पाल्पा फुटबल: दमकडा ब्रदर्श सेमिफाइनलमा प्रवेश

पाल्पा | भदौ १६, २०८१

पाल्पा फुटबल: दमकडा ब्रदर्श सेमिफाइनलमा प्रवेश

पाल्पा:   बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी फुटबल प्रतियोगितामा दमकडा ब्रदर्श सेमिफइनलमा प्रवेश गरेको छ ।

 

हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा शनिबार भएको खेलमा युनाइटेड युथ एफसीलाई ४–० गोल अन्तरले सहजै हराउँदै दमकडा ब्रदर्श सेमिफाइनलमा प्रवेश गरको हो ।
 

दमकडाको जीतमा म्यान अफ द म्याच घोषित भएका आवेश शाहीले र आशिष रानाले समान  २/२ गोलको योगदान दिए ।

 

अब दमकडा एफसीले सेमिफाइनलमा आज हुने मणिमुकुन्द बि र आयोजक नव जागृति युवा क्लब (ब्ल्याक) बीचको विजेता टोलीसँग १८ गते प्रतिस्पर्धा गर्नेछ । भने, प्रतियोगिताको फाइनल हरितालिका तीजको दिन २१ गते हुनेछ ।

 

सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित  नगद रु ६०  हजार प्राप्त गर्नेछ ।

 

यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ । भने, प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रतियोगितामा कुल १३ टिमको सहभागिता रहेको छ । नव जागृति युवा क्लब वि.स २०३८ सालदेखि निरन्तर रुपमा सामाजिक तथा खेलकुदको क्षेत्रमा सक्रिय रहदै आएको छ ।

 

 


 

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्