किशोरदत्तलाई पत्रकारले भनेका थिए –‘तपाइ हार्दै हुनुहुन्छ’

पाेखरा | मंसिर ९, २०७९

किशोरदत्तलाई पत्रकारले भनेका थिए –‘तपाइ हार्दै हुनुहुन्छ’

पोखराः प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस कास्की १ का उम्मेदवार किशोरदत्त बराल दिनभरको चुनावी प्रचारको धपेडीमा हुन्थे । व्यस्तताकाकारण दिनभर उनले मोबाइलमा आएका फोन रिसिभसमेत गर्न भ्याएका हुन्थेनन् । 

 

कांग्रेस कास्कीको अध्यक्षलगत्तै संघीय सदस्य उम्मेदवारको टिकट पाएका उत्साही बराललाई मतदानको एक साताअघि साँझपख एक पत्रकारको फोन आयो । सामान्य कुराकानीपछि बरालले पत्रकारलाई सोधे, ‘कस्तो छ मेरो माहोल ?’

 

प्रश्न टुंगिन नपाउँदै पत्रकारले सुनाए ‘तपाइ हार्दै हुनुहुन्छ ।’ जवाफ पाएपछि केही मलिन स्वरमा बरालले पुनः प्रश्न गरे ‘हार्ने त्यस्तो के कारण छ र ?’

 

दोस्रो प्रश्नको उत्तरमा प्रत्रकारले भने ‘तपाइको निर्वाचन परिचालन र टिम हाँक्ने लगाम गलत मान्छेको हातमा छ ।’ बराललाई स्वीकार गर्न गाह्रो भयो । 

 

सतहमा सबै ठिकठाक देखेका र दिनभर प्रचारकाक्रममा जनताको घरदैंलो पुग्दा पाएको आश्वासनबाट आत्मविश्वासी बराललाई पत्रकारको रिपोर्टले झस्कायो । 

 

यद्यपि, कांग्रेस र अन्य दलसँगको गठजोडले बराल ढुक्क थिए । उनी अहोरात्र चुनावी क्षेत्रमा खटिरहे । 

 

तर जसै मतगणना सुरु भयो । बराललाई पत्रकारले सुनाएको रिपोर्ट सही लाग्दै गयो । र, अन्ततः बराल हारे । 

 

बराललाई नेकपा एमालेका मनबहादुर गुरुङले २५ हजार ७९८ मतकासाथ हराए । गठबन्धनका साझा उम्मेदवार बरालले २३ हजार १८९ मत पाए। 
 

 

दुइबीच २ हजार ६०९ मतको अन्तर रहेको छ । 
 

 

यसैबीच, बिहीबार साँझ उनै बराल र प्रदेशसभा सदस्य उम्मेदवार दिपक गुरुङका समर्थकहरुले कांग्रेसका पूर्वसभापति कृष्ण केसीको घरमा नाराबाजी र तोडफोड गरेर रोष प्रकट गरेका छन् । 

 

बराललाई ‘गलत मान्छेले चुनाव हाँकेको’ भनेर रिपोर्ट सुनाएका उक्त गलत पात्र कतै केसीका ‘खास’ त होइनन् ? 
 

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्