पोखरा:   वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले नेपाल प्रहरीको प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा धनकुटाकाे पाख्...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई एक लाख रूपैयाँ घुस रकमसहित पक्राउ गरेको छ।   अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मङ्गलबार साँझ कार्यालयमा छापा मारी पोखरेललाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। सडक निर्माणको अन्तिम बिल भुक्तानी दिने प्रयोजनका लागि उनले घुस मागेको पाइएको छ।    पोखरेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत सडक डिभिजन लहानका लेखा अधिकृत हुन्। 

छोरीलाई बलात्कार गर्ने बुवालाई दैलेख जिल्ला अदालतले ३३ वर्ष कैद सजायको फैसला गरेको छ।   जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले सोमबार उक्त फैसला गरेको हो। दैलेखका ५० वर्षीय ती बाबुले १७ वर्षीया आफ्नी छोरीलाई २०७९ चैत १ गते बलात्कार गरेका थिए। चैत २१ गते बालिका पक्षले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको थियो। २१ गते नै प्रहरीले अभियुक्त बुवालाई पक्राउ गरेको थियो।   बलात्कार पुष्टि भएपछि बुलावाई हाडनाता करणी मुद्दामा २५ वर्ष र उमेरअनुसारको करणी मुद्दामा ८ वर्ष गरी ३३ वर्ष कैद सजाय सुनाइएको हो। मुलुकी अपराध ९संहिता० ऐन, २०७४ को दफा २२० को उपदफा २ ९क० मा जन्माउने आमा छोरा वा बाबु छोरीको करणी भएमा जन्मकैद हुने व्यवस्था गरिएको छ। दफा २१९ को उपदफा ३ ९ङ० मा १८ वा त्यसभन्दा बढी उमेरको महिलालाई करणी गरेमा ७ देखि १० वर्षसम्म कैद हुने व्यवस्था छ।

विराटनगर:  जिल्ला प्रहरी कार्यालय मोरङले साइकलयात्रीलाई मुक्का प्रहार गरेको एक युवकलाई पक्राउ गरेको छ ।   मोरङ प्रहरीका अनुसार पक्राउ पर्नेमा १९ वर्षीय आयुष भेटवाल रहेका छन् ।   उनले विराटनगर महानगरपालिका ६ का २७ वर्षीय पवन साहलाई मुक्का प्रहार गरेको स्पष्ट भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । गलत दिशाबाट साइकल चलाएर आएको भन्दै आयुषले साहमाथि मुक्का हानेका थिए ।   गत बुधबार राति साढे ८ बजे विराटनगर महानगरपालिका ४ दुधफार्मस्थित कोशी राजमार्गमा आयुषसहित ३ जना बा १५ च ३४४५ नम्बरको कारमा सवार १८ वर्षीय कुशल भेटुवाल र तेह्रथुमका ३० वर्षीय रोशन कार्की पनि थिए ।    अहिले फरार रहेका कुशल भेटुवाल र रोशन कार्काीलाई प्रहरीले खोजी गरिरहेको बताइएको छ ।    पक्राउ परेका आयुषमाथि ज्यान मार्ने उद्योगमा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।    पीडित साहको स्वास्थ्य अवस्था उपचारपछि सामान्य रहेको छ ।  

झापा:  १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–३, बस्ने ३१ वर्षीय धनकुमार लिम्बु  रहेका छन् ।   उनलाई गएराती ईलाका प्रहरी कार्यालय बुधबारेबाट अटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।    प्रहरीका अनुसार लिम्बुले ती बालिकालाई २०७९ फागुन ७ गते निजकै घर पछाडी बासघारीमा लगि जबरजस्ती करणी गरेको उजुरी परको थियो ।   हाल पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

नवलपरासी: रामग्राम नगरपालिका १० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।   जग्गाको विषयलाई लिएर वादविवाद हुँदा चन्दनले मिराको हत्या गरेको प्रहरीले जनाएको छ । विवादका क्रममा मोटरसाइकलको शकरले प्रहार गर्दा गम्भीर घाइते भएकी भएकी चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो ।    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

