फिल्म ‘पुजार सार्की’ को ट्रेलर सार्वजनिक
काठमाडाैं | बैशाख २५, २०८१
काठमाडौं: अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अभिनीत सामाजिक फिल्म ‘पुजार सार्की’ ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक गरेको ट्रेलरले फिल्मको कथासार बुझाउँछ।
अन्तरजातीय प्रेम, जातीय विभेद्, जातीय विभेदविरूद्ध तीन पात्रले गर्ने साझा लडाईंको कथा ट्रेलरमा प्रस्तुत गरिएको छ।
दिनेश राउतको निर्देशनमा तयार ‘पुजार सार्की’ मा आर्यन, प्रदीप र पलसहित अञ्जना बराइली, परिक्षा लिम्बु, प्रेम सुब्बा, लोकेन्द्र लेखक, मोहन निरौला, सुवास गजुरेल, तारा शर्मा, विद्या कार्की, शंकर आचार्यलगायत कलाकारहरूको अभिनय छ।
विकास सुवेदीको लेखन रहेको फिल्मको निर्माता संगीतकार समेत रहेका सुवास भुसाल हुन्। राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा भरत रेग्मीको सम्पादन छ।
पोस्टर, टिजर र गीतबाट राम्रो प्रशंसा पाइरहेको यो फिल्म बुद्द जयन्तीको अवसर पारेर जेठ १० गतेदेखि प्रदर्शनमा आउँदैछ।
काठमाडौं: ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। घिमिरे खोटाङको मझुवागढी नगरपालिका १ घर भइ हाल काठमाडौं टोखा नगरपालिका ...
काठमाडौं: प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित भएको छ। आइबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवाल...
काठमाडौं: आज बस्ने प्रतिनिधि सभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ । बानेश्वरमा बसेको कांग्रेससहितका विपक्षी दलका नेताहरुको बैठकले लाम...