काठमाडौं:  मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ । जसको प्रभावले मङ्गलबार देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी, लु...

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइई) आगामी चैत ७ गतेदेखि सञ्चालन हुने भएको छ।   राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिकामा कक्षा १० को आवेदन फाराम इन्ट्री पुस १ गतेदेखि मसान्तसम्म हुने उल्लेख छ।   प्रश्नपत्र छपाई र ढुवानी फागुन १ गतेदेखि मसान्तसम्म हुने पनि उक्त कार्यतालिकामा उल्लेख छ।   कार्यतालिका अनुसार परीक्षा तालिका प्रकाशन माघ १ गते र माघ पहिलो हप्ताभित्र भने परीक्षा केन्द्र निर्धारण हुनेछ।

पोखरा:   जिल्ला प्रशासन कार्यालय कास्कीमा राष्ट्रिय परिचयपत्र बनाउनेको भीड भएपछि सूचना जारी गर्दै कास्कीका विभिन्न ५ स्थानबाट सेवा वितरण गर्ने बताएको छ ।   सूचनामा भनिएको छ, ‘राष्ट्रिय परिचयपत्रको आवेदन संकलन गर्ने,फोटो खिन्चे प्रयोजनको लागि कास्की जिल्ला स्थायी ठेगाना भएका नागरिकहरुले तपशिल बमोजिमको स्थानबाट सेवा लिनुहुन अनुरोध छ ।’   जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका भित्रका वडा नम्बर १को कार्यालय, वडा नम्बर १७ को कार्यालय र वडा नम्बर २७ को कार्यालयबाट सेवा लिन सक्नेछन् ।   यसैगरी अन्नपूर्ण र मादी गाउँपालिकाका नागरिकहरुले जिल्ला प्रशासन कार्यालय र रुपा गाउँपालिकाका नागरिकहरुले इलाका प्रशासन कार्यालय लेखनाथबाट सेवा लिन पाउँनेछन् ।    उल्लेख गरिएका स्थानबाट नागरिकले राष्ट्रिय परिचय पत्रको आवेदन र फोटो खिच्नेमात्रै सेवा प्राप्त गर्नेछन् ।   यो पनि पढ्नुहोस   विपद् व्यवस्थापन गर्ने नयाँ सिडियोको योजना   नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्रको अनिवार्यता गर्ने बताएपछि देशैभरका प्रशासन कार्यालयमा भीड बढेको छ ।   गत महिना मात्रै  कास्कीको प्रमुख जिल्ला अधिकारीका रुपमा आएका भरतमणि पाण्डेले मुख्य रुपमा विपद् व्यवस्थापन र ग्राहकमुखी सेवा प्रदान गर्ने योजना सुनाएका थिए ।  

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध 'ड्रग्स' सहित एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका ७ स्थायी घर भई हाल पोखरा १४ मझेरीपाटनका ४३ वर्षीय रवि पौडेल रहेका छन् ।   वडा प्रहरी कार्यालय रामबजारलाई लागुऔषधको सञ्चय तथा विक्रीवितरण गरी रहेको भन्ने प्राप्त सूचनाका आधारमा पौडेललाई डाइजापाम ७५ एम्पुल, फेनेरागन ७५ एम्पुल, नुर्फिन ७५ एम्पुल गरी जम्मा २२५ एम्पुल लागुऔषधसहित पक्राउ गरिएको हो ।   कास्की प्रहरीका अनुसार पौडेलले कुखुराको खोरमा उक्त लागुऔषध लुकाएका थिए ।   हाल पक्राउ परेका रविलाई कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धि मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

कास्की:   जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका भित्र अवैध रुपमा बस्दै आएका पर्यटकलाई आवश्यक कारवाहीका लागि अध्यागमन विभाग काठमाडौं पाठाएको छ ।   जिल्ला प्रहरी कार्यालय कास्कीले पर्यटक प्रहरीसँग समन्वय गरी बुधबार पोखरा ६ लेकसाइड बस्दै आएका क्यानेडियन नागरिक र पोखरा १८ सराङकोट बस्दै आएका जर्मनी नागरिकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि अध्यागमन विभाग काठमाडौं पठाइएको कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।    उनका अनुसार पर्यटक प्रहरी कार्यालय कास्कीले गत अप्रिल महिनादेखि हालसम्म गैरकानूनी रुपमा नेपालमा बस्दै आएका युके, क्यानडा, जर्मनी, इजरायल, चिली, कोष्टारिका र रिपब्लिक अफ कंगोका गरी कुल १२ जना विदेशी नागरिकलाई सम्बन्धित देशमा फिर्ता पठाउनको लागि अध्यागमन विभाग कालिकास्थान काठमाडौं पठाएको थियो ।  

