सप्तरी:  सप्तकोशी नगरपालिका–४ तुलसी चोकबाट स्रोत नखुलेको नगद २० लाख ७८ हजार रुपैयाँसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा धनकुटा सहिदभूमी गाउँपालिका...

काठमाडौं:   आफ्नै १४ दिने शिशु छोराको हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा बाराको देवताल गाउँपालिका–४ तिप्राडी टोल बस्ने २५ वर्षीय नुर आलम अन्सारी रहेका छन् ।   उनलाई गत मंगलबार साँझ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डा पिपलबोटबाट पक्राउ गरेको हो ।    अन्सारीले आफ्नै १४ दिनको शिशुको गतजेठ १४ गते हत्या गरी फरार थिए ।   पक्राउ परेका अन्सारीमाथि आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ ।  

काठमाण्डौ:  अवैध कल बाइपासमा संलग्न दुई जना पक्राउ परेका छन् ।    ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा अवैध कल बाइपासमा संलग्न रहेको आरोपमा एक नेपाली र एक चिनियाँ नागरिक पक्राउ परेका हुन् ।   प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी घर भइ काठमाण्डौ सोह्रखुट्टे बस्ने २२ वर्षीय गणेश श्रेष्ठ र ३२ वर्षीय चिनियाँ नागरिक झाओ जियाङपेङ पक्राउ परेका हुन् ।   ललितपुर महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा गैरकानुनी रूपमा शङ्कास्पद गतिविधि भइरहेको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले केही दिनदेखि खोजतलास गरिरहेको थियो ।   एनसेलको प्रयोग गरेका र नगरेका सिम तीन हजार सात सय थान, झण्डै पाँच लाख नेपाली रुपैयाँ र डलरसहित विभिन्न देशको मुद्रा बरामद गरिएको प्रहरीले जनाएको छ ।

तनहुँ:     तनहुँको सदरमुकाम दमौलीमा उपभोक्तालाई खसीको भन्दै बाख्रीका मासु बेच्ने दुई भारतीय व्यापारी पक्राउ परेका छन् । भारत बिहार प्रदेश मोतिहारी जिल्ला भेलादी मुराहवागाउँ घर भई हाल जिल्ला तनहुँ व्यास नगरपालिका–५ चापाघाट बस्ने वर्ष १९ को ईस्तखार आलम र सोही ठाउँ निवासी वर्ष ४० को सनोज देवानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । व्यास नगरपालिका क्षेत्रका मासु पसलमा बाख्राको मासु मिसावट गरेर बिक्री हुँदै आएको गुनासोका आधारमा निगरानी बढाइएको थियो । सोही अनुरूप जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तनहुँ, व्यास नगरपालिका, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र गुणस्तर तथा नापतौल कार्यालय तनहुँको संयुक्त अनुगमन टोलीले पक्राउ गरेको हो ।  व्यास नगरपालिका–३ तरकारीलाईन स्थित व्यास नगरपालिकाको हाता भित्र रहेको तनहुँ मासु व्यवसायी  सङ्घमा दर्ता रही सञ्चालन रहेका विभिन्न मासु पसलहरूको गुणस्तर मापन गर्ने उद्देश्यले चेकजाँच गर्ने क्रममा फेला पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।  ईस्तखार आलमले सञ्चालन गर्दै आएको महम्मद फिरोज मासु पसल चेकजाँच गर्ने क्रममा खसीको मासु भनी बिक्री गर्नको लागी बाख्री (स्त्री) जातको मासु काट्दै गरेको अवस्थामा फेला परेको प्रनाउ खाँडले बताए। सोमबार जिल्ला प्रशासन कार्यालय तनहुँ उपस्थित गराई निजहरू उपर कालो बजार तथा केही अन्य सामाजिक अपराध सम्बन्धी कसुरमा दिन सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । दमौलीमा यस्तो घटना प्रमाण सहित फेला परेपछि स्थानीय उपभोक्ताहरू खुसी भएका छन् । पक्राउ परेका व्यक्तिलाई कडा कारबाहीको माग उपभोक्ताले गरेका छन् । प्रशासनले यस्ता पसलको पटक पटक अनुगमन गरिरहनु पर्ने धारणा स्थानीयको रहेको छ ।  

धनगढी:  कैलालीमा प्रहरीले लागुऔषधसहित दुुई जनालाई पक्राउ गरेको छ ।   जिल्लाको धनगढी उपमहानगरपालिका ३ त्रिनगर ब्यारेल नजिकैबाट शनिबार गोदावरी नगरपालिका ५ बस्ने १७ वर्षीय साजन जहेरुलाई प्रहरीले पक्राउ गरेको हो ।   शंकाका आधारमा चेकजाच गर्दा जहेरुको साथबाट ४९० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   शनिबार साँझ नै टीकापुर नगरपालिका ९ खक्रौलाबाट भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा थप एक युवकलाई लागुऔषधसहित पक्राउ गरिएको छ ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले पक्राउ पर्नेमा जानकी गाउँपालिका(९ पुर्वीखैरीफाँटा बस्ने २५ वषर्ीय सागर कडारा रहेको जानकारी दिए ।   धनगढी र खक्रौलाबाट लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाकारी दिएको छ ।

