काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । सङ्घीय संसद् सचिवालयले सूचना जारी गर्दै विसं २०८१ साल जेठ १ गते मङ्गलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारीसहित संसद्का सदस्यलाई उपस्थित हुन आह्वान गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उक्त दिन संयुक्त बैठक आह्वान गर्नुभएको हो । मङ्गलबार आगामी आर्थिक वर्ष २०८१र ८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी छ । “सम्माननीय राष्ट्रपतिबाट नेपाल सरकार, नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम मिति २०८१ साल जेठ १ गते मङ्गलबार ३ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सदस्यको उपस्थिति आह्वान गर्नुभएकाले उक्त मिति, समय र स्थानमा सङ्घीय संसद्का माननीय सदस्यहरुको उपस्थितिका लागि सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति ९कार्यसञ्चालन० नियमावली २०८० को नियम ३ को उपनियम १ बमोजिम यो सूचना जारी गरिएको छ”, सूचनामा भनिएको छ । सबै सांसदलाई उक्त दिन २स्४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भइ सक्न भनिएको छ ।
पोखरा: यसवर्षको वर्ष पुरुष खेलाडीको अवार्ड क्रिकेट टोलिका खेलाडी अर्जुन कुमालले पाएका छन । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने पोखरा स्पोर्टस् अवार्ड अन्तर्गत क्रिकेट टोलिका खेलाडी कुमाललाई वर्ष पुरुष खेलाडीको अवार्ड प्रदान गरिएको हो । कुमालले वर्ष पुरुष खेलाडी अवार्डसँगै इलेक्ट्रिक स्कुटरसँगै ३५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गरे । उनीसँगै मनोनयनमा भलिबलका हिमाल र टेनिसका प्रदिप मनोनयनमा परेका थिए ।
पोखरा: यसवर्षको वर्ष महिला खेलाडीको अवार्ड तेक्वान्दोकी खेलाडी सुस्मिता थापामगरले पाएकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने आठौं पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत तेक्वान्दोकी थापामगरलाई वर्ष महिला खेलाडीको अवार्ड दिइएको हो । खेलकुदको क्रममा थापामगर रोल्पामा भएका कारण अवार्ड उनका दाईलाई प्रदान गरिएको थियो । यो पनि पढ्नुहोस वर्ष खेलाडी महिलातर्फ अनुस्का, अरुणा र सुस्मीताको प्रतिष्पर्धा वर्ष खेलाडी महिला खेलाडी थापामगरले इलेक्ट्रिक स्कुटर सँगै ३५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गरिन् । उनीसँगै मनोनयनमा आर्चरीकी अनुस्का शेरचन र नेपाल महिला भलिबलका कप्तान अरुणा शाही परेकी थिईन् ।
पोखर: यसवर्षको वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड गण्डकी भलिबलका प्रशिक्षक रमेश केशीले जितेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने आठौं पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत भलिबलका प्रशिक्षक केसीलाई वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड दिइएको हो । यो पनि पढ्नुहोस भलिबलका रमेशसहित टेनिसका नीरज र क्रिकेटका रिजन वर्ष उत्कृष्ट प्रशिक्षक बन्न प्रतिष्पर्धा वर्ष उत्कृष्ट प्रशिक्षक केसी नगद ३५ हजार पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । यो विधामा ३ जना मनोनयनमा परेका थिए । टेनिसका निरज थापा र क्रिकेटका रिजन प्रजु मनोनयनमा परेका थिए ।