पोखरा:    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को पछिल्लो तथ्यांक अनुसार  गएको पुसको मध्यदेखि हालसम्म देशभर १ हजार १ सय ७५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।   हाल ७२ जिल्लामा डेंगु संक्रमित भेटिएका छन् । मुगु, डोल्पा, हुम्ला, जुम्ला, मुस्ताङ जिल्लामा भने डेंगु भेटिएको छैन ।   उक्त तथ्यांक अनुसार  बागमती प्रदेशमा ४०३, कोशीमा २७७, गण्डकीमा १८७, लुम्बिनीमा १३९, सुदूरपश्चिममा ११८, मधेशमा ३४ र कणालीमा १७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।   जिल्लागत रूपमा सबैभन्दा धेरै काठमाडौंमा १२२, झापामा १११, चितवनमा ७४, मकवानपुरमा ५८, तनहुँमा ४६ जनामा डेंगु संक्रमित भेटिएका छन् । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ ।   गत वर्षमा भन्दा अहिले डेंगु फैलिने क्रम तीब्र रहेको बताइएको छ ।

पोखरा:   हेमजा भेट्रान्स कपमा पोखरा महानगरपालिका वडा नम्बर १० र १७ सेमिफाइनलमा प्रवेश गरेको छ ।   बुधबार भएको पहिलो खेलमा पोखरा १० ले आयोजक वडा २५ लाई पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको हो ।   निर्धारित समयमा दुबै टिमबाट कुनै पनि गोल हुन नसकेपछी  खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा पोखरा १० ले ५–३ गोल अन्तरले पराजित गर्दे विजयी भयो ।   उक्त खेलको म्यान अफ दि म्याच पोखरा १० का गोल रक्षक विक्रम गुरुङ धोषित भए  ।   त्यस्तै दोस्रो खेलमा पोखरा १७ ले वडा १ लाई ३–१ गोल अन्तरले पराजित गर्दे सेमिफाइनल प्रवेश गर्याे ।   सो खेलमा पोखरा १७ का बेद बहादुर थापा म्यान अफ दि म्याच घोषित भए ।  फाईनल यात्राका लागि भोलि वडा १० र १२ साथै वडा  १३  र १७ भिडने छन् ।   प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख ११ हजार ११ र द्धितिय हुने टीमले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।    हेमजा युनाइटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखराको हेमजामा शनिबार देखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ असार ७ गते सम्म संचालन हुनेछ ।

पोखरा:   गण्डकी प्रदेशस्तरीय महिला टि–२० क्रिकेटमा चार टिमको सहभागिता हुने भएको छ ।   प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको ब्यवस्थापनमा उक्त प्रतियोगिता यहि असार ७ गते सुरु हुने प्रतियोगितामा चार टिमले सहभागिता जनाएका हुन् ।   प्रतियोगिताका कास्की, पर्वत, नवलपुर र स्याङजाको सहभागिता हुने प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।   पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा असार १० गते सम्म सञ्चालन हुने प्रतियोगिता राउण्डरोविनको आधारमा सञ्चालन हुने छ ।   पहिलो दिन कास्की र पर्वत तथा स्याङजा र नवलपुरका बीच हुनेछ भने दोस्रो दिन असार ८ गते स्याङजा र पर्वत तथा दोस्रो खेलमा कास्कीले नवलपुरको सामना गर्नेछ ।   त्यसै गरी असार ९ गते पर्वत र नवलपुर तथा दोस्रो खेल कास्की र स्याङजाका बीच हुनेछ ।  

