पोखरा:   वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले नेपाल प्रहरीको प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा धनकुटाकाे पाख्...

मुस्ताङ:   मुस्ताङको घरपझोङ गाउँपालिकामा जुवातास खेलिरहेको अवस्थामा स्याङ्जा र तनहुँका ६ जनालाई मुस्ताङ प्रहरीले प्रकाउ गरेको छ ।  घरपझोङ गाउँपालिका ४ स्थित स्याङ्जाको विरुवा गाउँपालिका घर भएका कुलमानसिँह थापाले सञ्चालन गरेको होटलबाट जुवातास खेलिरहेका ६ जनालाई ३ बुक तास र ७३ हजार ५० रुपैयाँसहित प्रकाउ गरिएका जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपीकृष्ण सुवेदीले जानकारी दिए ।  उनका अनुसार प्रकाउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका घर भएका  कृष्ण गुरुङ, म्याग्दे गाउँपालिका घर भएका राजेन्द्र थापा, रामबहादुर थापा, स्याङ्जाको विरुवा गाउँपालिका घर भएका टापबहादुर थापा, पुतलिबजार नगरपालिका घर भएका धनबहादुर गुरुङ र जुवातास खेलाएको आरोपमा होटल सञ्चालक कुलमान सिँह थापालाई प्रकाउ गरिएको हो ।  जुवातास खेलिरहेको अवस्थामा प्रकाउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट प्रहरी हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान भइरहेको मुस्ताङ प्रहरीले जनाएको छ ।   

काठमाडौं:   वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा दोलखा बैतेश्वर नगरपालिका–३ मिर्गे घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–१३ सल्लाघारी बस्ने ५० वर्षीय सुरेश कुमार पाख्रिन रहेका छन् ।   उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो ।   पक्राउ परेका पाख्रिनले ४ जना पीडितलाई वैदेशिक रोजगारका लागि फ्रान्स पठाई प्रतिष्ठित कम्पनीमा काम लगाइलिने भन्दै रकम असुले प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताइएको छ । प्रहरीका अनुसार ति पीडितहरुबाट   उनले पटक- पटक गरी ४० लाख असुलेका थिए ।    पीडितहरुले वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि पक्राउ गर्न प्रहरीलाई पत्र काटेको थियो ।   उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।  

कञ्चनपुर:  कञ्चनपुरको भिमदत्त नगरपलिका–४ बसपार्कबाट १० जना जुवाडे पक्राउ परेका छन् ।   बसपार्कस्थित रतगैया होटलमा जुवातास खेलिरहेका ३८ वर्षीय प्रकाश थापासहित १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।    फक्राउ परेका उनीहरुको साथबाट नगद रु १ लाख ५६ हजार २ सय ९५ रुपैयाँ र ६ गड्डी तास बरामद गरिएको थियो ।    सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।  

सिराहा:  बरियारपट्टी गाउँपालिका–३ नवटोलीस्थित राजदेवी मन्दिरबाट मूर्ती चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार पक्राउ पर्नेमा खड्क नगरपालिका–१ का २८ वर्षीय प्रकाश मण्डल रहेका छन् ।   उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।    चोरीका सामानसहित फरार रहेका उनलाई बा.२६ प ७३४९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको थियो  ।    उनले मन्दिरभित्र रहेको राजदेवी माताको मूर्तिमा लगाएका सुन तथा चाँदीको गरगहना चोरी गरेको खुल्न आएको छ । सो विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।  

पोखरा:  पोखरामा लागूऔषधसहित तीन युवा प्रकाउ परेका छन् ।  वडा प्रहरी कार्यालय रामबजार र लागू औषध ब्यूरोले पोखरा महानगरपालिका १० बुद्धचोकबाट तीन युवाहरुलाई लागूसहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।  स्याङजाको भिरकोट नगरपालिका घर भइ पोखरा १० बस्ने ३२ वर्षीय अनिल खत्री, स्याङ्जाको वालिङ नगरपालिकाका घर भई पोखरा ८ सिर्जनाचोक बस्ने सुवास काफ्ले र पोखरा १०  अमरसिँहचोक बस्ने ३२ वर्षीय सुदिप गुरुङलाई २९ एम्पुल डाईजापाम, २७ एम्पुल नुर्फिन र २८ एम्पुल फेनेरागन गरी ८३ एम्पुल लागूऔषधसहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  लागूऔषधसहित प्रकाउ परेका तीन जनालाई जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढेको कास्की प्रहरीले जनाएको छ । 