पोखरा: यसवर्षको वर्ष उदीयमान महिला खेलाडीको अवार्ड व्याडमिन्टनकी दिलासा रानामगरले जितेकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने आठौं पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत रानामगरलाई उदीयमान खेलाडीको अवार्ड दिइएको हो । यो पनि पढ्नुहोस उदीयमान खेलाडीमा ज्योत्सनिका, दिलासा र बादलको प्रतिष्पर्धा वर्ष उत्कृष्ट उदियमान खेलाडी घोषित रानामगरले नगद ३५ हजार पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । यो विधामा ३ जना मनोनयनमा परेका थिए । क्रिकेटकी ज्योत्स्निका मरासीनी र एथ्लेटिक्सका बादल कार्की मनोनयनमा परेका थिए । यस्तै, उत्कृष्ट खेलसंघ सहारा क्लव पोखरा बनेको छ । लामो समयदेखि विपन्न वालकहरूलाई राखेर एकेडेमी सञ्चालन गर्दै आएको सहाराले वर्षेनी आहारारा पोखरा गोल्डकप आयोजना गर्छ ।
बागलुङ: यही वैशाख १४ गते गाउँ नजिकैको जङ्गलमा लागेको आगो निभाउने क्रममा तमानखोला गाउँपालिका–२ सिल्गुमका ४८ वर्षीय देवसिंह कामीको मृत्यु भयो । सोही ठाउँका ३१ वर्षीय ज्ञानबहादुर बुढामगर र ३३ वर्षीय प्रेमबहादुर घर्तीमगर घाइते हुनुभयो । घाइते बुढामगर र घर्तीमगर अहिले पनि अस्पतालमै उपचाररत हुनुहुन्छ । आगलागीमा परी मृत्यु हुनुभएका देवसिंहको पारिवारिक अवस्था निकै कमजोर छ । ज्याला मजदुरी गरी परिवारको लालनपालनमा गर्दै आउनुभएका कामीको मृत्युले यतिबेला उहाँको परिवार विछिप्त छ । समस्यामा परेको उहाँको परिवारलाई तमानखोला गाउँपालिकाले मलम लगाउने प्रयास गरिरहेको छ । देवसिंहको मृत्यु भएको केही दिनमै गाउँपालिकाले घरमै पुगेर एक लाख राहत उपलब्ध गराएको थियो । घाइते दुवै जनाको उपचारका लागि ७५–७५ हजार सहयोग गरेको छ । मृतक कामीको आर्थिक अवस्था कमजोर भएकाले गाउँपालिकाले उहाँका कान्छा छोरा टोपबहादुर विकलाई कक्षा १२ कक्षासम्म बालगृहमा राखेर पढाउने निर्णय गरेको । गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिनुभयो । टोपबहादुरले अहिले कक्षा ९ मा पढ्दै हुनुहुन्छ । देवसिंहको परिवारमा दुई छोरा, दुई छोरीसहित श्रीमती हुनुहुन्छ । जेठो छोरा र छोरीले केही वर्ष अगाडिनै पढाई छोडेका थिए । कान्छि छोरी अझै विद्यालय जान थाल्नुभएको छैन । गाउँपालिकाले तीन वर्षदेखि वडा नम्बर ३ तमान गाउँमा बालगृह सञ्चालन गरेर अनाथ तथा बेसहारा बालबालिकाको पालनपोषण र पढाउने काम गर्दै आएको अध्यक्ष बुढामगरले बताउनुभयो । उहाँका अनुसार आर्थिक अवस्था कमजोर भई पढ्नबाट वञ्चित भएका बालबालिकालाई पालिकाले बालगृहमा आश्रय लिई पढाउने जिम्मा लिएको छ । बुबाको मृत्युपछि पारिवारको नाजुक अवस्थाका कारण पढ्नबाट वञ्चित हुने अवस्थामा पुगेका टोपबहादुर पालिकाले आफ्नो सम्पूर्ण जिम्मा लिएपछि खुसी हुनुभएको छ । अब आफूलाई कक्षा १२ सम्म पढ्नलाई कुनै समस्या नहुने उहाँले बताउनुभयो । “बाबाले अरुको ज्याला मजदुरी गरेर हामीहरुलाई पाल्नुभएको थियो, जसोतसो पढाउँदै आउनुभएको थियो, उहाँको मृत्यु भएपछि अब पढ्न नपाउने भएँ भन्ने चिन्ता लागेको थियो, तर गाउँपालिकाले मेरो लागि ठूलो योगदान गर्ने भयो”, टोपबहादुरले भन्नुभयो, “मैले मेहनत गरेर पढ्नुपर्छ, बाबाले देखेको सपना पूरा गर्नेछु, पढ्न नपाइएला कि भन्ने डरबाट मुक्त भएँ ।” गाउँपालिकाले तमानगाउँमा घर भाडामा लिएर बालगृह सञ्चालन गरेको छ । बालगृहमा कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने २९ जना बालबालिका छन् । गाउँपालिका अध्यक्ष बुढामगरले आर्थिक अभावमा अब कुनै पनि बालबालिकाले पढ्नबाट वञ्चित हुनु नपर्ने बताउनुभयो । स्थानीय सरकार नागरिकको सुख दुःखमा साथ दिने सरकार भएको हुँदा कोही पनि शिक्षादिक्षा र भोको पेट बस्न नपर्ने उहाँको भनाइ छ । बालबालिकालाई पालनपोषण गर्ने, कक्षा १२ सम्म पढाउने, विभिन्न किसिमका सीपमूलक तालिम दिने र रोजगारीको व्यवस्थासमेत मिलाउने अध्यक्ष बुढामगरले बताउनुभयो । उहाँका अनुसार पालिकाले ‘तमानखोला विकास कोष’ निर्माण गरेर बालगृह सञ्चालन गर्दै आएको हो । बालगृहमा बस्ने बालबालिकाले स्थानीय धन गौ ज्योति माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका छन् । बालबालिकाको पढाइमा निरन्तर सुधार हुँदै गइरहेको विद्यालयले जनाएको छ । बालगृह सञ्चालनमा आएपछि धेरै बालबालिका शिक्षाको पहुँचमा आएको भन्दै सेवा पनि गुणस्तरीय दिने गरी काम गरिरहेको अध्यक्ष बुढामगरको भनाइ छ । “खास गरी आमाबाबा गुमाएर बेसहारा बनेका बालबालिकालाई पालिकाले अभिभावकत्व गरि उनीहरुको पालनपोषण र शिक्षादिक्षा दिने कामको थालनी गरेका छौँ यसले धेरैलाई राहत मिलेको छ”, उहाँले भन्नुभयो, “बालगृहमा बस्न थालेपछि बालबालिकाको पढाइमा पनि सुधार भएको छ, उहाँहरुलाई यहाँ आश्रय मात्रै दिने होइन, असल र दक्ष नागरिक बनाउने हाम्रो जिम्मेवारी हो, सोहीअनुसार काम गरी रहेका छौँ ।”
पोखरा: काठमाडौंमा वैशाख २५ देखि २९ गतेसम्म सञ्चालन भैरहेको नेपाल–चीन संयुक्त फार्मास्युटिकल कन्फेरेन्सको विस्तारित पोखरामा सम्पन्न भएको छ । पोखरा विश्वविद्यालय अन्तर्गत स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेजको संयोजनमा सञ्चालन भएको उक्त कार्यक्रममा नेपाल र चीनका फार्मास्युटिकल साइन्स सम्बन्धित प्राज्ञिक तथा विज्ञ व्यक्तित्वहरूको सहभागिता थियो । नेपालका प्रा.बालमुकुन्द रेग्मी तथा चीनका प्रा. झीवेन चाङको संयुक्त अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै पोखरा विश्वविद्यालयको स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेजकी निर्देशक विमला भट्टले यस प्रकारका कार्यक्रमले दुई देशका फार्मास्युटिकल साइन्सेज विषयका विज्ञ तथा अनुसन्धाताहरूबीचका सहकार्यका थप अवसरहरू प्रदान गर्ने विश्वास प्रकट गर्नुभयो । कार्यक्रममा बोल्दै चीनको साङ्घाइ परम्परागत चिकित्सा विश्वविद्यालयका प्रा.गुओ कियाङ लिङले चिनिया परम्परागत चिकित्सा पद्धतिमाथि चीनमा भैरहेको अनुसन्धानबारे प्रकाश पार्नुभएको थियो भने साङ्घाइ इन्स्टिट्युट अफ मेटेरिया मेडिकाकी प्रा. होङ लिउले आफ्नो संस्थाले गरेको अनुसन्धान तथा उपलब्धिबारे प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरूबीच चीन र नेपालमा औषधि विज्ञानका विभिन्न विशिष्टीकृत क्षेत्रमा भैरहेका अध्ययन अनुसन्धानका विषयमा तथा विशेष गरी चीनमा प्रचलित परम्परागत उपचार पद्धति तथा नेपालमा प्रचलित आयुर्वेद लगायतका परम्परागत उपचार पद्धतिमा रहेको ज्ञानको संयुक्त रूपमा आधुनिक पद्धतिबाट खोज अनुसन्धानमा कार्य गर्न सकिने विषयमा छलफल भएको थियो । कार्यक्रममा गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा. नवराज देवकोटा, गण्डकी प्रदेश सामाजिक तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोदबिन्दु