काठमाडौं: आइसीसी टी–२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको समूह डी को खेल वर्षा र मैदान भिजेको कारण रद्द भएको छ । योसँगै दुवै टोलीले १/१ अंक बाँडे । फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा विहानदेखि निरन्तर वर्षाका कारण मैदान भिजेको थियो । साँझ ७ः३० बजे वर्षा रोकिएपनि मैदानको अवस्थाका कारण खेल हुन सकेन । नेपालको यससँगै २ खेलमा १ अंक भएको छ । ३ खेलमा १ अंक जोडेको श्रीलंका भने प्रतियोगिताबाट लगभग बाहिरिएको छ । अब बंगलादेश र नेदरल्यान्ड्सबीचको खेल वर्षाले रद्द भए मात्र श्रीलंकाको अंकगणितीय सम्भावना रहनेछ । यस समूहमा दक्षिण अफ्रीका ३ खेलमा ६ अंकका आठ सुपर ८ प्रवेश गरिसकेको छ । बंगलादेश र नेदरल्यान्ड्सको २ खेलमा २/२ अंक छ । नेपालले अब शुक्रबार दक्षिण अफ्रीका र आइतबार बंगलादेशको सामना गर्नेछ ।
पोखरा: यू–१५ विद्यालय खेलकुद प्रतियोगिता २०८० मंगलबारदेखि पोखरामा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनमा ३१ गतेसम्म संचालन हुने प्रतियोगितको औपचारिक उद्घाटन भने बुधबार हुनेछ । प्रतियोगिता अन्तर्गत बास्केटबल, रग्बी, व्याडमिन्टन, एथलेटिक्स, टेबुल टेनिस र बुद्धिचाल गरि ६ खेलमा सात प्रदेशका ७६÷७६ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए । प्रतियोगिता अन्र्तगत सामवेश गरिएका ६ खेलमध्ये व्याडमिन्टनका खेलहरु पोखरा रंगशाला स्थित व्याडमिन्टन हलमा सुरु भएको हो । व्याडमिन्टनमा छात्र÷छात्रा सिंगल्स, डबल्स, मिक्स डबल्समा प्रतिस्पर्धा हुने कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष शुसिल श्रेष्ठले जानकारी दिए । प्रत्येक प्रदेशबाट छात्र चार र छात्रा चार आठ जनाका दरले ५६ जनाले प्रतिस्पर्धा गदैछन् । व्याडमिन्टनको पहिलो दिनको खेल सकिदा पहिलो चरणका ५८ बटा खेलहरु सम्पन्न भएका छन् । बुधबार क्वाटरफाईनल र सेमिफाईनलका खेलहरु हुने श्रेष्ठले जानकारी दिए ।यसै गरि दोस्रो दिन बुधबार ३७ र तेस्रो दिन नौ गरि कुल एक सय पाँच बटा खेलहरु हुनेछन् । प्रतियोगिता अन्र्तगत बुधबार छात्र÷छात्रा सिंगल्स सगै मिक्स डबल्सतर्फका सेमिफाईनलका खेलहरु सगै अन्य विधाका क्वाटरफाईनलका खेलहरु हुनेछन् ।
पोखरा: जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले गणेशमान पालिखे विचारमा प्रजातन्त्रवादी र कामले क्रान्तिकारी भएको बताए । मानित विश्वविद्यालय उन्मुख जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १९ औं स्मृति दिवसका सन्दर्भमा बोल्दै विजुक्छेले भने, २०३९ सालमा पृथ्वीनारायण क्याम्पसमा म उहाँको चेला थिएँ, २०४८ सालमा जनप्रिय क्याम्पस स्थापना भएपछि साथी भएँ । पारिवारिक रूपमा नातेदार र आफ्ना राजनीतिक गुरु भए पनि उहाँ क्याम्पस प्रमुख र म जनप्रतिनिधि हुँदा भवन निर्माणका क्रममा सँगै मुद्धा खेपेका छौं । क्याम्पस कै लागि ज्यानको आहुति दिएका पालिखे शिक्षा मै सहादत पाएका क्रान्तिकारी व्यक्तित्व थिए । सिर्जना विकास केन्द्रका अध्यक्ष एवम् सञ्चालक समितिका सदस्य विष्णुप्रसाद बरालले क्याम्पस स्थापना गर्दा अमेरिकाबाट उच्चशिक्षा लिएका स्व.