सप्तरी:  सप्तकोशी नगरपालिका–४ तुलसी चोकबाट स्रोत नखुलेको नगद २० लाख ७८ हजार रुपैयाँसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा धनकुटा सहिदभूमी गाउँपालिका...

गोरखा:  जिल्ला प्रहरी कार्यालय गोरखाले मोटर चोरी आरोपमा १ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा लमजुङका दुधपोखरी गाउँपालिका ५ का ४० वर्षीय पृथ बहादुर घर्ती रहेका छन् ।   उनले गत असोज २० गते राती करिब १० बजे  गोरखाको सिरानचोक गाउँपालकिा १ केराबारी स्थित चम्पावती हाईड्रोपावरले सञ्चालन गरेको क्रसरमा जडान भएको २ थान मोटर चोरी गरेको गोरखा प्रहरीले जनाएको छ ।   प्रहरीका अनुसार चोरी गरेपछि उनले सिरानचोककै खाली धन्सारमा लुकाई राखेको अवस्थामा बरामद गरेको थियो ।    पक्राउ परेका उनलाई  चोरी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

बर्दिया:  बर्दिया गुलरिया नगरपालिका–६ गुलरिया बजार बस्ने २० वर्षीय बरूण घिमिरेलाई विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गरी हत्या गरेको आरोपमा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका–६ गुलरिया बजार बस्ने २३ वर्षीय सुलभ थापा, सोही नगरपालिका–६ ज्योति नगर बस्ने २४ वर्षीय धिरज ठाकुर, सोही नगरपालिका–६ कृण्णसार टोल बस्ने १८ वर्षीय किशोर, गुलरिया नगरपालिका–५ बंगलामुखिटोल बस्ने १९ वर्षीय दिपेश बुढामगर रहेका छन् ।   यस्तै सोही नगरपालिका–८ कोठिया बस्ने १९ वर्षीय सन्दिप थारू, सोही नगरपालिका–८ गंगानगरटोल बस्ने १९ वर्षीय दिनानाथ चौधरी, सोही नगरपालिका–४ गणेशचोक बस्ने १८ वर्षीय किशोर र ठाकुरबाबा नगरपालिका–३ बिदुरपुर बस्ने २३ वर्षीय तर्क भण्डारी रहेका छन् ।    गुलरिया नगरपालिका–५ सुहेलवामा उनीहरूले गत कात्तिक २७ गते राति विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गर्दा गम्भीर घाइते भएका बरूणको उपचारको लागि बर्दिया अस्पतालबाट नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।    प्रहरीले घटनामा प्रयोग भएको चक्कु, नोख लगायतका विभिन्न हातहतियारसमेत बरामद गरेको छ ।    घटनामा संलग्न हाल फरार अन्य ३ जनाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको  जनाएको छ ।   

पोखरा: कास्की प्रहरीले हसियाँ प्रहार गर्ने एक जनालाई पक्राउ गरको छ ।   पक्राउ पर्नेमा जुमकाजी बिक रहेका छन् ।   पक्राउ परेका बिकले गत कार्तिक २७ गते बिहान कास्कीको अन्नपूर्ण गाउँपालिका–६, लुम्लेमा श्रीराम देवकोटालाई हँसिया प्रहार गरेका थिए ।    देवकोटालाई उपचारका लागि पोखराको मेट्रोसिटी अस्पतालमा लगिएको छ भने​बिकलाई ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

नुवाकोट:  बिदुर नगरपालिका-२ बिदुरस्थित जुवातास (कौडा) खेलिरहेका ३६ वर्षीय रबिन्द्र आचार्यसहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   उनीहरूलाई नगद ६ लाख ५२ हजार १ सय ९२ रूपैयाँसहित  गएराति पक्राउ गरेको हो ।   नर्थ भ्यू होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पोखरा:  पोखरामा आफ्नै बुवालाई खुर्पा प्रहार गर्ने युवक पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका १७ बिरौटास्थि गोधुली संसार पथ बस्ने २२ वर्षीया रविन क्षेत्री रहेका छन् ।   कास्की प्रहरीका अनुसार रविनले हिजो २८ गते करिब १२ बजे ५२ बर्षीय रामु क्षेत्रीलाई खुर्पा (हतियार) प्रहार गरी फरार थिए ।   घाइते भएका राजुलाई उपचारका लागि चरक मेमोरीयल अस्पतालमा पठाइएको थियो । त्यसपछि करिब ५ बजे चिकित्सक टालीले मृत्यु घोषणा गरेको थियो ।    खुर्पा प्रहार गर्ने व्यक्ति फरार भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले आफु मातहत तथा अन्यत्र जिल्लामा समेतबाट हुलिया, फोटोसहितको खोजतलासको लागि प्रहरी परिचालन गरेको थियो ।   त्यसैको आधारमा  जिल्ला प्रहरी कार्यालय कास्कीको संयोजनमा जिल्ला प्रहरी कार्यालय पाल्पाले प्रभासबाट ग २० प ६०४७ नम्बरको मोटरसाइकलसहित पक्राउ गरि कास्की पठाएको छ ।   हाल कास्की प्रहरीको नियन्त्रण रहेका रविनलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।  

