पोखरा १: स्वयंसेवीका र शहरी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य समाग्री वितरण
कास्की | साउन २६, २०७९
कास्की: पोखरा महानगरपालिका १ भित्र रहेका स्वास्थ्य स्वयंसेवीकाहरु र शहरी स्वास्थ्य केन्द्र १ बगरलाई वडा कार्यालयले रक्तचाप (बिपी) जाँच गर्ने मेसिन र डिजिटल थर्माेमिटर वितरण गरेको छ ।
पोखरा १ भित्र रहेका १४ जना स्वयंसेवीका र शहरी स्वास्थ्य केन्द्र १ बगरलाई ४ गरि कुल १९ वटा बिपी सेट र थर्माेमिटर वितरण गरेको हो ।
वडाध्यक्ष साहरा प्रधानले शहरी स्वास्थ्य केन्द्र बगरकी इन्चार्ज कमला गौतम तथा स्वयंसेवीकाहरुलाई सो समाग्री हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बोल्दै वडाध्यक्ष प्रधानले स्वास्थ्य स्वयंसेवीकाहरुलाई सहजता प्रदान गर्ने उदेश्यसहित वितरण गरिएको बताए । उनले स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र भएको बताउदै वडाको चौतर्फी विकासमा टेवा पुग्ने धारणा राखेका थिए ।
यसैगरि वडा सदस्य शोभा गुरुङले यसअघि सामाजिक क्रियाकलापमा सक्रिय रहदैं आएको वडा नम्बर १ का क्लबहरुलाई खेलकुखका समाग्री प्रदान गरिसकेको बताए ।
‘हामीले आफ्नो वडालाई नमुना वडा बनाउँन भनेर लागिरहेका छौं, उनले भनिन्, ‘खेलकुद क्षेत्रमा क्रियाशिल क्लबहरुलाई समाग्री सहयोग गरिसकोका छौं । अहिले स्वास्थ्य स्वयंसेवीकाहरुलाई आवश्यक पर्ने समाग्री हस्तान्तरण गरेका छौं । यो यथेष्ट नभएपनि उहाँहरुलाई केही थप सघाउ पुग्छ भन्ने विश्वास लिएका छौं ।’
उनले गत महिना लागुओषध नियन्त्रण व्यूरोको सहयोगमा युवालक्षित सचेतनामुलक कार्यक्रम सम्पन्न गरिसकेको बताइन् । उनका अनुसार आगामी दिनमा युवाहरुलाई लक्षितगरि विभिन्न रचनात्मक र सचेतनामुलक कार्यक्रम आयोजना गर्ने वडा कार्यालयले लक्ष्य लिएको छ ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

