पोखरा महानगरले खुलायो, ‘नदीजन्य समाग्रीको टेण्डर’

पाेखरा | मंसिर २४, २०७९

पोखरा महानगरले खुलायो, ‘नदीजन्य समाग्रीको टेण्डर’

पोखरा:  पोखरा महानगरपालिकाले नदीजन्य समाग्री उत्खनन्, तथा विक्रि वितरणका लागि बोलपत्र आह्वान गरेको छ ।
 

नदीजन्य समाग्री (घाट गद्धि) ढुंगा, गिट्टी, बालुवा, दहत्तर, बहत्तरको ठेक्काका लागि विभिन्न घाटको बोलपत्र खुला गरिएको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जानकारी दिए । 

 

उनका अनुसार पोखरा महानगरपालिका भित्रका ६ वटा घाटको आगामी पुष २४ गते  बोलपत्र दाखिला तथा विक्रि गर्ने गरि आह्वान खुला गरिएको हो । 

 

 

उनले पुरुन्चौर ढोडेनी घाट, ढावघाट, मर्दीलस्ती दोभानघाट, विजयपुर खोला (दाया किनार), भेडीफारम घाट, मुसेटुंडा सैनिकघाट (बायाँ किनार)को बोलपत्र खुला गरिएको बताए । 

 

भारतीका अनुसार अहिले खुला गरिएको घाटहरुबाट न्यूनतम २ हजार ५ सय घनमिटर देखि अधिकतम ७ हजार ८ सय ९७ घनमिटर सम्म नदीजन्य समाग्री उत्खनन गर्न सकिनेछ ।

 

पोखरा महानगरपालिकाले बोलपत्र फारम दस्तुर नगद रु ३ हजार निर्धारण गरेको छ । 
 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्