पोखरा:   वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले नेपाल प्रहरीको प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा धनकुटाकाे पाख्...

गत पुस १२ गते राति मुस्ताङको वारागुङ गाउँपालिका १ स्थित छिरिङ खाजाघरबाट नगद ५ लाख रुपैयाँ चोरी गर्ने राजकुमार मोक्तान पक्राउ परेका छन् ।    चोरी गरी फरार भएका मोक्तानलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको जगातीबाट पक्राउ गरेको छ ।    मोक्तानलाई पक्राउ गरी सहयोग गरिदिन मुस्ताङ प्रहरीले पत्राचार गरेपछि अनुसन्धान कार्यालय एक्सनमा आएको थियो । मोक्तानले खाजाघरको झ्यालबाट पसेर नगद चोरी गरेको स्वीकारेको कार्यालयले जनाएको छ ।    रामेछापको सुनापति स्थायी ठेगाना भएका मोक्तानलाई कार्यालयले जिल्ला प्रहरी कार्यालय मुस्ताङ पठाइसकेको जनाएको छ । 

पोखरा:    कास्की प्रहरीले पोखरामा चोरीको आरोपमा ४ जना युवकहरुलाई प्रकाउ गरेको छ ।  पोखरा महानगरपालिका १६ दिपमा शंकास्पद अवस्थामा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले चोरीका सामानसहित प्रकाउ गरेको हो ।  प्रकाउ पर्नेमा धादिङ स्थायी घर भई पोखरा महानगर ९ पृथ्वीचोक बस्ने २९ वर्षीय राजकुमार परियार, पोखरा १३ वस्ने २४ वर्षीय विनोद परियार, गोरखा स्थायी भई पोखरा १३ बस्ने ३१ वर्षीय राजकुमार नेपाली र २५ वर्षीय अर्जुन नेपालीलाई चोरीको आरोपमा प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ । प्रकाउ परेको ४ जना युवकको साथबाट ल्याप्टप किर्बोड, माउस र चार्जर १/१ थान, विभिन्न कम्पनीका मादक पदार्थ (रक्सी)का बोतल ११ थान, पहेंलो रंगका रेडबुल १५ थान, चुरोट ४ बट्टा, विभिन्न कम्पनीका मोबाईल ४ थान, फलामको रड र ग ५ प २७३५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको हो ।    प्रकाउ परेका ४ जनालाई जिल्ला अदालत कास्कीबाट चोरी चोरी सम्बन्धी मुद्दामा  ७ (सात) दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।   

काठमाडौं:   काठमाडौंको कपनस्थित सरस्वतीनगरमा भएको हत्या काण्डमा संलग्न विनोद विश्वकर्मालाई प्रहरीले सार्वजनिक गरेको छ।  नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार पत्रकार सम्मेलनमार्फत विश्वकर्मालाई शनिबार राति १० बजे झापाबाट पक्राउ गरेको जानकारी दिएको हो। विश्वकर्मा भक्तपुरको लोकन्थली वडा नम्बर १ मा साथीको कोठामा करिब एक हप्तादेखि बस्दै आएको र वैशाख ७ गते बिहान १०, ११ बजेतिर चाबहिल आएको अनुसन्धानमा खुलेको छ। त्यसपछि निरा पाण्डे आचार्यको पसलमा दिउँसो २ बजेतिर भाँडा किन्ने बाहानामा पसल प्रवेश गरेको जनाइएको छ।  एटीएम कार्ड लिन भनी सामान त्यही राखेर बाहिर निस्केको र करिब २ः४४ तिर पुनः प्रवेश गरेर भाँडा देखाउने क्रममा निरालाई पछाडिबाट प्रहार गरेको र पसलमा भएको छुरा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।

काठमाडौं:  डोल्पामा मादक पदार्थ सेवन गरेको भन्दै एक प्रहरी निरीक्षकले आफू माहतहतका हवल्दारलाई चोडपटक लाग्नेगरी कुटपिट गरेका छन् ।    जिल्ला प्रहरी कार्यालय डोल्पामा   कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले प्रहरी हवल्दार हरि आरसीमाथि शनिबार कुटपिट गरेका हुन् ।   कुटपिटपछि ३७ वर्षीय हवल्दारको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ ।   शनिबार हवल्दार आरसी बिदामा थिए । उनले बिदाको दिन आफूले साथीहरूसँग मिलेर मादक पदार्थ सेवन गरेका थिए ।   जिल्ला कारागार डोल्पामा कार्यरत हवल्दार आरसीलाई पनि चापागाईले प्रहरी कार्यालयमै बोलाएर कुटपिट गरेको पीडित हवल्दारले बताएका छन् ।   हवल्दार आरसीको जिल्ला अस्पताल डोल्पामा सामान्य उपचार गरिएको छ। थप उपचारका लागि आइतबार उनी बाँकेको नेपालगञ्ज जाने तयारीमा छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक बुढाथोकीले भने आफू कार्यालयभन्दा बाहिर रहेको बेला घटना घटेकोले यसबारे अनुसन्धान भइरहेको बताए।  

