पोखरा–४ मा तीज गीत प्रतियोगिता: आदर्श महिला समूहलाई उपाधि
पाेखरा | भदौ १६, २०८१
पोखरा: पोखरा महानगरपालिका वडा नम्बर ४ को आयोजनामा वडा स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।
शनिबार सम्पन्न भएको प्रतियगितामा नेपाल आदर्श महिला समूह प्रथम भएको छ । उक्त समूहले प्रथम हुँदै २० हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा महिला समाजसेवा समिति दोस्रो र शुभकामना महिला विकास केन्द्र तेस्रो भए ।
परोपकार सर्वेश्वर नारी समूह सान्त्वना भएको छ । दोस्रो, तेस्रो र सान्त्वना हुन सफल समूहले क्रमस १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र पाँच हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरेका छन् ।
त्यसैगरी गणेश योग केन्द्रले उत्कृष्ठ नृत्य, सिर्जनशिल महिला समूहले समय व्यवस्थापन र रामकृष्ण टोल मिसा पुचले उत्कृष्ठ भेषभूषामा पुरस्कार प्राप्त गरे । उत्कृष्ठ नृत्य प्रस्तुत गर्ने, समय व्यवस्थापन गर्ने र उत्कृष्ठ भेषभूषा पुरस्कार प्रापत गर्ने समूहले उनीहरुले ३÷३ हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरेका हुन् ।
प्रतियोगितामा विभिन्न १३ समूहले प्रतिस्पर्धा गरेका थिए भने, सहभागी समूहलाई २÷२ हजार रुपैयाँ र प्रमाणपत्र दिइएको थियो । उनीहरु सबैलाई वडाध्यक्ष देवकृष्ण पराजुलीसहित वडाका जनप्रतिनिधिले नगदसहित प्रमाण पत्र प्रदान गरेका हुन् ।
यस अगाडि प्रतियोगिताको पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए । उद्घाटन गर्दै उनले वडा नम्बर ४ ले सबै जातजातिको संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान दिएको भन्दै प्रसंशा गरे ।
प्रतियोगिताको उद्घाटन सत्रमा वडामा उत्कृष्ठ काम गर्ने कर्मचारीहरु सहायक चौथो मेनुका पौडेल र सहायक पाँचौं मनमायाँ रानालाई सम्मान गरिएको थियो ।
त्यसैगरी लाखे नाँच प्रतियोगितामा दोस्रो र सान्त्वना हुन सफल समूहलाई सम्मान गरिएको थियो । उनीहरु सबैलाई महानगरका प्रमुख धनराज आचार्य, वडाध्यक्ष पराजुली र उपस्थित जनप्रतिनिधिले खादा, प्रमाण पत्र र नगदसहित सम्मान गरेका हुन् ।
प्रतियोगिताको आयोजक पोखरा ४ का वडाध्यक्ष पराजुलीले विकास आवशयकताको आधारमा हुने भन्दै संस्कृति संरक्षणमा वडा नम्बर ४ लागि परेको बताए ।
गण्डकी प्रदेशसभाकी पूर्व सांसद प्रभा कोइरालाले हेर्न र सुन्न पनि नसकिने गीतले संस्कृति संरक्षण गर्छन भन्न नसकिने बताइन् । उनले तीजको भावना र मर्म अनुरुपका गीत गाउनुपर्नेमा जोड दिइन् ।
उद्घाटन सत्रमा वडा नम्बर २ का वडाध्यक्ष एवं महानगरमा कांग्रेस दलका नेता दिवशमान प्रधानांग, वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष शंकर बास्तोला, नविन मावि व्यवस्थापन समितिका अध्यक्ष शिरोज कोइराला, वडा सदस्य पार्वती माकाजु लगायतले शुभकामना थिए ।
पोखरा ४ गणेश गुठी परिसरमा भएको प्रतियोगितामा राष्ट्रिय तथा स्थानीय कलाकारहरु कृष्ण सुवेदी, सुनिता नेपाली र दुर्गा कोइराला लगायतको बेजोड प्रस्तुति समेत रहेको थियो ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...
गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...
गण्डकी: कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

