फुस्रेखोलामा डुबेर बगालेटोलका कुँवरको मृत्यु

पाेखरा | साउन ७, २०८०

फुस्रेखोलामा डुबेर बगालेटोलका कुँवरको मृत्यु

पोखरा:   फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ ।

 

कास्की प्रहरीका अनुसार मृत्यु हुनेमा पोखरा महानगरपालिका ८ बगालेटोल बस्ने १६ वर्षीय विवेक कुँवर रहेका छन् ।

 

उनी अन्य तीन जना साथीहरुसँग पौडी खेल्न खोला पुगेका थिए । तर डुबेर बेपत्ता भएपछि बैदान प्रहरीलाई खबर पुगेको थियो ।

 

त्यसपछि वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोली र सशस्त्र प्रहरी बल २४ नं. गणको गोताखोरसहितको टोलीले पानीभित्र खोँचमा डुबेको अवस्थामा करिब ६ बजे बेलुकी फेला पारेकोे थियो । 

 

हाल पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । यसअघि गत बैशाख १६ गते शनिबारकै दिन पौडी खेल्ने क्रममा सोही खोलामा डुबेर पोखरा १५ नयाँगाउँका १५ वर्षीय रोनिश गुरुङको ज्यान गएको थियो ।


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्