको सरकारलाई मन्त्रीमण्डल बिस्तार र विश्वासको मत लिने ढोका खुला गरेको छ । यता राप्रपालाई तटस्थ भएर बस्ने बाटो बन्द भएको छ ।  &...

थप पढ्नुहोस्

पाल्पा:   पाल्पामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक वृद्धा पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा रम्भा गाउँपालिका–४ बक्चौर बस्ने ७५ वर्षीय पदम बहादुर खनाल रहेका छन् । ...

थप पढ्नुहोस्