स्रोत, प्रविधि र सँख्यामा ‘गरिब प्रहरी, पर्यटक प्रहरी’

कास्की | साउन ३०, २०७९

स्रोत, प्रविधि र सँख्यामा ‘गरिब प्रहरी, पर्यटक प्रहरी’

पोखरा:  नेपाल प्रहरीको मातहतमा रहेका विभिन्न प्रहरीहरुले गर्ने साझा काम भनेको सुरक्षा दिने र अपराध रोक्ने हो ।

 

शान्ति सुव्यवस्था तथा अमनचयन कायम गर्ने नेपाल प्रहरीको दैनिकी नै हो । नेपाल प्रहरीकै मातहतमा रहेको पर्यटक प्रहरीपनि त्यही नै गर्छ । पर्यटकीय गतिविधि चलायमान हुने क्षेत्रमा सिमित सँख्यामा परिचालित हुदैं आएका छन् । 

पोखरा पनि पर्यटकीय गन्तव्य हो । यहाँ पनि जिल्ला प्रहरी कार्यालय कास्कीको मातहतमा पर्यटक प्रहरी परिचालित छ । जसले पर्यटकहरूको सुरक्षाका लागि काम गर्दै आएको  छ । 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको पर्यटक प्रहरीले नेपालमा भ्रमण गर्न आउने पर्यटकहरूको सुरक्षा विषयमा काम गर्दै आएको छ । 

 

वि.सं २०३५ माघ १२ गते स्थापना भएको पर्यटक प्रहरीको लागि छुट्टै भर्ना भने लिइदैँन । नेपाल प्रहरीबाटै पर्यटक प्रहरीमा दरबन्दी थमाइन्छ । 

 

अहिले कास्की जिल्लामा पर्यटक प्रहरीको दरबन्दी ३७ जनाको छ । तर यतिबेला २५ जना मात्रै कार्यरत छन् । १२ वटा दरबन्दी रिक्त रहेको पर्यटक प्रहरी नायव निरिक्षक रविन पाण्डेले बताए । 
दरबन्दीसमेत पूर्ण नभएको पर्यटक प्रहरीसँग आवश्यक स्रोत तथा साधन समेत नभएको उनको गुनासो छ । 

 

पाण्डेका अनुसार पर्यटक प्रहरीसँग पोखरामा अहिले १ वटा भ्यान र १ वटा मोटरसाइकल छ भने विभिन्न संघसंस्थाले दिएको ३ वटा पुराना साइकल छन् । ‘कार्यालयमा एउटा मात्रै कम्युुटर छ सबै काम त्यही देखि हुुन्छ, प्रहरी निरीक्षक पाण्डेले भने, ‘केही दिन अगाडी पर्यटन बोर्डले नयाँ कम्युुटर दिएको छ जसोतसो काम गरिराखेका छौं ।’

 

छैन आफ्नै भवन

 

कर्मचारीको दरबन्दी पुरा नहुनु, आवश्यक स्रोत तथा सवारी साधन नहुनु, कम्प्युटर यथेष्ट नहुन मात्रै पर्यटक प्रहरीको समस्या होइन । पर्यटक प्रहरीको आफ्नै भवन नहुनु मुख्य पीडादायी विषय हो ।

 

उनीहरु अस्थायी टहरामा गर्जाे टारिरहेका छन् । कास्कीको पर्यटक प्रहरीको दयनीय अवस्था देख्दा पर्यटक प्रहरीलाई नै सुरक्षा दिनुपर्ने देखिन्छ । त्यसैले पर्यटक प्रहरी कास्कीको आफ्नै भवन नहुँदा कार्यसम्पादनमा समस्या भएको पर्यटन प्रहरी नायव निरिक्षक पाण्डेको गुनासो छ । 

 

नेपाल पर्यटन वोर्डको कार्यालय नजिक रहेको पर्यटन प्रहरीको टहरोले पर्यटक प्रहरीको कार्यशैलीलाई गिज्जाइरहेको छ । तर पनि सिमित स्रोत र साधनकै भरमा पनि तदारुपताकासाथ आफुहरु खटिदै आएको पाण्डेले बताए ।

‘भवन सानो हुँदा कार्यसम्पादनमा समस्या हुन्छ नै हाम्रो मात्र हैन कतिपय कार्यालयहरुको पनि हालत यस्तै छ, अहिले सम्म चलिरहेको छ,  उनले भने, ‘जतिसक्दो हामीले साँघुरो कोठाबाटै नागरिकलाई सेवा दिइरहेका छौं ।’ 
उनका अनुसार पोखरामा २०, घान्द्रुकमा १, बिरेठाटीमा २ र धम्पुसमा २ जना गरी पर्यटकीय स्थलहरुमा २५ जना पर्यटक प्रहरी कार्यरत छन् । पोखरामा कार्यरत २० जनाले पोखराको लेकसाइड लगायतका विभिन्न पर्यटकीय क्षेत्रलाई हेर्नुपर्छ ।

