काठमाडौं:  मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ । जसको प्रभावले मङ्गलबार देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी, लु...

पोखरा:   गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिता असार ७ गते पोखरामा सुरु हुने भएको छ ।   प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना उक्त प्रतियोगिता हुन लागेको हो ।    प्रतियोगिता पोखरा रंगशालास्थित बहुउद्धेश्यीय कभर्डहल र ह्याण्डबल एकेडेमी मैदानमा सञ्चालन हुने गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष एवं प्रदेश खेलकुद परिषद  गण्डकीका सदस्य केशव पाठकले जानकारी दिए  ।   नवौं राष्ट्रिय खेलकुद सम्पन्न भएको करिब दुई वर्षपछि यस्तो प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिंदै पाठकले उक्त प्रतियोगितामा गण्डकी प्रदेशका ८ जिल्लाको सहभागिता हुने बताए ।   करिब १४ लाख खर्च हुने प्रतियोगितामा विजेता टिमलाई नगद रु ५० हजार, उपविजेतालाई नगद रु ३० हजार र तेस्रो हुने टिमलाई नगद रु १५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।   उक्त प्रतियोगितबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक चरणमा खेलाडी छनौटसमेत गर्ने तयारी भइरहेको  पाठकले बताए ।   प्रतियोगिता असार ९ गते सम्पन्न हुनेछ ।

स्याङ्जा:   स्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ ।   व्यवहारिक सीप मार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले  तालिम थालिएको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताएका हुन् ।    जिल्लाकै पुरानो सो सामुदायिक विद्यालय कक्षा १० सम्म सञ्चालनमा रहेको छ ।    विद्यालयले कक्षा ८, ९ र १० मा अध्ययनरत इच्छुक छात्रछात्रालाई निःशुल्करुपमा कपाल काट्न तालिम सञ्चालन गरेको  हो । “विद्यार्थीलाई किताबी ज्ञानले मात्रै पुग्दैन, उनीहरुलाई व्यवहारिक, जीवनोपयोगी खालका प्राविधिक ज्ञान सीप आवश्यक हुन्छ”, प्रअ पराजुलीले भने, “आज सिकेको सीपलाई भविष्यका दिनमा प्रयोग गरी व्यावसायिक बन्दै आर्थिक उपार्जन गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ ।”   भविष्यमा स्वदेशमै व्यावसायिकरुपमा आफूले जानेको सीपको प्रयोगमार्फत आम्दानीसित जोडिनका लागि सहयोग पुग्ने दाबी उनको छ । वैदेशिक रोजगारीमा जाँदा पनि सीप सिकेर जाँदा राम्रो हुने भएकाले प्राविधिक ज्ञान सीप विद्यार्थीलाई दिन थालिएको उनले बताए ।   “विद्यालयले व्यवहारिक ज्ञान सीप बाँड्ने अभियानमार्फत पहिलोपटक कपाल काट्ने सीप सिकाउन सुरु गरेको हो”, उनले भने, “आगामी दिनमा विद्यार्थीको रुचिअनुसारका तालिम सञ्चालन गर्दै अगाडि बढ्छौँ ।” विद्यालयको आन्तरिक स्रोतबाट वार्षिक कार्ययोजनाअन्तर्गत छात्रछात्रा लक्षित कपाल काट्ने सीप सिकाइएको हो ।   प्राविधिक ज्ञान सीप भएको मानिस बेरोजगार बस्न नपर्ने भएकाले यसको महत्त्व उच्च रहेको प्रशिक्षक सुनबहादुर घर्तीले बताए । विद्यालय परिसरभित्रै प्रशिक्षक घर्तीले विद्यार्थीलाई आलोपालोरुपमा कपाल काट्न सिकाउँदै आएका छन् ।