रौतहट:  रौतहटमा गोली लागेर एक वृद्धको हत्या भएको छ ।    देवाही गोनाही नगरपालिका १ करुनियाका ७० बर्षीय शेख तैयब गोली लागेर मृत अवस्थामा आज (बिहीबार)  फेला परेको हो ।    उनको टाउकोमा गोली लागेको बताइएको छ ।   शेख पारिवारिक श्रोतका अनुसार बुधबार राति १२ बजे सम्म घरमै रहेका तैयबको शव घर भन्दा १ किलोमिटर टाढा भेटिदा शंका उब्जिएको छ ।    टाउकोमा गोली लागेका शेखलाई कस्ले किन गोली चलायो भन्नेबारे प्रहरीले अहिलेसम्म केही पुष्टि गरेको छैन ।    रौतहट प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।  

दाङ:   दाङमा अज्ञात व्यक्तिले घरेलु हितयार प्रहार गर्दा एक जना वृद्ध महिला घाइते भएकी छन् । घोराही उपमहानगरपालिका–१३ सेवार बासबोटस्थित ६२ वर्षिया राखीमाया रोकामाथि बुधवार घरमै आयी एक जना अज्ञात व्यक्तिले घरेलु हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी हुन् ।    घाइते रोकाको भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिएका छन् । एसपी वलीका अनुसार बुधबार दिउँसो करिब ४ बजे अन्धाजी २५ र ३० वर्षको व्यक्तिले घरभित्र आएर रोकामाथि कुटो तथा चुलेसीले टाउँको तथा ‍शरीरका विभिन्न भागमा प्रहार गरेको थियो । ती व्यक्तिले रोकाको ढाई तोलाको सुनको सिक्री  र मोबाइल फोनसमेत लुटपाट गरी फरार भएको एसपी वलीले बताएका छन् । ती व्यक्तिको खोजी कार्य भइरहेको छ ।   घाइते रोका आफ्नी माइली छोरीसँग घरमा बस्दै आएकी थिइन् । बुधवार दिउँसो उनी घरमा एक्लै भएको मौका छोपेर उक्त घटना भएको हो । ‘घटनाको प्रकृति हेर्दा लुटपाट जस्तो देखिन्छ,’ एसपी वलीले भने, ‘यद्यपि घटनाको अनुसन्धान भइरहेको छ ।’ प्रहरी प्रमुख वलीले आफू रातिदेखि नै घटना स्थलमा खटेर अनुसन्धान गरिरहेको बताए । ‘घटना कसले र किन गर्‍यो अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘घटना नजिक पुगेका छौं, दोषी छिट्टै पत्ता लगाउछौं ।’

पोखरा:  पोखरा महानगरपालिका ११ मा आफ्नै भतिजीलाई करणी गरेको आरोपमा ठुलोबुवा प्रकाउ परेका छन् ।    कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार ४४ वर्षिय एक पुरुष पक्राउ परेका हुन् ।   पक्राउ परेका उनीविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएको थियो ।    सोही आधारमा कास्की प्रहरीले ति व्यक्तिलाई हिजो (मंगलबार) बेलुकी पक्राउ गरेको डिएसपी विकले बताए । ‘जाहेरीकै आधारमा पक्राउ गरेर करणी कसुरमा मुद्धा दर्ता भएको छ, सुनगाभा न्यूजसँग डिएसपी विकले भने, ‘अहिले म्याद थप गर्नका लागि अदालत लगिएको छ । त्यसपछि विस्तृत रुपमा थप अनुसन्धान हुन्छ ।’   उनका अनुसार पक्राउ परेका ति व्यक्तिले ४ वर्षीया नाबालिगलाई करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको कास्की प्रहरीले जनाएको छ ।  (घटना पारिवारिक भएकाले पीडक र पीडितको नाम गोप्य राखिएको)      

पोखरा:  सामाजिक सञ्जालमार्फत नाबालिगलाई यौन दुव्र्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१९ पुरुन्चौरका २१ वर्षीय मनिष भुजेल रहेका छन् ।   भुजेललाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले कास्की प्रहरीको समन्वयमा पक्राउ गरेको हो ।   भुजेलले इस्न्यापच्याट एवम् भाइबरमार्फत नाबालिगसँग कुराकानीकै क्रममा विभिन्न प्रलोभन देखाएर अश्लील कुराकानी गर्ने भिडियो च्याटकोे स्क्रिन रेकर्ड गर्ने र भुजेलले भनेको नमानेको खण्डमा पीडितलाई धम्कीपूर्ण म्यासेज गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले  जनाएको छ ।   पक्राउ परेका भुजेललाई जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जनाएको छ ।