सप्तरी:  सप्तकोशी नगरपालिका–४ तुलसी चोकबाट स्रोत नखुलेको नगद २० लाख ७८ हजार रुपैयाँसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा धनकुटा सहिदभूमी गाउँपालिका...

उदयपुर:  आफ्नै श्रीमती ३० वर्षीया छविमाया राईको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राई रहेका छन् ।   उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले उनलाई मंगलबार राति पक्राउ गरेको छ ।    पिटरले घरायसी विवादको कारण खाना पकाउने कुकर प्रहार गर्दा गम्भीर घाइते भएकी छविमायाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको थियो ।   सो विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।  

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित बसका चालक र सह–चालकसहित चार जनालाई प्रकाउ गरेको छ ।  पोखराबाट भैरहवा जान लागेको प्रदेश १–०१००१ ख ३४३९ बस चेकजाँच गर्ने क्रममा ड्राईभर बस्ने सिट अगाडी झोलामा लुकाई राखेको अबस्थामा लागूऔषध फेला परेपछि बस चालकसहित तीन सहचालकलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।  प्रकाउ पर्नेमा बस चालक गोरखाको शहीद लखन गाउँपालिका ३ घर भई पोखरा १५ रामबहार बस्ने ३५ वर्षीय हिराबहादुर नेपाली, सहचालक स्याङ्जा घर भएका ३८ वर्षीय विशाल कार्की ,४५ वर्षीय टिकाराम पौडेल र म्याग्दी घर भएका ३७ वर्षीय दीपक परियारलाई बससहित नियन्त्रणमा लिएको हो ।  प्रहरीले बस चेकजाँच गर्ने क्रममा ड्राईभरको सिट अगाडी लुकाई छिपाई राखेको अवस्थामा लागू औषध एमफेटामाईन (आईस) जस्तो देखिने ३७.५० ग्राम लागूऔषध फेला पारेपछि बससहित चारजनालाई नियन्त्रणमा लिएको जनाएको छ ।   लागूऔषधसहित प्रकाउ परेका चार जनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   

नवलपरासी:  नवपलुरमा नक्कली नोट बनाउने सामानससहित दुई जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा बुलिङटार गाउँपालिका–६ ठिमुरेका ३० वर्षीय कृष्णबहादुर बिक र तनहुँ ऋषिङ गाउँपालिका–३ दानश्रीका २५ वर्षीय सुरज बिक रहेका छन्  ।     उनीहरुलाई बर्दघाट नगरपालिका–४ फलफुलचोकस्थित विनय रेष्टुरेन्टबाट नेपाली १ हजार दरको १ सय ३९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने सामानहरुसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरू बसेको उक्त रेष्टुरेन्टको कोठामा तलासी गर्दा नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने स्ट्याम्प प्याड ३ थान, चम्किलो स्टिकर टेप ६ थान, ग्लु १० थान, मसी, ब्रस, फलामे स्केल, कैची लगायतका विभिन्न सामान बरामद गरेको छ ।   सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ललितपुरमा बालिकालाई बलात्कार गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ परेका छन्।   काभ्रे पनौती घर भई ललितपुर महानगरपालिका-२७ बस्ने २८ वर्षीय दीपक लामा पक्राउ परेका हुन्। उनलाई प्रहरी वृत चापागाउँबाट खटिएको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो।   लामाविरूद्ध बालिकामाथि असोज २० देखि २३ गतेसम्म पटकपटक बलात्कार गरेको भन्ने उजुरी परेको थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।  

लमजुङ:   लमजुङमा आफ्नै बुवाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा लमजुङको क्व्होलासोथर गाउँपालिका–९ टक्सारका २८ वर्षीय सुजन बिक रहेका छन् ।   उनले आफ्नो ६० वर्षीय बुवा दिल बहादुर बिकलाई खुकुरी प्रहार गरेका थिए ।    गत असोज १० गते साँझ खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएपछि दिलबहादुरलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान  लगिएको थियो । त्यसपछि सोही दिन दिउँसो चिकित्सकले मृत घोषणा गरेको थियो ।    प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार सुजन र आफ्नो बुवाबीच दाह्री काट्ने जिलेटबारे विवाद भएको थियो । सोही विषयलाई लिएर सुजनले आफ्नो बुवालाई खुकुरी प्रहार गरेका थिए ।    प्रहरी चौकी गिलुङबाट खटिएको प्रहरीले सुजनलाई असोज १६ गते पक्राउ गरेको थियो । हाल सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

पोखरा:   पोखरामा १० केजी ८ सय ८९ ग्राम लागूऔषध गाँजासहित रविन्द्र थिङ तामाङ प्रकाउ परेका छन्  । पोखरा महानगरपालिका ३२ मजुवा स्थित सवारी साधन चोकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको बसमा सवार रविन्द्रको साथबाट १० केजी ८ सय ८९ ग्राम लागूऔषध गाँजासहित रविन्द्र थिङ तामाङलाई प्रहरीले प्रकाउ गरेको हो ।  कास्कीको वडा प्रहरी कार्यालय गगनगौडा र गण्डकी प्रदेश प्रहरी कार्यालय केनाईन शाखाबाट कुकुर सहित चेकिङमा खटिएको प्रहरीको टोलीले धादिङको गजुरी गाउँपालिका ३ क्वालसिङ घर भएका २२ थिङलाई लागूऔषधसहित पोखरामा प्रकाउ गरेको हो ।  प्रहरीले प्रकाउ परेका थिङको साथबाट १० केजी लागूऔषध गाँजासहित, १ थान मोवाईल र ७ हजार ९० रुपैयाँ बरामद गरेको छ । प्रकाउ परेका थिङलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   

