दैलेखमा प्रहरीसहित तीनजना मृत फेला
दैलेख | भदौ २, २०८०
दैलेख: ड्युटीमा खटिएका प्रहरी हवल्दारसहित तिन जना खोला छेउमा मृत फेला परेका छन्।
दैलेख र सुर्खेतमा तिन जना मृत फेला परेपछि प्रहरीले अनुसन्धान थालेको हो।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –१० चौखेढुगां खोला पुलको आडैमा मृत फेला परेका सशस्त्र प्रहरी बल रक्तकाली गणमा कार्यरत ४५ वर्षीय वरिष्ठ हवल्दार रामबहादुर थापा रहेका छन्।
वीरेन्द्रनगर नगर पालिका – १२ विरुवाबारी भन्ने स्थानमा घर भएका प्रहरी हवल्दार थापा शुक्रवार राती साढे १० बजे ड्युटीमा खटिएका थिए। उनी सहित ७ जना प्रहरी ड्युटीमा रहेका थिए।
ठुलो वर्षा आएको र फर्कने बेला माथिल्लो बाटो भएर खोला तर्न लाग्दा उनी बगेर मृत्यु भएको सुर्खेत प्रहरी प्रवक्ता लक्ष्मण शाहीले बताए। घर नजिकै भएकाले घरतिर गएको होला भनेर अरु ६ जना प्रहरीहरू गणमा राती पुगेका थिए।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको ढोडेखाली पुलमुनि मृत भेटिएका दैलेखको दुल्लु नगरपालिका–१० छुवालाका करिब ४० वर्षीय लालबहादुर भण्डारी रहेको रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। भण्डारी वीरेन्द्रनगर नगरपालिका –१ मा बस्दै आएका थिए।
त्यस्तै दैलेखका गाउँ गाउँ घुम्दै सिलाजित लगायतका जडिबुटी बेच्ने एक व्यापारी हराएको पाँच दिनमा दैलेखको भगवतीमाई गाउँपालिका–१ पगनाथको भेरीखोलामा मृत फेला परेका छन्।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

