खुल्ला भजन चुड्का प्रतियोगितामा देवीस्थान भजन समूह हेमजा प्रथम

पाेखरा | भदौ ११, २०८१

खुल्ला भजन चुड्का प्रतियोगितामा देवीस्थान भजन समूह हेमजा प्रथम

 पोखरा:    राधाकृष्ण सांस्कृतिक समूह, पोखरा –३२ द्वारा आयोजित नवौं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् खुल्ला भजन चुुड्का प्रतियोगितामा देवीस्थान भजन समूह, हेमजा प्रथम बनेको छ ।
    

प्रतियेगितामा मुुक्तेश्वर लोक खैंजेडी भजन समूह टोखा काठमाडौं द्वितीय, ओमकार भजन समूह फूलबारी पोखरा तृतीय र पञ्चासे भजन समूह सान्त्वना बनेका छन् ।
    

प्रतियोगितामा उत्कृष्ट बाद्यबादनमा शिशुुवा भजन समूह, उत्कृष्ट भेषभुुषामा मातृकेश्वर भजन समूह, हेमजा र उत्कृष्ट स्वरतर्फ शुक्ला हिलेटार शिवालय भजन समूूह विजयी भएका छन् ।
    

प्रतियोगितामा प्रथम, द्वितीय, तृृतीय र सान्त्वनालाई क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट बाद्यबादन र उत्कृष्ट भेषभुुषा बापत पाँच÷पाँच हजार रुपैयाँ र उत्कृष्ट स्वर बापत तीन हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा १३ वटा समूहले भाग लिएका थिए भने अप्रतियोगी रुपमा विभिन्न जातजातिका पाँच्वटा प्रस्तुति गरिएको थियो ।
    

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् पूर्व गृह मन्त्री खगराज अधिकारीले हाम्रा मौलिक संस्कृतिहरूको जगेर्ना गर्नुुपर्नेमा जोड दिनुुभयो ।    राधाकृष्ण मन्दिर परिसर नजिकै भैरहेको महानगरको फोहोर विसर्जन प्रति लक्षित गर्दै उहाँले पावन भूमिको नजिक फोहोर व्यवस्थापन गर्न नहुने बताउनुुभयो । राधाकृष्ण मन्दिर र यस क्षेत्रलाई आश्रमस्थल, विद्याश्रम मात्र नभै अनुसन्धानको केन्द्र बनाउनुुपर्नेमा उहाँले जोड दिनुुभयो । 
    

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूूर्यबहादुुर खड्का विखर्चीले गर्ग ऋषिको तपोभूमिका रुपमा रहेको यस क्षेत्रको संरक्षणसँगै विकास गर्नुुपर्नेमा जोड दिनुुभयो ।
    

नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नं ३२ का सभापति एवम् गगनकालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किसान परियारले राधाकृष्ण मन्दिर परिसर नजिकै फाल्ने गरिएको फोहोरका कारण मन्दिर, आश्रम, गुुरुकुलसँगै यस क्षेत्र प्रदुषित भईरहेको बताउँदै यसतर्फ राज्यको ध्यान तत्काल पुुग्नुु जरुरी रहेको बताउनुुभयो । यस क्षेत्रका सबै प्रभावितलाई तत्कालै निशुल्क स्वास्थ्य बिमामा समेट्न उहाँले आग्रह गर्नुुभयो ।
    

समूहका अध्यक्ष सञ्जयराज ढकालको अध्यक्षता एवम् सहसचिव भरत थापा र सदस्य विनोद भण्डारीले सञ्चालन गर्नुुभएको कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, महासचिव जानुुका पराजुली, गगन नेवा खलका सचिव शरणकुमार प्रधान लगायतले बोल्नुुभएको थियो । कार्यक्रममा समूहमा विशिष्ट योगदान पुु¥याएको भन्दै छविलाल दहाल, पार्वती लामिछाने र प्रकाशचन्द्र वाग्लेलाई सम्मान गरिएको थियो । 
  
 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्