‘महिला सशक्तिकरण र समावेशी विकासका लागि उम्मेदवारी’: मिना गुरूङ
पाेखरा | कात्तिक १, २०७९
पोखरा : आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)को तर्फबाट कास्की निर्वाचन क्षेत्र न २ (ख) का उम्मेदवार मिना गुरूङले महिला सशक्तिकरण, समावेशी विकास र समृद्धिका लागि आफुले उम्मेदवारी दिएको बताएकी छन् ।
पोखरा ८ सिजर्नाचोकस्थित कास्की निर्वाचन क्षेत्र नं. २ (ख) को निर्वाचन परिचालन कमिटिको कार्यालयको उद्घाटन समारोहमा बोल्दै उनले महिला हकहितका पक्षमा काम गर्ने उल्लेख गरेकी छन् ।
उम्मेदवार गुरूङले विगतमा एमाले नेतृत्वको प्रदेश सरकारले शुरु गरेका तर सरकारको फेरबदलका कारण पूरा हुन नसकेका विकास निर्माणका अधुरा योजना पूरा गर्दै नयाँ भिजनका साथ अघि बढ्ने प्रतिवद्धता जनाईन् ।
उनले आफ्नो निर्वाचन क्षेत्र सबै हिसावले महत्वपूर्ण रहेकोले सो क्षेत्रको विकासको योजना सहित छिट्टै आफ्नो पार्टीको प्रतिवद्धता सार्वजनिक गर्दै सोही अनुरुप स्थानियकै आवश्यकता र सुझावका आधारमा काम गर्ने बताएकी छन् ।
गुरूङले आफू जहिले पनि जनताकै सेवामा लागेको उल्लेख गर्दै दोसो पटक पनि जनसेवाकै लागि उम्मेदवारी दिएको बताईन् । आफ्नो एक मात्र सपना विकास भएकोले त्यसका लागि कास्की २(ख)का जनताले आफूलाई विजयी गराउने उनको विश्वास छ ।
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२ औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाली खेलकुदको सबैभन्दा ठूलो र फ्रतिष्ठित अवार्डको कार्यक्...
काठमाडौंः: नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गर्ने भएको छ। मङ्गलबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको हो। एमालेले प्रत्येक प्रदेशमा १/१ जना ...
पर्सा: सर्वदलीय तथा सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगन्जमा भइरहेको विरोध प्रदर्शन अबदेखि नगर्ने सहमति गराएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज यहाँ बसेको सर्वदलीय तथा सर्वप...