पोखरा:    पोखरा महानगरका न्यायिक समितिले नागरिक, श्रमिक, विद्यार्थीहरुलाईन्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।   पोखरा महानगरपालिकाको न्यायिक समितिको संवैधानिक व्यवस्था, गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।    महानगरले विभिन्न संघसंस्थाहरुसंग मिलेर कार्यक्रम सञ्चालन गरिहेको छ ।   'न्यायिक समितिसंग विद्यार्थी' कार्यक्रम अन्र्तगत आइतबार महानगर न्यायिक समितिको सहयोगमा प्रेस क्लब गण्डकीको आयोजनामा पोखराको सिमलचौरमा रहेका जनप्रिय  बहुुमुखी क्याम्पसमा अध्ययनरत छात्राहरुलाई न्यायिक समितिको बारेमा जानकारी गराइएको छ । स्थानीय सरकारको न्यायपालिकाको रुपमा रहेको न्यायिक समितिको व्यवस्था र यसले निरुपण गर्ने विवादका विषयमा सचेतना जगाउने उद्देश्यले वार्षिक कार्यक्रममा समावेश गरिएको पोखरा महानगरका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले बताइन्।    गुरुङले स्थानीय तहका विवाद स्थानीय तहबाटै समाधान गर्ने उद्देश्यले न्यायिक समितिको परिकल्पना संविधानमा गरिएकाले नागरिकलाई  यसको बारेमा जानकारी गराउन वार्षिक कार्यक्रममा  समावेश गरेर सञ्चालन गरिएको सुनाइन् ।   स्थानीय तहमा सृजना भएका विवादलाई स्थानीय स्तरमा समाधानका लागि न्यायिक समिति गठन गरिएको बताइन् ।   'स्थानीय विवादहरु अदालत पुुग्ने अवस्थाले समय र पैशा दुवै खर्च हुने भएकाले सहज रुपमा न्याय पाउने उद्देश्यले उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समितिको व्यवस्था गरिएको हो,' उनले भनिन् ।  

बझाङ:   बझाङमा बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास (सिमुलेशन) को क्रममा  डुबेका सशस्त्र प्रहरीको मृत्यु भएकाे छ ।   सोमबार बिहान सेती नदीमा जिल्लास्थित सुरक्षा बलको संयुक्त कृत्रिम अभ्यासका क्रममा डुबेका सशस्त्रका जवान नरेन्द्र धामीकाे मृत्यु भएकाे हाे ।   बेहोस अवस्थामा फेला परेका उनलाई तुरुन्तै उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल बझाङमा लगिएको थियाे ।    

काठमाडौं:   सन्दीप लामिछाने टि –ट्वान्टी विश्वकपमा नेपालले वेस्टइन्डिजमा खेल्ने अन्तिम दुई खेल खेल्ने भएका छन् ।   नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार विज्ञप्ति जारी गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने खेलमा टोलीमा समावेश गरिने जनाएको छ ।    सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशसँगको खेल खेल्ने सम्भावना देखिएको छ ।   नेपालस्थित अमेरिकी दुतावासले सन्दीपलाई दुवै पटक भिसा दिन अस्विकार गरेपछि सन्दीपले विश्वकप को पहिलो नेदरल्याण्डबीचको खेल गुमाएका थिए ।   उक्त खेल नेपालले ६ विकेटले हार व्यहोरेको थियो । अब नेपालले दोस्रो खेल भोलि (मंगलबार) श्रीलंकासँग फ्लोरिडामा खेल्नेछ ।  

पोखरा:   कास्की बचत तथा ऋण सहकारी संस्थाले वार्षिक नीति तथा बजेट निर्माणसम्बन्धि दुई दिने तालिम सम्पन्न गरेको छ ।   तालिममा कास्की बचत तथा ऋण सहकारीमा आवद्ध कास्की जिल्ला विभिन्न सहकारीबाट सञ्चालक, कार्यकारी प्रमुख तथा व्यवस्थापक गरी ४९ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक तथा संस्थाका कोषाध्यक्ष केशवशरण पौडेलले जानकारी दिए । उनका अनुसार तालिममा नेफ्स्कुन पूर्व कार्यकारी प्रमुख कुवेर निरौलाले सहजिकरण गरेका थिए ।   सो अवसरमा बोल्दै प्रमुख अतिथी पोखरा महानगर पालिका सहकारी महाशाखाका अध्यक्ष रविरमण तिवारीले सहारीको ऐन नियम र कानुनको उल्लङ्घन गर्ने छुट कसैलाई नभएको बताए ।   यस्तै कास्की बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार सुदिप ढकालले सदस्य केन्द्रीय भएर संस्था सञ्चालन गरेको बताउदैसहकारी समस्यामा नपर्ने बताए ।   कास्की बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेरबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष भेषराज बराल, सहभागि डम्वरसिंह वस्नेत, शान्ती अधिकारी संस्थाका उपाध्यक्ष ईश्वर प्रसाद सुवेदी र सचिव मिनराज तिमिल्सिना लगायतले बोलेका थिए ।    