शर्मा तथा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले पनि आ–आफ्नो विचार राख्नुभएको थियो । कार्यक्रममा पोखरा विश्वविद्यालय स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेजका प्राध्यापकहरूका अतिरिक्त पोखराका वरिष्ठ फार्मासिस्ट डा. चन्दन श्रेष्ठ, गण्डकी मेडिकल कलेजकी फार्मेसी विभाग प्रमुख बिन्दु मल्ल, गण्डकी विश्वविद्यालयका फार्मेसी विभागका प्रमुख प्रकाश पौडेल लगायतका विज्ञ फार्मासिस्टहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पोखरा विश्वविद्यालयका उपप्राध्यापक अतिस कौण्डिन्यायनले गर्नुभएको थियो ।
काठमाडौं: काडमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको रु ९८ लाख रकमसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सियारी गाउँपालिका–७ बस्ने २८ वर्षीय समिर सुनार तथा सोही ठाउँका २९ वर्र्षीय मिलन बिक रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दरबारमार्गस्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा बिहीबार उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेकाहरु हुन्डी एवं सुन कारोबारमा पनि संलग्न रहेको हाम्रो प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।” प्रहरीले उनीहरुको साथबाट नगद रु ९८ लाख तथा बा १३ च ४८५८ नम्बरको फोर्ड कम्पनीको इको स्पोर्ट गाडी समेत बरामद गरेको जानकारी दिइयो । पक्राउ परेका २९ वर्षीय मिलन बिक यसअघि २०८० असोज १० गतेमा दोलखामा साढे ११ केजी अबैध सुन पैठारी तथा संलग्नमा पक्राउ पुर्जी जारी भई फरार भएको र निजको सम्पत्ति शुद्धीकरणमा समेत मुद्धा अनुसन्धानमा रहेको खुल्न आएको प्रमुख भट्टराईले बताउनुभयो । पक्राउ परेकाहरु विगत दुई वर्षयता आपराधिक गतिविधिमा संलग्न रहँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरुलाई हुण्डिसम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धानका लागि आजै जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइने जनाइएको छ ।
काठमाडौं: प्रमुख विपक्षी कांग्रेसले सहकारी अपचलनमा मुछिएका रास्वपाका सभापति, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको बटमलाइन भएको निष्कर्ष निकालेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले लामिछानेमाथि संसदीय छानबिन समिति गठनको आफ्नो माग पूरा नगरे संसद् बैठक चल्न नसक्ने बटमलाइन बनाएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । संसद् बैठक अवरोध हुँदा त्यसको जिम्मेवार सरकार हुने उहाँले बताउनुभयो । रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समितिगठन कांग्रेसको बटमलाइन भएको भन्दै उहाले सरकारले प्रतिपक्षको मागलाई वेवास्ता गरेको लेखकले जानकारी दिनुभयो । उहाँले सहकारीबाट नागरिकको बचत रकम फिर्ता गर्न र रकम हिनामिनामा गृहमन्त्रीको पनि संलग्नता देखिएकाले छानबिन निष्पक्ष होस् भन्ने सुनिश्चितताका लागि संसदीय छानबिन समिति माग गरेको बताउनुभयो । लेखकले सहकारी ठगी प्रकरणमा लामिछाने जोडिएको पुष्टि गर्ने थप आधार भेटिएको बताउनुभयो । लामिछाने जोगाउनलाई राज्य संयन्त्रको दुरुपयोग भएको उहाँको भनाइ छ । त्यस्तै उहाँले रवि लामिछानेलाई रास्वपा दलको नेताको हैसियतले संसदमा बोल्न दिने धारणा राख्नुभयो ।