नेपाली युवतीलाई टिकटकमा ‘नेकेड डान्स’ गर्न लगाउने चाइनिज लेकसाइडबाट पक्राउ
पाेखरा | साउन ७, २०८०
पाेखरा: वडा प्रहरी कार्यालय बैदामले शनिबार राती लेकसाइडबाट एक चिनियाँ र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ ।
उनीहरुले नेपाली युवतीलाई टिकटकमा लाइभ बसेर नाच्न लगाएको आरोपमा पक्राउ गरेको बैदाम प्रहरीले बताएको छ । मुख्यत: चिनियाँ नागरिकले युवतीहरुलाई टिकटक लाइभमा राख्ने र नाच्न लगाउने गर्दै आएका थिए ।
लाइभमा नाच्नेक्रममा चिनियाँले युवतीहरुलाई बिस्तारै नाँगिन लगाउथे । स्रोतका अनुसार करिब ८ जना युवती लाइभमा बस्ने र उनीहरुलाई चिनियाँहहरुले नै हेर्ने गर्दथे । त्यस्तै, चिनियाँले उसकै भाषामासमेत लाइभबारे बेलिबिस्तार लगाउँथे ।
यस विषयमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी श्रवणकुमार बिकले ‘जानकारी नभएको’ बताएका छन् । यद्यपि, बैदाम प्रहरी प्रमुख वेद जोशीले भने यसको पुष्टि गरे ।
‘हामीले २ जनालाई पक्राउ गरेका छौं’ डिएसपी जोशीले भने ‘जसमध्ये एक चिनियाँ र अर्का नेपाली छन् ।’ टिकटक लाइभमा बस्ने ७ युवतीलाई भने आज प्रहरी कार्यालय बोलाइएको उनले जनाए ।
युवतिहरु माध्यममात्र भएको र उनीहरु टिकटक लाइभमा बस्दा के, कसरी कार्वाही प्रक्रिया अघि बढाउने भन्ने विषयमा छलफल गरिरहेको जोशी बताउँछन् । ‘युवतिहरुले सांस्कृतिक नृत्य देखाउने र भ्युअर्सकाआधारमा चिनियाँले पैसा दिने गरेको पाइएको छ’ जोशीले भने ।
यता, हाम्रो स्रोतका अनुसार युवतिहरुले नेपाली नृत्य नभई नग्न नृत्य देखाउने गरेका थिए । युवतीहरुले टिकटकमा पाएको गिफ्ट अनुसार चिनियाँले पैसा दिन्थे ।
त्यस्तै, प्रहरीले पैसा बरामद गरे/नगरेको प्रष्ट नपारेपनि करिब ९ लाख रुपैयाँसहित २ लाई पक्राउ गरिएको स्रोत बताउँछ । पक्राउ परेका नेपाली लेकसाइडमै होटल सञ्चालन गर्छन्, जहाँबाट टिकटक लाइभ हुने गरेको थियो ।
जानकारका अनुसार पोखरामा चिनियाँले नेपाली युवतीलाई टिकटकमा लाइभ बस्न लगाएर नाँच्न लगाउने गिरोह नै सक्रिय छ । यस्ता टिकटक लाइभका भ्युअर्स चिनियाँ नागरिक नै छन् ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

