कास्की कांग्रेसले पार्टीभित्र अन्तरघात गर्नेलाई कारबाही गर्न सिफारिस गर्ने
पाेखरा | मंसिर १५, २०७९
पोखराः नेपाली कांग्रेस कास्कीले पार्टी भित्र अन्तरघात गर्नेलाइ कारबाहीको लागि सिफारिस गर्ने भएको छ । नेपाली कांग्रेस कास्कीको आज (बिहिबार)बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा पढाधिकारी एबम सदस्यहरुले पार्टी भित्र अन्तरघात बढेको प्रति चिन्ता व्यक्त गर्दै चर्को आवाज उठाएका थिए । बैठकले अन्तरघातका सम्बन्धमा प्राप्त प्रमाणका आधारमा पार्टी केन्द्रिय कार्य समिति समक्ष सिधै सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
अन्तरघात गर्नेको खोजी गरि कारवाहि गर्न चर्को दबाब बीच केही प्रमाणहरु प्राप्त भएका छन् । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले भन्नुभयो प्राप्त प्रमाणका आधारमा मात्र कारबाहीका लागि सिफारिस गरिने छ ।
बैंककले निर्वाचनमा मतदान गर्ने मतदाता , निर्वाचन सम्पन्न गर्ने निर्वाचन आयोग, कर्मचारी, सुरक्षाकर्मि, सन्चारकर्मिलाइ धन्यवाद व्यक्त गरेको छ । यस्तै पाँच दलिय गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्यमा निर्बाचित बिन्दुकुमार थापा र प्रकाश बराल सहित निर्बाचित सम्पूर्णमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
बैठकले पार्टीका निबर्तमान सभापति कृष्ण केसी बिरुद्ध गरिएको नाराबाजी प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्ता गतिविधि नगर्न सचेत गराएको छ ।
बैठकले पाँच दलिय गठबन्धनका तर्फबाट उम्मेदवार हुनु भएका सबै उम्मेदवारहरु र पालिकाका प्रत्येक वडा कार्यसमितिसग निर्वाचन अवधि भर भए गरेका गतिविधि र घटनाक्रमहरुलाई समेटेर जिल्ला कार्यसमिति कास्कीमा प्रतिवेदन पेश गर्नका लागि अनुरोध गर्ने निर्णय गरेको छ । बैठक नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा सम्पन्न भएको थियोे ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

