काठमाडौं:  मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ । जसको प्रभावले मङ्गलबार देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी, लु...

पोखरा:  गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगितामा कास्की र तनहुँले लगातार जित निकालेका छन् ।   पोखरा रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिन पनि कास्की र तनहुँले आ–आफ्नो खेल जितेका हुन् ।   शनिबारको पहिलो खेलमा घरेलु टोली कास्कीले म्याग्दी विरुद्ध सहज ७ विकेटले जित निकाल्दा तनहुँले बाग्लुङ विरुद्ध कठिन जित निकालेको छ । जितका लागि १२४ रनको लक्ष्य पछ्याउने क्रममा अन्तिम दुई बल बाँकी हुँदा तनहुँले जित निकालेको हो ।     पहिलो खेलमा म्याग्दीले टस जितेर ब्याटिङको पारीको सुरुवात गर्दै १८.५ ओभरमा १० विकेट गुमाउँदै ७५ रनमा समेटियो ।   कास्कीका कृष्ण पौडेलको धारिलो बलिङमा म्याग्दी चार जनालाई पेभिलियन फर्काए । म्यान अफ दि म्याच समेत रहेका कृष्णले ३.३ ओभरको बलिङ स्पेलमा १७ रन दिएर ४ विकेट हात पारे । म्याग्दीका लागि केशव साउदले २७ बलमा १६ रन बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।   म्याग्दीको पारीमा कास्कीले २२ एक्स्ट्रा रन दिएको थियो ।   कास्कीका लागि सिब्रिन श्रेष्ठ र विश्वास पराजुलीले समान २–२ विकेट लिए भने विपिन खत्री र आदित्य थापाले १–१ विकेट लिए ।   यता कास्कीका लागि जवाफी व्याटिङ गर्दै अर्जुन कुमालले ३१ बलमा ५ चौका प्रहार गर्दै ३६ रन बनाएर नट आउट रहे भने अर्का ओपनर सोहेल कुंवर भने सून्य रनमा आउट भए । तीन बलको सामना गरेका सोहेल आयुष खत्रीको बलमा विशाल आचार्यको हातबाट क्याच आउट भए ।   कास्की सिव्रीन श्रेष्ठ १० बलको सामना गर्दै एक छक्का र दुई चौकाको सहयोगमा १६ रनको योगदान दिए भने ११ बल खेलेका रोहित चन्द एक छक्का र एक चौका प्रहार गर्दै व्यक्तिगत २१ रन बनाए । तर आयुष सैंजु भने १ रनमा पेभिलिएन फर्किएका थिए । बागलुङका लागि केशव साउदले १५ रन खर्चिएर २ विकेट लिए ।   यता दोस्रो खेलमा टस जितेर तनहुँले बाग्लुङलाई पारीको सुरुवात गर्न निम्तो दियो । बागलुङले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतीमा १२३ रन बनायो । बागलुङको पारी सुरुवातमा नै दवावमा पर्यो । ओपनरद्वय अर्जुन रायमाझी १ र किसन सुनार सून्यमा आउट भएका थिए ।   तेस्रो क्रममा बागलुङका लागि पारी सम्हाल्दै कप्तान आराश तामाङले ३० बलको सामना गर्दै ५ चौका र एक छक्काको सहयोगमा व्यक्तिगत ३५ रनको योगदान दिए भने चन्द्रदिप यादवले २५ रन बनाए । उनले समान २ चौका र २ छक्का प्रहार गरे । टिमका लागि अनिश जिशीले १६ रनको योगदान दिंदा विवेक नेपालीले १७ रन जोडे ।   तनहुँका लागि क्रिश ऐरले ३ ओभरमा १२ रन खर्चिएर २ विकेट लिए भने चन्द्रकान्त पौडेलले २ विकेट लिए ।   यता तनहुँ जितका लागि १२४ रन पछ्याउँदा अन्तिम ओभरको चौथो बलमा जितको यात्रा तय गर्यो । खेल १९.४ ओभर सम्म आइपुग्दा तनहुँले ८ विकेट गुमाइसकेको थियो । उपहारको रुपमा तनहुँले २४ रन एक्स्ट्रा पायो भने व्याट्सम्यानहरुले खेलमा १ सय रन जोडेका थिए ।   खेलमा म्यान अफ दि म्याच समेत रहेका चन्द्रकान्त पौडेलले टिमका लागि सर्वाधिक २२ रनको योगदान दिए भने सदित्य वञ्जाराले १९ र समिर कंडेलले १५ रन मात्रै जोडे । तनहुँका सदित्य र इशान श्रेष्ठ रिटायर्डहर्ट हुँदै पेभिलिएन फर्किएका थिए । इशानले ३ रन मात्रै जोडे । बागलुङका लागि अश्विन थापाले २ विकेट लिए ।   