कैलाली:   कैलालीमा एक बुबाले आफ्नै जवान छोराको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका –६ मटियारीका ४७ वर्षीय महेशकुमार चौधरीले २१ वर्षीय छोरा अर्जुनको हत्या गरेका हुन् ।  जिल्ला प्रहरी कार्यालयका अनुसार महेशले आज मध्यान्ह घरदेखि १५० मिटर टाढा जङ्गलमा ईटाले छोराको टाउकोमा हानेका थिए । ईटा प्रहारबाट उनका छोरा अर्जुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।  छोराको हत्या गर्ने बुबालाई वडा प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए ।

पोखरा:   कास्की प्रहरीले लागुऔषधसहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरो शाखा पोखराबाट खटिएको प्रहरीको टोलीले लागु औषधसहित पोखरा –१९ लामाचौर जिमिरे बस्ने सन्तु घर्ती मगरलाई पक्राउ गरेको हो ।   कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार बिकका अनुसार पक्राउ परेका घर्तीमगरको साथाबाट डाईजापाम ४५ एम्पुल, फेनारगन ४९ एम्पुल र नुर्फिन ३७ एम्पुल गरी जम्मा १३१ एम्पुल लागुऔषध बरामद गरिएको थियो ।   पक्राउ परेका घर्तीमगरमाथि लागुऔषध सम्बन्धी मुद्धामा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले कार्यालयले जनाएको छ ।  

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले स्कुटरको डिक्कीमा रहेको पैसा चोरी गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको  छ ।   कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार विकका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका ९ शान्तिवन बस्दै आएका २३ वर्षीया वर्षा कामी रहेकी छिन् ।    पक्राउ परेकी वर्षाले बुधबार पोखरा –९ लखनचोकस्थित राष्ट्रिय बाणिज्य बैंक अगाडी पार्किङमा रहेको  सराङकोटका आत्मा बहादुर थापाको स्कुटरको डिक्कीमा रहेको नगद रु ८० हजार चोरेर फरार भएकी थिइन् ।   उक्त सुचनापश्चात वडा प्रहरी कार्यालय बैदाम र सिआरभी लखनचोकबाट खटिएको प्रहरीको टोलीले ती युवतीको हुलिया र सिसिटिभी फुटेजको आधारमा पक्राउ गरिएको डिएसपी बिकले जानकारी दिए ।    उनका अनुसार ति युवतीलाई शान्तिवनस्थित आफ्नै घरमा लुकेर बसिरहेको अवस्थामा नगदसहित फेला पारेको थियो ।    पक्राउ परेका उनीमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट १० दिन म्याद थप गरिएको कास्की प्रहरीले जनाएको छ । 

जनकपुरधाम:   धनुषा प्रहरीले सात लाखभन्दा बढीको नक्कली नोटसहित एक महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ । सात लाख ७१ हजार पाँच सय बराबरको नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका–६ की अनुकुमारी साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो । अनुकुमारीको साथबाट एक हजारको नक्कली नोट ४९२ थान र पाँच सयको नक्कली नोट ५५९ थान बरामद गरिएको छ । जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोलीले २५ वर्षीया अनुकुमारीको झोला तलासी गर्दा नक्कली नोट बरामद गरेको हो । महिलाले कालो रङ्गको झोला बोकेर यताउति हिँड्दै गरेको देखेपछि प्रहरीले चेकजाँच गर्दा नक्कली नोट बरामद गरेको हो । प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले निज महिलाको खल्तीबाट नेपाली १० हजार पाँच सय, भारतीय १६० समेत बरामद गरेको बताउनु भयो । उहाँले उक्त नक्कली नोट एक लाख बराबर सात लाख सटही गरी ल्याएको निज महिलाले सोधपुछका क्रममा बोलेको पनि बताउनुभयो ।निज महिलासँगको सोधपुछपछि थप संलग्नता रहेकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । अहिलेसम्म थप एक जनालाई पक्राउ गरिएको बताइएको छ ।

पोखरा:   पोखरामा पार्किङ गरेर राखेको बसको टेलिभिजन चोरी गर्ने एक जनालाई प्रहरीले प्रकाउ गरेको छ ।  पोखरा महानगरपालिका ४ गैह्रपाटनमा पार्किङ  गरेर राखेको ग १ ख ८९७४ नम्बरको बसमा राखिएको एलजी कम्पनीको ४२ ईन्चको टेलिभिजन १ थान , स्पिकर १ थान र १ थान क्यासेट चोरी गरेको आरोपमा  धादिङ जिल्ला भएर पोखरा ४ बस्ने २६ वर्षीय बिनोद परियारले कास्की प्रहरीले प्रकाउ गरेको हो ।  चोरी आरोपमा प्रकाउ परेका परियारलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्दामा दिन ५ को म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । परियारले चोरी गरेको टेलिभिजन छिमेकीलाई बिक्री गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।