पोखराको न्यूरोडबाट नगद १ लाख २२ हजारसहित ९ जना जुवाडे पक्राउ
पाेखरा | पुस २९, २०८०
पोखरा: कास्की प्रहरीले पोखरा महानगरपालिका–८ न्यूरोडबाट ९ जनालाई जुवा खालबाट पक्राउ गरेको छ ।
प्रहरीका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घर भई न्यूरोड बस्ने दिपा पुनको घरबाट उनीसहित ९ जना शनिबार राती पक्राउ परेका हुन् ।
प्रकाउ पर्नेमा पोखरा महानगरपालिका ८ न्युरोड बस्ने ३५ वर्षीय दीपा पुन, पोखरा १ बगर बस्ने ५४ वर्षीय जीतबहादुर गुरुङ, पोखरा ११ बस्ने ३६ वर्षीय दिप्लव गुरुङ, पोखरा १८ बस्ने ३६ वर्षीय पवित्रा ढकाल, पोखरा ११ बस्ने ७१ वर्षीय तीर्थबहादुर गुरुङ र पोखरा १७ बिरौटा बस्ने ५० वर्षीय आईती गुरुङ छन् ।
यस्तै पोखरा १० रामबजार बस्ने ३५ वर्षीय अमर खनाल, पोखरा १४ बस्ने कुलबहादुर गुरुङ र पोखरा बिरौटा बस्ने ३२ वर्षीय नबिन थापालाई जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले गएराति प्रकाउ गरेको हो । उनीहरूको साथबाट नगद १ लाख २२ हजार १ सय ७५ रूपैयाँ र ४ बुक तास बरामद भएको छ ।
जुवातास खेलिरहेको अवस्थामा प्रकाउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने)ं सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