यो जित संगै कास्की र तनहुँले समान ४–४ अंक बटुलेका छन् भने म्याग्दी र बागलुङ जितको प्रतिक्षामा छन् । आइतबार कास्की र तनहुँका बीचमा पहिलो खेल र दोस्रो खेल बागलुङ र म्याग्दीका बीचमा हुनेछ ।   दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनौट समेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।   यसै गरी महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ ।

पोखरा:   पोखरामा कबड्डीको रेफ्रि प्रशिक्षक प्रशिक्षण शनिबारबाट सुरु भएको छ ।   प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश कबड्डी संघको व्यवस्थापनमा उक्त प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।   उक्त प्रशिक्षण कार्यक्रमको सुरुवात गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले कुनै पनि खेलकुदको जग विद्यालय भएकोले परिषदले आफ्ना प्रशिक्षणका कार्यक्रमहरुलाई सोही अनुरुप तय गरेको बताए ।   परिषदले खेलकुद विकासका लागि विभिन्न कार्यक्रमहरु अघि सारेको जनाउँदै सोही अनुसार कबड्डीको रेफ्रि प्रशिक्षक प्रशिक्षण कार्यक्रम समेत रहेकोले गण्डकीमा यूवा खेलाडीहरु उत्पादन गर्न सहयोग पुग्ने उल्लेख गरे ।   कार्यक्रममा परिषदकी सदस्य एवं कार्यक्रम संयोजक निर्मला बरालले अनुशासित नागरिक उत्पादन गर्न खेलकुदको भूमिका रहेको जनाउँदै खेल शिक्षक लक्षित प्रशिक्षणले विद्यालयहरुमा प्रतियोगिताहरु आयोजना गर्न सहज हुने बताइन् ।   गण्डकी प्रदेश कबड्डी संघका अध्यक्ष पवन कुमार प्रजापतीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कबड्डी संघका सचिव हरि जिशीले समेत आफ्ना भनाई राखेका थिए ।   प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न ११ जिल्लाका ३० जना खेल शिक्षकहरुको सहभागिता रहेको सचिव जिशीले जानकारी दिएका छन् ।   तीन दिन सम्म सञ्चालन हुने प्रशिक्षणमा अखिल नेपाल कबड्डी संघका सचिव एवं प्रशिक्षक तर्कराज भट्ट र गण्डकी प्रदेश कबड्डी संघका सचिव एवं प्रशिक्षक हरि जिशीले सहजिकरण गर्ने भएका छन् ।    

पोखरा:    पोखरामा भदौ दोश्रो साता ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुने भएको छ ।   पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा आगामी भदौ १४ र १५ गते खुल्ला ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुने शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । दुई दिनसम्म हुने कार्यक्रम पोखरा सभागृह हलमा हुने जनाइएको छ ।   ‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ हुने प्रतियोगितामा कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउने पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष तथा प्रतियोगिता संयोजक हर्कराज गुरुङ (भाई)ले जानकारी दिए ।   पहिलो संस्करणमा ईन्टर कलेज व्याण्ड कम्पिटिसन आयोजना गरेको संघले यसपटक प्रतियोगितालाई परिमार्जन गर्दै ईन्टर स्कुल व्याण्ड कम्पिटिसन गर्न लागेको उनले प्रष्ट्याए ।   