प्रेमनारायण बराल संस्थापक अध्यक्ष र जर्मनीबाट व्यवस्थापन विषयमा उच्चशिक्षा लिएका स्व. गणेशमान पालिखे संस्थापक क्याम्पस प्रमुख पाउँदा नै क्याम्पसले गतिलिएको बताए । बरालले शिक्षक कर्मचारी संस्था र समाज केन्द्रित भए व्यक्तिगत समस्या नरहने हुँदा क्याम्पसको हितमा काम गर्न आग्रह गरे । पूर्व क्याम्पस प्रमुख माधवप्रसाद घिमिरेले गणेशमान पालिखेको जीवनी व्यक्तित्वमाथि प्रकाश पार्दै पालिखेले नेपालभरि कै शिक्षा क्षेत्रमा व्यवस्थापन सङ्कायको खाँचो पुष्टि गर्दै काठमाडौं बाहिर पहिलो पटक पोखरामा बिबिए कार्यक्रम ल्याएको स्मरण गरे । पब्लिक क्याम्पस सङ्घको संस्थापक अध्यक्ष भएर मुलुकभरिका सामुदायिक क्याम्पसको स्थापना र सञ्चालनमा पालिखेले गरेको योगदान संझनालायक भएको बताए । सल्लाहकार डा.वीरबहादुर कार्की, निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्का, सहायक क्याम्पस प्रमुख मेखराज पौडेल, प्रशासक एकनारायण अर्याल, पब्लिक क्याम्पस प्राध्यापक सङ्घ जनप्रिय एकाइका अध्यक्ष विकास थापामगर, कर्मचारी सङ्घ जनप्रिय एकाइका अध्यक्ष देवी पनेरु लगायतका वक्ताले क्याम्पसलाई मानित विश्वविद्यालय बनाउनका निम्ति संस्थापक क्याम्पस प्रमुख पालिखेले जस्तै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कार्यसम्पादन गर्दा गन्तव्यमा पुगिने विचार राखे । स्वर्गीय पालिखेको संझनामा बिबिए तथा पुस्तकालय भवनलाई गणेशमान पालिखे स्मृति भवन नामाकरण गरिएको छ । पालिखेकी धर्मपत्नी गङ्गादेवी पालिखेले पति गणेशमानको संझनामा परिवारका तर्फबाट ४ लाख रूपैयाँको अक्षयकोष स्थापनाको गरेकी छन् । उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक र कर्मचारीलाई पुरस्कृत गर्ने उद्धेश्यले कोष स्थापना भएको जानकारी सहायक प्रशासक महादेवकुमार पालिखेले जानकारी दिए । समुदायले स्थापना गरेको क्याम्पसमा समुदायले दिएको जिम्मेवारी पालिखेले आफ्नो भौतिक शरीर रहँदासम्म इमान्दारितापूर्वक बहन गरे । उनमा नेतृत्व क्षमता र कार्य दक्षता थियो भन्ने पुष्टि गरेका थिए । विश्वविद्यालय अनुदान आयोगबाट दुई पटकसम्म गुणमापन तथा प्रत्ययानको प्रमाणपत्र पाउन र शिक्षा मन्त्रालयबाट दुई पटक मुलुकभरिका सामुदायिक क्याम्पस मध्ये उत्कृष्ट पुरस्कार प्राप्त गर्न सफल क्याम्पसको मेरुदण्डका रूपमा पालिखेले खेलेको भूमिका स्मरण गर्न लायक छ । २०६२ जेठ २९ गते तत्कालीन विद्रोही समूहले गणेशमान पालिखेलाई उनकै निवास अगाडि नागढुङ्मा गोली हानी हत्या गरेको थियो । शिक्षामै सहादत प्राप्त गरेका कारण सरकारले उनलाई शैक्षिक सहिद घोषणा गरेको हो । कास्की जिल्लाबाट २०२२ सालमा एम.कम. पास गर्ने उनी पहिलो व्यक्ति हुन । २०२३ सालमा पश्चिम जर्मनीबाट औद्योगिक व्यवस्थापनमा स्नातक गरेका पालिखेले २०३० देखि २०३२ सालमा पृथ्वीनारायण क्याम्पसको प्रमुख भएर काम गरेका थिए । २०४६ सालमा स्वेच्छिक अवकाश लिएपछि उद्योगमा होमिएका पालिखेलाई जनस्तरबाट स्थापित जनप्रिय बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस प्रमुखका लागि प्रस्ताव गरेपछि १४ वर्ष निरन्तर क्याम्पस हाँकेका थिए ।
अर्घाखाँची र गुल्मीको सिमानामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ खाँची बस्ने २६ वर्षीय रामलाल पुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) शंकर पोखरेलले बताए । अर्घाखाँची जिल्ला क्षत्रदेव गाउँपालिका–७ देउराली स्थित देउराली तम्घास भित्री सडकखण्डमा सोमबार राति पौने १० बजे टिपर दुर्घटनामा भएको हो । दुर्घटनामा छत्रदेव–७ का ३३ वर्षीय रिसभ केसी र शीतगंगा नगरपालिका-२ का २९ वर्षीय नवीन घिमिरे घाइते भएका छन् । घाइते भएका दुई जनालाई गुल्मी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि पाल्पा पठाएको प्रहरीले जनाएको छ ।
