कोपिला सहकारीको १७ औं साधारणसभा

पाेखरा | भदौ १५, २०८१

कोपिला सहकारीको १७ औं साधारणसभा

पोखरा ४, सिद्धार्थचोकस्थित कोपिला बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । 

 

सो साधारणसभामा संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले अध्यक्षको प्रतिवेदन पेस गरे ।

 

यस्तै, कोषाध्यक्ष घननाथ सापकोटा र लेखा सुपरीवेक्षण समितिका संयोजक केशवराज अधिकारीले क्रमश: कोषाध्यक्ष र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेस गरे । 

 

सो अवसरमा उत्कृष्ट कारोबारी र कर्मचारीलाई सम्मान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

 

उनका अनुसार उत्कृष्ट कारोबारीतर्फ राजकुमार श्रेष्ठ, बुद्धिमाया कार्की, टीकाराम कामी, पार्वती सिग्देल मर्सानी, सचिन अधिकारी, प्रवीण खेतान, कल्याणप्रसाद मल्ल, रेशम थापामगर, समीता अधिकारी, यज्ञ खत्री छन् ।

 

कर्मचारीतर्फ बजार प्रतिनिधि अनीशा पौडेललाई सम्मान गरिएको थियो । 

 

सहकारीका संस्थापक अध्यक्ष ज्ञानबहादुर कार्कीले उद्घाटन गरेको कार्यक्रममा पूर्व अध्यक्ष श्यामप्रसाद पौडेल, निवर्तमान अध्यक्ष ठाकुरप्रसाद पोखरेल, चार्टर्ड एकाउन्टेन्ट अनिल लामिछाने, सम्मानित व्यक्तित्वतर्फबाट राजकुमार श्रेष्ठ, शेयर सदस्यतर्फबाट सीमा कोइराला, सूर्य लम्सालले मन्तव्य व्यक्त गरे । 

 

सहकारी अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद अधिकारीले स्वागत र सदस्य सुलोचना देवकोटाले सहकारीका सात सिद्धान्त वाचन गरे । 

 

संस्थाका सचिव सञ्जय पौडेलले संचालन गरेका थिए ।
 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्