स्कुल र कलेजका विद्यार्थीबीच प्रतिष्पर्धा गराउँदा लेभल मिलेन,उनले भने,‘त्यसैले यस पटकदेखि विद्यालय स्तरिय प्रतियोगिता गर्ने निर्णय ग¥यौं’–उनले भने । ग्रास रुटबाटै कला र संगीतका प्रतिभा खोज्ने र उनीहरुको प्रतिभा निखार्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाई छ ।   प्रतियोगितामा सहभागिताका लागि स्कुल लेभलका व्याण्डहरुले फारम भर्नुपर्ने संघले जनाएको छ ।   फारम भरेकाहरुले भिडियोमार्फत डिजिटल अडिसन दिनुपर्ने र सो प्रस्तुतीका आधारमा छनौट गरिने संघका अध्यक्ष गुरुङले जानकारी दिए । त्यसपछि फिजिकल अडिसन दिनुपर्ने र सो राउण्डमा स्कुल व्याण्डहरुले गण्डकी प्रदेशका सर्जकहरुको गीत प्रस्तुत गर्नुपर्ने प्रावधान राखिएको छ ।   त्यसमा छनौट भई फाईनलमा पुगेकाहरुले एउटा आफ्नो मौलिक र अर्को गण्डकी प्रदेशका सर्जकहरुको गरेर दुईवटा गीत प्रस्तुत गर्नुपर्ने प्रावधान राखिएको अध्यक्ष गुरुङले बताए । सोहि प्रस्तुतीका आधारमा बिजेता, उपबिजेतालगायतको घोषणा गरिने उनको भनाई छ ।   प्रतियोगिताले पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने संघको विश्वास छ । प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा शिक्षासँगै सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउने अध्यक्ष गुरुङले बताए । ‘सुस्ताएको सांगितीक क्षेत्रलाई उठाउने प्रयास हो । यसमा व्याण्डले सबै विधामा प्रस्तुती दिन सक्छन् ।’–उनले भने ।   संघका सचिव भाष्करध्वज श्रेष्ठले ९० को दशकमा पोखरा व्याण्डहरुको राजधानी भनेर चिनिएको भन्दै सो पुरानो विरासत फर्काउन प्रतियोगिता कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । यसले संगीत सिर्जनामा लाग्न प्रेरणा र दवाब पुग्ने उनको धारणा छ । मानसिक स्वास्थ्य सुधार्नपनि कार्यक्रमले सघाउने उनको भनाई छ ।   पत्रकार सम्मेलनमा सहभागि प्याव्सन कास्कीका अध्यक्ष मथुरा पौडेलले स्कुल स्तरमा संगीतको माहौल बनाउन प्रतियोगिता सहयोगी भएको बताए । स्कुलमा संगीत पहिलेपनि सिकाउने गरिन्थ्यो,उनले भने,‘तर सिकाएको परिणाम कस्तो छ भन्ने थाहा हुँदैनथ्यो । प्रतियोगिताले हाम्रो स्तर र सुधार्नुपर्ने कुरा उजागर गरेको छ ।   यसले स्कुलमा संगीतको माहौल बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।’ उनले प्रतियोगिताका लागि प्याव्सन कास्कीले न्यूनतम ५० हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमापनि सहयोगलाई निरन्तरता दिने बताए ।   प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, बेस गिटा, उत्कृष्ट ड्रमर, पव्लिक च्वाईस र जज च्वाईस लाईपनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने सचिव श्रेष्ठले जानकारी दिए ।  

पोखरा:   गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बराबरको बजेट ल्याएको छ । गण्डकी प्रदेश सभाको छैटौं अधिवशेनको १३ औं बैठकमार्फत अर्थमन्त्री डा. टकराज गुरुङले आज (शनिबार) बजेट सार्वजनिक गरेका हुन् ।   उनले सार्वजनिक गरेको बजेटको पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ र चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार विनियोजित गरिएको छ ।   सो बजेटमा कृषि, पर्यटनलाई मुख्य प्राथमिकतामा राखिएको छ ।   हेर्नुहोस् पूर्णपाठ:-  