इलाम​:    आफ्रनै बुवा वर्षीय लोकबहादुर कुमालको हत्या गरको अभियोगमा ३२ वर्षीय दिपक कुमाललाई प्रहरीले प्रकाउ गरेको हो ।  इलामको माई नगरपालिका २ चेप्टी बस्ने ७० वर्षीय लोकबहादुर कुमालको हत्या गरेका अभियोग ३२ वर्षीय दिपक कुमाललाई शुक्रबार बिहान प्रहरीले प्रकाउ गरेको हो ।  दिपकले जेठ ८ गते अंश बण्डाको विषयमा विवाद भई कुटपिट गर्दा गम्भीर घाइते भएका लोक बहादुरको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न दिपकलाई पक्राउ गरेको हो ।  प्रकाउ परेका दिपक कुमालमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

लमजुङ कारागारको पर्खाल नाघेर फरार भएका दुईजना कैदीबन्दी पक्राउ परेका छन्।   बिहीबार बिहान साढे १ बजेतिर बेँसीसहर नगरपालिका- ८ शेरास्थित कारागारको उत्तर–पश्चिमतर्फको कैदी कारागारको पर्खाल नाघेर दुईजना फरार भएका थिए।    फरारमध्ये जबर्जस्ती करणी मुद्दाका मध्यनेपाल नगरपालिका- ४ का २७ वर्षीय विनोद विकलाई बिहीबार ९ घन्टाको अवधिमा प्रहरीले बेँसीसहर नगरपालिका– २ चिसापानीको जंगलबाट पक्राउ गरेको थियो ।   अर्का फरार रहेका गोरखा चुमनुब्री गापा– ३ का चन्द्रबहादुर गुरुङलाई बिहीबार राति साढे ११ बजे बेँसीसहर नगरपालिका– १ चिप्लेटीमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । गुरुङ ठगी मुद्दामाम पुर्पक्षका लागि कारागार चलान भएका थिए ।    क्षमताभन्दा तेब्बर कैदीबन्दी भएपछि जिल्ला कारागार लमजुङमा व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।  ३५ कैदीबन्दी राख्ने क्षमता रहेको कारागार भवनमा अहिले ८८ कैदीबन्दी छन् ।    कारागारमा कैदीबन्दीको संख्या बढेको मात्र छैन, कारागारका भवनसमेत जीर्ण बनेका छन् । त्यसमाथि ०७२ सालको भूकम्पले जीर्ण बनेको भवनमै अहिले पनि कैदीबन्दी राख्ने गरिएकाले जोखिम छ ।   कारागार प्रशासनले आधुनिक कारागार भवन निर्माणका लागि विभागमा पटक–पटक अनुरोध गरे पनि प्रक्रिया अगाडि बढेको छैन ।

पोखरा:  पोखरामा पार्किङ गरेर राखेको मोटरसाईकल चोरी गरेको आरोपमा तीन जनालाई कास्की प्रहरीले प्रकाउ गरेको छ ।  पोखरा महानगरपालिका ३३ को बागमारा–कालिका भित्री सडकमा चोरीको सुपर स्पिलिण्डर मोटरसाईकल चलाइरहेको अवस्थामा ग १ प ७४२५, ग ९ प २६३० र ग १६प १००६नम्बरको मोटरसाईलकसहित तीनजनालाई कास्की प्रहरीले प्रकाउ गरेको हो ।  प्रकाउ परेका तीनजनालाई चोरी तथा डाँका सम्बन्धी मुद्धामा जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

काठमाडौं:   काठमाडौंमा चिँनिया नागरिकको पैसा चोरी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा भारत पटना घर भएका २८ वर्षीय सरिव खान रहेका छन् ।   काठमाडौं महानगरपालिका–२६ लैनचौरस्थित वाल्डो क्यासिनोमा चिनियाँ नागरिकको नगद ३ लाख रुपैयाँ चोरी गरेको प्रहरीकहाँ उजुरी परेको थियो ।   प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले सिसिटिभि लगायतका प्रविधिको सहयोगमा अनुसन्धान गर्ने क्रममा उक्त नगद चोरीमा खानको संलग्नता खुल्न आएपछि दरबारमार्गस्थित प्यालेस क्यासिनोमा जुवा खेलिरहेको अवस्थाबाटै खानलाई पक्राउ गरेको हो ।    सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

काठमाडौं:  बुढानिलकण्ठ नगरपालिका–९ स्थित श्री एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक हिनामिना गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–९ बस्ने ७२ वर्षीय भानु कुमार शर्मा, ६७ वर्षीय प्रमोद कुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीर बहादुर तामाङ, सोही नगरपालिका–८ बस्ने ३४ वर्षीय शम्भु कार्की र सोही नगरपालिका–९ बस्ने गोरखा पालुङटार नगरपालिका–७ घर भएका ५८ वर्षीय राम कुमार श्रेष्ठ रहेका छन् ।    पक्राउ परेका उनीहरुले ८ करोड १८ लाख ८९ हजार ७ सय ९५ रूपैयाँ हिनामिना गरेको उजुरीको आधारमा  केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।    पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।