पोखरा:    न्यू ग्यालेक्सी हाइयर सेकेण्डरी स्कूलमा एसइइका विद्यार्थीलाई लक्षित गरेर विविध कार्यक्रम सम्पन्न भएको छ ।   विद्यालयले एसइइ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित फुटसल, बास्केटबल अनलाइन प्रश्नोत्तर तथा विविध कार्यक्रम आयोजना गरेको हो ।   फुटसलतर्फ बिटी ट्रेनी सेन्टर प्रथम भए । यस्तै रतुवा एफसी द्धितीय भएका थिए ।   प्रथम बनेको बिटीले नगद ३० हजारसहित ट्रफि र मेडल प्राप्त गर्याे ।   यस्तै  दोस्रो बनेको रतुवालाई  १५ हजार नगदसहित ट्रफि र मेडल प्रदान गरिएको प्राध्यापक डा. रामजी शर्माले जानकारी दिए ।   उनका अनुसार छात्र बास्केटबलतर्फ कोटगाउन म्याग्दी प्रथम र मेसा दोस्रो भए । प्रथम र द्धित्तिय बनेका टिमले क्रमश २० हजार र १० हजारसहित ट्रफि मेडल प्राप्त गरे ।   छात्रा बास्केटबलतर्फ मर्दि हिमाल प्रथम हुदै नगद रु ८ हजारसहित ट्रफि र मेडल हात पार्याे भने दोस्रो भएको पश्चिमाञ्चलले नगद रु ५ हजारसहित ट्रफि र मेडल प्राप्त गर्याे ।   यसैगरी अनलाइन प्रश्नोत्तरतर्फ प्रथम हुने अनुसा श्रेष्ठ, द्धितीय हुने दिपिका थापा र तृतीय हुने विपिन अधिकारीलाई नगद १५ हजार, ८ हजार र ५ हजार प्रदान गरिएको विद्यालयका प्रिन्सिपल डा. रामजी शर्माले बताए ।   विजेता तथा उपविजेताहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेकी गण्डकी प्रदेश सभाकी उपसभामुख विना कुमारी थापाले शिक्षामा निजी क्षेत्रले गरेको लगानी अतुलनीय रहेको धारणा राखेकी थिइन् ।   न्यू ग्यालेक्सी हाइयर सेकेण्डरी स्कूलका निर्देशक राजु कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, नेपाल ओलम्पिक कमिटी स्पोर्टस फर अल कमिशन गण्डकी प्रदेशका अध्यक्ष खड्गबहादुर रानाभाट विद्यार्थी संयोजक धनप्रसाद श्रेष्ठ, मिस एसइइ गण्डकीका निर्देशक सुरज मगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  

पोखरा:     नेपाली सेनामा सजिलै भर्ती गराईदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले धर्मराज थापालाई पक्राउ गरेको छ । नेपाली सेनामा सजिलै भर्ती गराईदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले थापालाई शनिबार जिरोकिलोमिटरमा पक्राउ गरेको हो ।  पोखरामा रहेको आर्मी फिटनेस सेन्टरका सञ्चालक धर्मराज थापाले नेपाली सेनाको माथिल्लो तहका हाकिमलाई चिनेको छु एक युवकलाई झुठ्ठा आश्वासन दिएर ठगी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  आर्मी फिटनेस सेन्टरका सञ्चालक थापाले बागलुङ घर भएका एक युवकलाई नेपाली सेनाको माथिल्लो तहका हाकिमलाई चिनेको छु सजिलै भर्ती गराईदिन्छु भनेर झुठ्ठा आश्वासन दिएर पटकपटक गरी १ लाख ७० हजार ठगी गरेको आरोपमा पक्राउ गरिएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक अविनाश दिप जिसीले जानकारी दिए ।  पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

अछाम:     कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा बीच भागमै अड्किएका ११ खच्चडको जीवितै उद्धार गरिएको छ। दुई खच्चडको भने मृत्यु भएको छ। अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्कीजिउला जोडने झोलुङ्गे पुलको जाली लत्रिएपछि आज बिहानदेखि १३ खच्चड पुलको बीच भागमा अड्किएका थिए। खच्चडलाई पुलको जाली काटेर कर्णालीमा खसाली उद्धार गरिएको अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। पुलको दाँहिने तर्फको जाली लत्रिएको थियो । खट्टा जालीभित्र पसेपछि खच्चड पुलमा अड्किएका थिए । पुलको दाँहिने तर्फको भाग पुरै बाङ्गो भएको छ। उद्धारमा अछामस्थित नेपाली सेनाको गोरख बक्स गणको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासी खटिएका थिए।