पोखरा:  नेपाल परिवार नियोजन संघ कास्की शाखाले सामुदायिक महिला स्वास्थ्य स्वयसेविकाका लागि यौन तथा प्रजनन् स्वास्थ्य अभिमुखीकरण कार्यक्रम गरेको छ ।   संघले पोखरा महानगरपालिका वडा नं २८ का स्वयंसेविकाका लागि सौर्यस्थित माझठाना स्वास्थ्य चौकीमा कार्यक्रम गरेको हो । कार्यक्रममा वडाभित्र कार्यरत स्वयंसेविकाको सहभागिता रहेको थियो ।   कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीले संचालन गरिरहेको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि सेवा बारेमा जानकारी दिइएको सभापति नवीन सिग्देलले जानकारी दिनुभयो ।   कार्यक्रममा शाखाका बरिष्ठ शाखा प्रवन्धक नवराज तिवारीले सहजिकरण गर्नुभएको थियो ।   कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले वडाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।   नेपाल परिवार नियोजन संघका केन्द्रीय महासचिव अर्जुन सिग्देलले यौन तथा प्रजनन् स्वास्थ्य सेवालाई महत्व दिएर सेवा संचालन गरेको उल्लेख गर्नुभयो ।   नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम माझठाना स्वास्थ्य चौकी प्रमुख विनोद तिवारीले संचालन गर्नुभएको थियो ।

पोखरा:   ‘खेल्छ गण्डकी’ कार्यक्रम अन्तर्गत टेनिस प्रशिक्षण सम्पन्न भएको छ ।   प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना, गण्डकी प्रदेश टेनिस संघको ब्यवस्थापन तथा कास्की टेनिसको प्राविधिक सहयोगमा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।   ‘सबैका लागि, संधैका लागि टेनिस’ भन्ने मुख्य ध्येयका साथ सम्पन्न उक्त प्रशिक्षणमा सहभागि बालबालिका लाई सहभागिताको प्रमाणपत्र वितरण गर्दै प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषीराम गौतमले सबै उमेर समुहमा खेलकुद अघि बढाउन ‘खेल्छ गण्डकी’ कार्यक्रम प्रभावकारी रहेको बताए ।   लामो अध्ययन र निष्कर्षका साथ अघि बढाइएको यो कार्यक्रमले गण्डकी प्रदेशको खेलकुदको जगलाई बलियो बनाउन र यूवा खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने जनाउँदै टेनिसको प्रशिक्षण कार्यक्रमले गण्डकीको टेनिसको जग बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।   गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थले परिषदले टेनिस विकासका लागि गरेको सहयोगका लागि अभार व्यक्त गर्दै प्रशिक्षणमा सहभागि मध्येबाट नै भावी राष्ट्रिय खेलाडी उत्पादन हुने बताए । उनले भने–“परिषदले महत्वपूर्ण कार्यक्रमका लागि सहयोग गरेको छ । हामी खेलाडी उत्पादनमा गरेको प्रयासका लागि गरेको सहयोग प्रति धन्यबाद दिन चाहन्छु ।”   समापन कार्यक्रममा प्रदेश खेलकुदका सदस्य केशव पाठक, कास्की टेनिसका सचिव नविन श्रेष्ठ, प्रदेश टेनिस संघका उपाध्यक्ष द्वय लोक बहादुर गुरुङ, विष्णु केसीलगायतको सहभागिता रहेको थियो ।   ६५ दिन सम्म सञ्चालन भएको उक्त प्रशिक्षण कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो । 

