ट्राफिक प्रहरीलाई कुटपिट गरेकाे आरोपमा राई पक्राउ

काठमाडाैं | साउन ७, २०८०

ट्राफिक प्रहरीलाई कुटपिट गरेकाे आरोपमा राई पक्राउ कुटिइएका ट्राफिक प्रहरी हवल्दार शाह (तस्बिरः सामाजिक सञ्जाल)

काठमाडौं:   ललितपुरको चापागाउँ दोबाटोस्थित ड्युटीमै रहेका ट्राफिक प्रहरीलाई कुटपिट गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

 

प्रहरीका अनुसार पक्राउ पर्नेमा ताप्लेजुङ घर भई हाल ललितपुर चापागाउँ दोबाटो बस्ने २६ वर्षीय विश्वास राई रहेका छन् ।

 

चापागाउँमा मोबाइल पसल चलाउँदै आएका राईले चापागाउँ दोबाटोमा ड्युटी गरिरहेका ट्राफिक प्रहरी हवल्दार सुनिल शाहमाथि कुटपिट गरेका थिए ।  त्यसपछि उनी फरार थिए । 

 

पक्राउ परेका राईलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्