पोउवामा पोखरेलपछि प्रजापतिको उम्मेदवारी घोषणा

पाेखरा | साउन २३, २०७९

पोउवामा पोखरेलपछि प्रजापतिको उम्मेदवारी घोषणा

पोखरा उद्योग वाणिज्य संघमा वरिष्ठ उपाध्यक्ष भइसकेका पवन प्रजापतिले अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । 

 

उम्मेदवारी घोषणापछि १० वर्षसम्म अनवरत उद्योग वाणिज्य संघमा व्यवसायीको हकहितमा काम गरेको भन्दै प्रजापतिले यसपटकको महाधिवेशनबाट अध्यक्षमा उठ्ने बताएका छन् । 

 

‘अहिले एकलरुपमा अध्यक्षमा उठेको छु’ उनले भने ‘केहिदिनमा पुरै प्यानलसहित सबै पदमा उम्मेदवारी दिने योजनामा छु ।’

 

प्रजापतिले सदस्य, कोषाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । संघको ३४ औं महाधिवेशन भदौं २४–२५ गते हुँदैछ । 
 

 

यसअघिनै संघको अध्यक्षमा अर्जुन पोखरेलले उम्मेदवारी घोषणा गरिसकेका छन् । पोखरेल हाल उपाध्यक्ष हुन् । 

काठमाडौं:   सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकमा प्रतिनिधिसभाको बैठकलाई नियमितरुपमा बाधारहित सञ्चालन गर्ने विषयमा छलफल भएको छ ।   सभामुख...

थप पढ्नुहोस्

पोखरा:     नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड आयोजना हुँदैछ ।  यहीं वैशाख २८ गते पोखरा सभागृहमा हुने उक्त अवार्डको वर्ष उत्कृष्ट महिला खेल...

थप पढ्नुहोस्

काठमाडौं:   अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अभिनीत सामाजिक फिल्म ‘पुजार सार्की’ ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक गरेको ...

थप पढ्नुहोस्