 

३६ पर्यटकको उजुरी 

 

पर्यटन प्रहरी कार्यालय पोखरामा चालु आर्थिक वर्ष २०७८/०७९ वर्षमा ३६ वटा उजुरी दर्ता भएका छन् । 

 

पर्यटन प्रहरी नायब निरिक्षक पाण्डेका अनुसार पासपोर्ट हराएका ५ र विभिन्न सामान तथा मोबाइल हराएका १९ वटा उजुरी दर्ता भएका हुन् । ‘विदेशी पर्यटकहरु नेपाल घुम्न आउँदा कुनै समस्या पर्दा नेपाल प्रहरी होइन पर्यटक

 

प्रहरीलाई खबर आउँछ त्यसैले समस्या आउँदा जिल्ला प्रहरी प्रहरी कार्यालयसँग सहकार्य गरेर काम गर्छाै, उनले भने ।

 

उनले प्राय पर्यटकले मोबाइल हराएको उजुरी दिने गरेको बताए । ‘ट्रेकिङमा जादाँ मोबाइल हराएको उजुरी आउँछm उनले भने, ‘कसैले भेटाएको भए फिर्ता दिन्छौ नत्र उनीहरुले सबै सामानको वीमा गर्ने भएकाले त्यसको सहजिकरणको लागि काम गछौं ।’

 

पर्यटक प्रहरीका अनुसार सामान हराएको, चोरी भएको वा कसैले अभद्र व्यवहार गरेका उजुरी दर्ता हुने गरेको छ । 

 

आर्थिक वर्षमा पासपोर्टको म्याद सकिएर लुकीछिपी बस्दै आएको ४ विदेशी नागरिकहरुलाई अध्यागन विभागमा बुझाइएको उनले जानकारी दिए । 

‘सबै धनी पर्यटक आउँछन् भन्ने छैन कोही मध्यम वर्गका पनि आउँछन् आर्थिकका कारण कोही भिषा सकिएर पनि लुकेर बसेको पाइन्छ यो अवस्थामा आफ्नै खर्चमा समेत उनीहरुलाई सहयोग गर्नुुपर्छ ।’ प्रहरी नायव निरीक्षक पाण्डेले भने ।

 

के गर्छ पर्यटक प्रहरी?

 

पर्यटक प्रहरीले पर्यटकीय स्थलहरूमा गस्ती र पेट्रोलिङ गर्ने, पर्यटकको लागि आवश्यक सूचना दिने, सूचना आदान–प्रदान गर्ने, पर्यटकहरूबाट आएको उजुरी, निवेदनउपर छानबिन र कारबाही गर्ने र गराउने काम गर्दै आएको छ ।

 

यसैगरि इजाजतविना गाइड कार्य गर्नेहरूमाथि नियन्त्रण तथा कारवाही गर्ने, फौजदारी अपराध सम्बन्धमा सम्बन्धित दूतावासहरूसँग सम्पर्क राखी स्थानीय प्रहरीमार्फत आवश्यक कारवाही गर्ने, पर्यटकीय स्थलहरूमा पर्यटकको सुरक्षाको व्यवस्था मिलाउने गर्छ ।

 

होटल तथा ट्राभल, ट्रेकिङ र याफ्टिङ एजेन्सीहरूमा निरीक्षण, समझदारी र आवश्यक कारवाही गर्ने एवं अध्ययन गरी प्रतिवेदन तयार पार्ने, समस्यामा परेका पर्यटकलाई सहयोग गर्ने गर्दै आएको छ । 

 

पर्यटकीय क्षेत्रमा कुनै पनि अभद्र व्यवहार, अश्लील तथा अवाञ्छित काम गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कारबाहीको लागि पठाउने लगायतका काम पर्यटक प्रहरीले गर्दछ । पर्यटकीय क्षेत्रमा कुनै पनि अभद्र व्यवहार, अश्लील तथा अवाञ्छित काम गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कारवाहीको लागि पठाउने लगायतका काम पर्यटक प्रहरीले गर्दछ ।

 

पर्यटकलाई कुनै समस्या पर्दा वा कसैले पर्यटक समस्यामा परेको देखेमा ११४४ मा फोन गर्न सकिने पर्यटक प्रहरीले जनाएको छ ।
 

पोखरा:    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् । उनले आफ्नो दल नेकपा (एमाले)का प्रदेशसभा सदस्यलाई मन्त्री बनाउन लागेका हुन् । यसअगाडि नै मन्त्री भइसकेका स...

थप पढ्नुहोस्

काठमाडौं:   अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै प्रश्न उठ्न थालेपछि त्यसलाई रोक्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ३ बुँदै निर्देशन दिनुभएको छ ।  ...

थप पढ्नुहोस्

काठमाडौं:      वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पु¥याएर मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङ बेनिघ...

थप पढ्नुहोस्