पोखरा:   वन रक्षकको परीक्षामा सहभागी भएका कालीकोटका तीन जना नक्कली परीक्षार्थीलाई कास्की प्रहरीले प्रकाउ गरेको छ ।  पोखरा महानगरपालिका १५ फुलवारी स्थित गण्डकी प्रदेश तालिम केन्द्रमा सञ्चालन भईरहेको वन रक्षकको परीक्षामा सहभागी भएका कालीकोटका तीन जना नक्कली परीक्षार्थीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाउ गरेको हो ।  लोक सेवा आयोगको विज्ञापन नं.१४५–१५३/०७९/०८० (खुल्ला तथा समावेशी) वन रक्षक पदको शारीरिक तन्दुरुस्ती परीक्षामा परीक्षार्थीहरुको कागजात चेकजाँचको क्रममा अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर परीक्षामा सहभागी भएका कालीकोटका तीनजना नक्कली परीक्षार्थी प्रकाउ परेका हुन् ।    प्रकाउ पर्नेमा कालिकोट रास्कोट नगरपालिका २ सिपखानाका १९ वर्षीय प्रेम भण्डारी, ४ सिपखानाका २० वर्षीय गौरी संञ्जाल र एक जना १८ वर्षीय युवकलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।    प्रकाउ परेका तीनै जनालाई जिल्ला अदालत कास्कीबाट शिक्षा ऐन सम्बन्धि मुद्धामा ८ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

काठमाडौं:    बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वसहसचिव सुधीर साह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात भने फरार छन् । ललिता निवास प्रकरणमा चारजना पूर्वसचिवविरुद्ध प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको हो । ललिता निवासको एक सय १४ रोपनी जग्गा व्यक्तिको नाममा कीर्ते गरेर किनबेच गर्नेमाथि प्रहरीले फेरि अनुसन्धान सुरु गरेको हो । 

ललितपुर:  ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा सार्वजनिक गाडीमा यात्रा गरेका एक व्यक्तिको ७ हजार ४७ अमेरिकन डलर चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–६ घर भई हाल भक्तपुर ठिमी बस्ने ३१ वर्षीय सञ्जिव तामाङ, पर्सा ठोरी गाउँपालिका–५ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका–५ फर्पिङ बस्ने ३३ वर्षीय आइतमान तामाङ, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–३ घर भई हाल ललितपुर ईमाडोल बस्ने २१ वर्षीया सविना तामाङ रहेकी छिन् ।   साथै चोरी गरेको डलर सटही गर्ने ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ५८ वर्षीया मंगल लक्ष्मी श्रेष्ठलाई समेत प्रहरीले पक्राउ गरेको छ ।   उनीहरुको साथबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले नेपाली नगद २ लाख रूपैयाँ र मोबाइलहरू बरामद गरेको थियो । यस्तै   डलर सटही गरेकी लक्ष्मीको साथबाट १ सय दरको २८ थान डलर फेला पारेको थियो ।   पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा पठाइएको छ ।  

काठमाडौं:   लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबका दुई सञ्चालकविरूद्ध प्रहरीले पक्राउ पुर्जी लिएर खोजी सुरु गरेको छ ।  १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले  लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबका दुई सञ्चालकविरूद्ध पक्राउ पुर्जी अनुमति लिएको हो ।  जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट दुई जना कम्पनीका सञ्चालकविरूद्ध पक्राउ पुर्जी लिएर खोजी कार्य सुरु गरेको हो । सञ्चालकहरू रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरूद्ध पुर्जी जारी भएको हो। कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी उनीहरूको नाममा छ।  गत जेठ ३१ गते बुधबार राति ललितपुरको बागडोलमा १६ वर्षीया नाबालिगको बलात्कार भएको थियो। त्यसको भोलिपल्टै नाबालिगले प्रहरीलाई जानकारी दिएपछि आरोपी पोखराका ५० वर्षीय सुदन कोइराला पक्राउ परेका थिए।    यसरी नाबालिगलाई क्लबमा प्रवेश दिँदा बलात्कार भएको भन्दै परिसरले सञ्चालकहरूविरूद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो। प्रहरीले यस घटनामा अनुसन्धान गरिरहेको जनाएको छ।