लागुऔषध (गाँजा) सम्बन्धी मुद्दामा दोषी ठहर भएका निसिखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीको मुद्दामा उच्च अदालत पोखरा, बागलुङ इजलासले जिल्ला अदालत बागलुङको फैसलालाई नै सदर गरेको छ।   आइतबार न्यायाधीशद्वय मदन पोख्रेल र माधविन्द्रराज रेग्मीको संयुक्त इजलासले जिल्ला अदालत बागलुङको तीन वर्ष ६ महिना कैद फैसला सदर गर्दै घर्तीलाई थप ५० हजार जरिवानाको फैसला गरेको अदालतका सूचना अधिकारी शिवप्रसाद गौतमले जानकारी दिए।   जिल्ला अदालत बागलुङले २०७९ पुस ३ गते घर्तीलाई लागुऔषध कारोबारमा संलग्न भएकोमा दोषी ठहर गर्दै कैद फैसला सुनाएको थियो। उक्त फैसलाविरुद्ध घर्तीले २०८० जेठ ३ मा उच्च अदालत पोखरा, बागलुङ इजलासमा पुनरावेदन दिएका थिए।   हाल गाउँपालिका अध्यक्ष रहेका घर्ती निसीखोला–६ को वडाध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका थिए । घर्तीलाई जिल्ला अदालत बागलुङले कैद फैसला गर्दा घर्ती गाउँपालिका अध्यक्षमा निर्वाचित भइसकेका थिए। इलाका प्रहरी कार्यालय बुर्तिवाङका तत्कालीन प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई निवासबाटै पक्राउ गरेको थियो। बुर्तिवाङ बजारमा गाँजा सेवन गर्ने युवालाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा आपूर्तिकर्ताको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो।  

सल्यान:  घरायसी विवादमा आफ्नै सासु ४९ वर्षीया गणेसी रोकाको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।   सल्यानको सिद्धकुमाख गाउँपालिका–४ खार्बन बस्ने शर्मिला बुढाथोकीलाई आफनै सासुको हत्या आरोपमा पक्राउ गरिएको हो ।     गणेसी गत असोज १५ गते दिउँसोदेखि बेपत्ता थिइन् । बेपत्ता भएपछि सासुको खोजी गर्ने क्रममा आफ्नै घरको भकारीभित्र असोज १८ गते बिहान शव फेला परेको थियो ।   घटनाका सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले थप अनुसन्धानको क्रममा गणेसीको हत्यामा शर्मिलाको संलग्नता खुल्न आएपछि उनलाई पक्राउ गरेको हो ।    उक्त दिन उनीहरूबीच धान बारीमा विवाद भएको र घर फर्किएपछि पुनः विवाद हुँदा शर्मिलाले दाउराले पटक पटक टाउकोमा प्रहार गरी पुनः सलले घाँटी कसी हत्या गरेको बताइएको छ । घटना लुकाउने उद्देश्यले कोठामा लत्पतिएको रगतसमेत लुकाउन लिपपोत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।    शर्मिलामाथि जिल्ला अदालत सल्यानबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

काठमाडौं:  काठमाडौंमा एक युवकको हत्या आरोपमा २ युवक र २ युवती पक्राउ परेका छन् ।   ति समूहले काठमाडौं–२४ हनुमानढोका परिसरमा काठमाडौं क्षेत्रपाटी बस्ने १७ वर्षीय सनि कार्कीलाई सोमबार धारिलो हतियार प्रहार गरेका थिए ।    त्यसपछि घाइते भएका कार्कीलाई  उपचारका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सपलान्ट सेन्टर महाराजगंजमा पुर्याइएको थियो । तर उनको उपचारको क्रममा मृत्यु भएको थियो ।    पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१९ घर भई हाल ललितपुर लुकुसी बस्ने २० वर्षीय सोनिया श्रेष्ठ खड्गी, ललितपुर महानगरपालिका–१९ एकान्तकुना बस्ने २२ वर्षीय सन्देश खड्गी, मकवानपुर हेटौंडा उपमहानगरपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–२४ बस्ने १९ वर्षीया भुमी मल्ल र ललितपुर गोदावरी नगरपालिका–५ घर भई हाल ललितपुर नागाबाहल बस्ने १९ वर्षीय अरबिन ठकुरी रहेका छन् ।    अनुसन्धानको क्रममा घटनास्थलबाट भाग्न लागेको अवस्थामा सन्देश खड्गी र सोनिया श्रेष्ठ खड्गीलाई सोही दिन काठमाडौं महानगरपालिका–२४ मखनबाट, भुमी मल्ललाई काठमाडौं क्षेत्रपाटीबाट र अरबिन ठकुरीलाई ललितपुर महानगरपालिका–१६ बाट घटनामा प्रयोग भएको चक्कुसहित मंगलबार प्रहरीले पक्राउ गरेको हो ।    उनीहरुमाथि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको छ ।