पोखरा: फिल्म ‘दयारानी’ निर्देशन गरेर चर्चामा आएका निर्देशक माओत्से गुरुङले अब नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । उनले नयाँ फिल्म ‘पेन्सनपट्टा’ को उनले निदेशन गर्ने भएका हुन् । फिल्ममा कथा पनि उनको नै छ । यो फिल्मको छायांकन दशैं अगाडि नै गर्ने तयारी उनको छ । यो फिल्मका लागि कुनै पनि कलाकार तय नगरिएको निर्माणपक्षले बताएको छ । माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा डीबी गुरुङ र माओत्से गुरुङको लगानी रहनेछ । एउटा लोभी युवक कसरी दानी बन्छ भन्ने कथामा यो फिल्म निर्माण हुन लागेको हो । माओत्सेको माग अभिनयमा पनि निकै छ । अधिकांश हिट फिल्ममा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
भोजपुर: आफ्नै आमा ६८ वर्षीया निर कुमारी तामाङको खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अरूण गाउँपालिका-४ ल्याङडाँडा चरम्बी बस्ने ३४ वर्षीय मिलन तामाङ रहेका छन् । अरूणले खुर्पा प्रहार गरी निर कुमारीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट चरम्बीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पोखरा: गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगितामा कास्की जिल्ला च्याम्पियन बनेको छ । पोखरा रंगशालामा आज (सोमबार) भएको फाइनल खेलमा तनहुँलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै कास्की च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै कास्कीले नगद रु २ लाखसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको तनहुँले नगद रु १ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्याे । निर्धारित समय गोलरहित बराबरीमा सएिकपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । प्रतियोगिताबाट सर्वोत्कृष्ट खेलाडीका रुपमा तनहुँका शन्त बहादुर गुरुङ घोषित हुँदै नगद रु १० हजार हात पारे । त्यस्तै कास्कीका आकाश रानाभाट उत्कृष्ट गोलरक्षक, कास्कीकै योगेश गुरुङ उत्कृष्ट डिफेन्डर, तनहुँका लक्षु थापा इमर्जिङ प्लेयर, कास्कीका भिषन गुरुङ उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकमा कास्कीका सन्तोष केसी घोषित भए । उत्कृष्ट घोषित भएका सबैले जनही नगद रु ५ हजारका साथमा ट्रफी प्राप्त गरेको गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङले बताए । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा विजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फा गण्डकीका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङ, प्रदेश खेलकुदका सल्लाहकार सुनिल गुरुङ, आग्रज समाजसेवी टिका कार्कीलगायतले पुरस्कार वितरण गरेका थिए ।
पोखरा: जनप्रिय बहुमुखी क्याम्पसले पोखरालाई पर्यटनको राजधानी घोषण गरेपछि अब के ? भन्ने विषयमा पर्यटन उद्यमीसँग शैक्षिक सम्वाद कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् प्रमुख अतिथि वीरेन्द्रनारायण विजुक्छेले प्राकृतिक, साँस्कृतिक र भौलिक रूपले विश्वसामु चिनिएको पोखराले पर्यटकलाई अधिकतम सेवा दिएर सिटी कर लगाउन सुझाब दिदै सहरी सरसफाइ, अनुशासन, सडक सुरक्षा र तथ्याङ्क राख्न पर्यटन व्यवसायीलाई आग्रह गरे । गण्डकी प्रदेश नीति तथा योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. श्रीकान्त शर्मा खतिवडाले राजधानी घोषणपछि पोखराको ब्रान्डिङ र प्रमोसनमा सहयोग पुग्ने हुँदा तीन तहका सरकार, नागरिक समाज र उद्यमी व्यवसायीले समन्वयात्मक भूमिका निर्वाह गर्न जोड