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्ली राज भट्टले विभेदको दोहोरो शोषणमा परेका दलित महिलाको सशक्तिकरण जरूरी रहेको बताउनुभएको छ ।   दलित महिला संघ ९फेडो० ले मंगलबार पोखरामा आयोजना गरेको दलित महिलाको सशक्तिकरण र समावेशीकरणका सवाल विषयक प्रदेश स्तरीय कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।   ‘जातीय विभेद तथा छुवाछुत, लैंगिक र वर्गीय विभेदको दोहोरो शोषणमा पारिएका दलित महिलाहरुलाई संगठित, सचेतीकरण र सशक्तिकरण गर्दै उनीहरुको हक अधिकार स्थापित गर्न जरुरी छ । यसैका लागि क्रियाशील फेडोलाई आभार व्यक्त गर्दछु।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो ।   समाज रुपान्तरणका लागि कमजोर वर्ग र समुदायको रुपान्तरण अपरिहार्य रहेको बताउँदै उहाँले दलित समुदायलाई जातको आधारमा गरिने छुवाछूतजस्तो अमानवीय व्यवहारको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो ।   ‘औपचारिक शिक्षामा पहुँच कम भए पनि दलित महिलाहरु सीप, कला, कौशलका धनी छन् । दलित महिलाहरू जाति, लैंगिक र वर्गीय विभेद तथा उत्पीडनमा छन्। अझै मधेशी दलित महिला त झनै पछाडि परेका छन् ।’ उहाँले भन्नुभयो– ‘जातीय विभेदजन्य हिंसामा दलितभित्र पनि दलित महिला बढी परिरहेका छन्। त्यस्तै महिलामाथि हुने विभेदमा पनि दलित महिला नै बढी पर्छन्।  त्यसैले भेदभावरहित समुन्नत समाज निर्माणका लागि दलित महिलाको क्षमता विकास तथा सशक्तिकरणमा लगानी बढाउन आवश्यक छ ।’   दलित महिलाको आर्थिक सशक्तिकरणका लागि रोजगारीमा अग्राधिकारसहित सीप र क्षमताअनुसार अन्य विकल्पमा प्रभावकारी योजना बनाई कार्यान्वयन गर्न जरुरी रहेको उहाँको भनाई छ ।   पछिल्लो जनगणना अनुसार नेपालमा ३९ लाख ४ सय ६९ जना अर्थात् १३ दशमलव ४ प्रतिशत दलित समुदाय रहेका छन् ।   प्रदेशगत रुपमा गण्डकी प्रदेशमा १८ दशमलव २ प्रतिशत दलित छन् । दलित समुदायको सम्मान र आन्दोलनको सम्मान स्वरूप नेपालको संसद्ले २०६३ जेठ २१ गते नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो ।   २०६८ मा जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव कसूर र सजाय ऐन पारित भइसकेको अवस्था छ ।  

कास्की:   पोखरामा क्रियाशिल युुनाइटेड किङ्स क्लबले आयोजना गरेको प्रथम खुल्ला भेट्रान्स (३५ प्लस) भलिबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको छ ।   पोखरा महानगरपालिका–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल मैदानमा गत १८ र १९ गते सञ्चालन भएको सो प्रतियोगिताबाट कुल ३  लाख ८९ लाख ३० रुपैयाँ बचत भएको क्लबका  सचिव अशोक थापाले जानकारी दिए ।    उनका अनुसार प्रतियोगिताका लागि कुल ६ लाख ८ हजार २ सय ५१ रुपैयाँ आम्दानी भएको थियो भने २ लाख १९ हजार २ सय २१ रुपैयाँ खर्च भएको थियो ।   उनले आम्दानीतर्फ टिम दर्ताबाट रु ५५ हजार, संस्थागत सहयोगत पुरस्कारका लागि रु ६० हजार र विदेशबाट रु ४ लाख ९३ हजार  २ सय ५१ रुपैयाँ संकलन भएको बताए ।    यस्तै खर्चतर्फ पुरस्कारका लागि रु ६५ हजार, कलाकारका लागि रु ५ हजार, सम्मानपत्रका लागि १२ हजार १ सय ६५ रुपैयाँ, खेलकुद समाग्री, ट्रफि, तथा ग्राउण्ड व्यवस्थापनका लागि १५ हजार, अफिसियलका लागि १९ हजार, खाना तथा खाजातर्फ २९ हजार, प्रिन्टिङका लागि ३२ हजार, जर्सी प्रिन्ट ६ हजार ५ सय र विविधतर्फ रु ३४ हजार ५ सय ५६ रुपैयाँ खर्च भएको सचिव थापाले जानकारी दिए  ।   यो पनि पढ्नुहोस   पोखराको नदीपुरमा किङ्स कप भेट्रान्स भलिबल सुरु किङ्स कप भेट्रान्स भलिबलमा एफिएफ च्याम्पियन, सर्वाेत्कृष्ट बने कृष्ण गाहामगर दुइदिनसम्म सञ्चालन भएको भेट्रान्स (३५ प्लस)  प्रतियोगितामा गलकोट भेट्रान्सलाई २६–२४ र ३४–३२ को सोझो सेटमा पराजित गर्दै एफिएफ च्याम्पियन बनेको थियो ।    उपाधिसँगै एफिएफले नगद रु ४० हजार,  र उपविजेता बनेको गलकोटले नगद रु २५ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको थियो ।