काठमाडौं:   दक्षिण अफ्रिका विरुद्ध १ रनले पराजीत भएसँगै नेपाल आइसिसी टि-२० विश्वकपबाट बाहिरिएको छ ।   दक्षिण अफ्रिका विरुद्धको पहिलो भेटमा नेपाल १ रनको झिनो अन्तरले पराजित हुँदै विश्वकपबाट बाहिरिएको हो ।   दक्षिण अफ्रिकाले दिएको ११६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो ।   अन्तिम दुई ओभरमा नेपाललाई जितक लागि १६ रन चाहिएको थियो । १९औं ओभरको दोस्रो बलमा एनरिक नोर्टजेले कुशल मल्ललाई १ रनमा बोल्ड गराए । पाँचौं बलमा सोमपाल कामीले छक्का प्रहार गरे । अन्तिम बलमा उनले दुई रन प्रहार गरेपछि अन्तिम ओभरमा ८ रनको आवश्यकता रह्यो ।   अन्तिम ओभरको पहिलो दोस्रो बलमा बार्टमनले गुलशनलाई डट बल गरे । तेस्रो बलमा गुलशनले चौका प्रहार गरे । चौथो बलमा उनले दुई रन लिए । पाँचौं बल भने डट बल रह्यो ।   अन्तिम बलमा जितका लागि २ रन चाहिएकोमा गुलशनले कुनै शट खेल्न सकेनन् । बाईमा रन लिने क्रममा उनी रन आउट भए र नेपाल पराजित हुन पुग्यो ।   नेपालका दुवै ओपनरले राम्रो सुरुवात दिलाएका थिए । तर तब्रेज शम्शीको आठौ ओभरमा नेपालले दुई महत्वपूर्ण विकेट गुमाउन पुगेको थियो । सो ओभरको दोस्रो बलमा रिभर्स स्विप खेल्ने क्रमममा कुशल भुर्तेल बोल्ड भए । उनले २१ बलमा १३ रन बनाए । चौथो बलमा शम्शीले कप्तान रोहित पौडेललाई शून्यमा बोल्ड नै गराए ।   चौथो विकेटका लागि भने ओपनर आशिफ शेख र अनिल साह मिलेर ५० रनको साझेदारी गरेका थिए । सो साझेदारी १४औं ओभरमा दक्षिण अफ्रिकाका कप्तान एइडन मार्क्रमले तोडे । तेस्रो विकेटका रुपमा अनिल २४ बलम ३ चौका र १ छक्का सहित २७ रन बनाएर क्याच आउट भएका थिए ।   दक्षिण अफ्रिकाका लागि शम्शीले ४ ओभरमा १९ रन मात्र दिएर ४ विकेट लिए । मार्क्रमले २ ओभरमा ८ रन दिएर १ विकेट लिए ।   त्यसअघि सेन्ट भिन्सेन्टको किंग्सटाउनमा उत्कृष्ट बलिङ प्रदर्शन सहित नेपालले आइसिसी टि-२० विश्वकपमा दक्षिण अफ्रिकालाई मध्यम योगफलमा रोकेको थियो । टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११५ रन बनाएकाे थियाे ।  

हेटौँडा:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको तेस्रो ठूलो हेटौँडा सबस्टेसन उद्घाटन गर्नुभएको छ ।   नेपाल विद्युत प्राधिकरणले शुक्रबार यहाँ आयोजना गरेको एक कार्यक्रममा प्रधानन्त्रीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा ४०० केभी निर्मित सो सबस्टेसन उद्घाटन गर्नुभएको हो ।   ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौँडा सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि सञ्चालन (चार्ज)मा ल्याइएको छ ।   यसैगरी, नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्‍याङमानै २२० र १३२/११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि नै चार्ज गरिएको छ ।   मुलुकभित्रको पूर्व–पश्चिम विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माण गरिएको जिआइएस प्रविधियुक्त स्वचालित ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौँडा तेस्रो ठूलो सबस्टेसन हो ।   हेटौँडा सबस्टेसनको निर्माण सम्पन्न भएसँगै करिब ४ हजार मेगावाट विद्युत प्रवाह गर्न सक्ने पूर्वाधार संरचना तयार भएको छ ।   हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि ढल्केबरबाट पूर्व–पश्चिम चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने हुँदा आन्तरिक रुपमा विद्युत् आपूर्ति थप सुदृढ हुने र भारतसँगको विद्युत् व्यापार थप विस्तार हुनेछ ।   अ​मेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बाट नुवाकोटको रातमाटेबाट निर्माण हुने ४०० केभीको डबल सर्किट प्रसारण लाइन हेटौँडा सबस्टेसनमा ल्याएर जोडिनेछ ।   यसका लागि हेटौँडा सबस्टेसनमा आवश्यक पूर्वाधार संरचना निर्माण गरिसकिएको छ ।