दिए । खतिवडाले दीगो पर्यटनका लागि स्थानीय उत्पादन बढाउने, जनशक्ति मुलुकभित्रै टिकाउने, मुग्लिन, राम्दी र एयरपोर्टमा तथ्याङ्क सङ्कलन केन्द्र राख्नुपर्ने बताए । पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेर मात्रै उपलब्धि हासिल हुँदैन्, नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले ठोस योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । सुवेदीले पर्यटन व्यवसायी एक दशकसम्म द्वन्द्वमारमा, त्यसपछि महाभूकम्प, नाकाबन्दी , कोभिड–१९ को महामारी र आर्थिक मन्दीजस्ता समस्याले शिथिल भएको जनाए । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने आधारका बारेमा पर्यटनविद् डा. रामजी शर्माले गण्डकी प्रदेश नेचर, कल्चर र एड्भेन्चरमा अगाडि रहेकाले २० वटा सूचाङ्कमा सुझाव दिएको बताए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त प्रमुख नवीन पोखरेले पोखरालाई सस्तो गन्तव्य बनाउनु्भन्दा गुणस्तरीय सेवा दिएर खर्च गर्ने पर्यटक आमन्त्रण गरी डाटा सिस्टममा जान पर्यटन व्यवसायीलाई आग्रह गरे । पर्यटन व्यवसायी दोर्जे लामाले आफ्नो ४ दशक लामो अनुभव सुनाउँदै राजधानी घोषणासँगै सरसफाइ र सुरक्षित आवागमनसँगै व्यवहारिक अभ्यास गर्न सुझाए । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा जनप्रिय बहुमुखी क्याम्पसको स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन र एमविए इन हस्पिटालिटी म्यानेजमेन्टको आयोजनामा पर्यटन उद्यमीसँग शैक्षिक सम्वाद कार्यक्रम गरिएको हो । समूह छलफलको सहजीकरण दिपेन्द्र पहारीले गरेका थिए । निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काको अध्यक्षामा भएको कार्यक्रममा स्वायत्त कार्यक्रम संयोजक दिव्यलक्ष्मी चालिसेले स्वागत मन्तव्य राखेकी थिइन भने विष्णु तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।
पोखरा: पोखराको जिरो किलोमिटरदेखि हल्नचोकसम्म पुग्दा सडकको बीचको डिभाइडरमा हरिया धुपि र फुल ढकमक्क फुलेको भेटिन्छ । यो हरीयाली र फुलहरुले लेकसाइड जाने पर्यटक र स्वदेशीको ध्यान तान्ने गरेको छ । यसलाई रेखदेख गर्न बेलाबेलामा यहाँका स्थानीय लागि रहन्छन् । यता रेखदेखको सिप बोकेर उनीहरु पोखरा २५ हेम्जाको अन्तर्गतको राजमार्ग सडक डिभाइडरमा पुगेको छन् । ठेकेदारले रोपेका बिरुवाहरु मर्दै गएपछि सडकलाई हरियाली बनान उपयुक्त फुलका बिरुवा बोकेर पोखरा ६ र ७ का अगुवाहरु रोप्न पुगेका हुन् । वातावरण संरक्षणका अभियान्ताहरु जगन्नाथ तिमिल्सिना, होमनाथ पहारी (माइला बा), राम बहादुर लामिछाने, ठाकुर बराल, सन्जय पौडेल, दामु बराल, राजेन्द्रराज रेग्मी, गंगाप्रसाद तिवारी पुगेका छन् । उनीहरुले लेकसाइडको डिभाइडरबाट फुलका कटिङहरु लगेर सारेका हुन् । अहिले सम्म १ हजार कर्बिर फुलका विरुवा सारी सकेको अभियानका सदस्य दामु बरालले बताए । उनले अझै १ हजार भन्दा बढि कर्बिर फुलका विरुवा रोप्ने तयार पारेको बताए । विरुवा सार्नका लागि सहयोग गर्न हेम्जा बासिलाई बरालले अनुरोध गरे । कर्बिरका दुई थरी रातो र सेतो फुल्ने फुल सारेको उनले बताए । पोखरा २५ का वडा अध्यक्ष मोती तिमिल्सिनाले उनीहरुको कामलाई धन्यवाद दिदै फेसबुकमा अन्यलाई पनि सहयोग गर्न आग्रह गरेका छन् । फुल हुर्काउन निकै मेहनत गर्नु पर्ने अभियानका सदस्य जगन्नाथ तिमिल्सिनाले बताए । उनकै नेतृत्वमा विरुवा सार्ने काम भएको छ । यो बिरुवा हरियालि र सौन्दर्यकरणका लागि उपयुक्त भएको उनले बताए ।