काठमाडौँ:  नेपाली सेनाका पूर्व उपरथी होम लावतीलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ । लावतीसहित ८ जना जुवा खालबाट पक्राउ परेका हुन् ।   हात्तिवन स्थित जुवा खालबाट १६ लाख ८२ हजार ५ सय बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले बताए ।   ललितपुर महानगरपालिका–१५ स्थित क्लासिक टावरमा संचालित जुवा खालबाट पक्राउ परेकाहरुलाई जावलाखेलस्थित जिल्ला प्रहरी परिसर, ललितपुरमा राखिएको छ ।    पक्राउ पर्नेमा पूर्व उपरथी लावती, रेम कुमार लिम्बु, सञ्जिव महर्जन, देवराज लिम्बु, प्रकाश काफ्ले, अष्टमान लामा, सरोज प्रसाद आचार्य र बिरोस लिम्बु छन् । यो खबर राटोपाटीमा प्रकाशन भएको छ ।

जनकपुरधा:  महोत्तरीमा प्रहरीले हानेको गोली लागेर दुई जना घाइते भएका छन् ।   घाइते हुनेमा सर्लाही लालबन्दी नगरपालिका–२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवान रहेका छन् ।   दुबैजनालाई बायाँ खुट्टामा गोली लागेको छ । उनीहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ ।   उनीहरु यही कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका ८ सानो रतवारामा भएको डकैतीमा संलग्न रहेको प्रहरीको भनाइ छ ।   जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीका मंगलबार दिउँसो रौतहटको गरुडाबाट दुबैजनालाई पक्राउ गरेर महोत्तरी ल्याउने क्रममा भाग्न खोजेपछि गोली हान्नु परेको हो ।   उनका अनुसार सर्लाहीको संग्रामपुर भन्ने स्थानमा आइपुग्दा महोत्तरी प्रहरीको गाडी बिग्रिएको थियो । त्यसपछि सर्लाही प्रहरीको गाडी मगाइयो ।   महोत्तरीको सीमा सोनमा गाउँपालिका ५ मा पुनः महोत्तरी प्रहरीको अर्को भ्यानमा दुबैजनालाई राख्ने क्रममा उनीहरु हतकडीसहित गाडीबाट हामफालेर भाग्न खोजेपछि गोली प्रहार गर्नुपरेको डिएसपी गिरीले बताए ।

उदयपुर:   २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका–१ बाँस्बोटे बस्ने २५ वर्षीय टबिन्द्र राई रहेका छन् ।   प्रहरीका अनुसार राईविरुद्व तियुवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो ।   सो उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।    विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

मुगु: एउटै परिवारका ४ जनाको हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा छायाँनाथ रारा नगरपालिका–७ पिना घर भई हाल बाँके बैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने ३१ वर्षीय काले भन्ने गोर्ख राज शाही र छायाँनाथ रारा नगरपालिका–६ मन्दु बस्ने ३१ वर्षीय गोपाल बहादुर बोहोरा रहेका छन् ।    छायाँनाथ रारा नगरपालिका–६ मन्दु बस्ने श्रीदेवी बोहोरा, उनकै छोराहरू ११ वर्षीय मनोज बोहोरा, ५ महिनाको रहर बोहोरा र उनकै छोरी ७ वर्षीया अप्सरा बोहोराको कात्तिक ८ गते राति आफ्नै घरमा हत्या भएको थियो ।   केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंज काठमाडौं, कर्णाली प्रदेश प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेत र जिल्ला प्रहरी कार्यालय मुगुबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले गोर्ख राज शाहीलाई लुकीछिपी बसेको अवस्थामा सोमबार दिउँसो सुर्खेत वीरेन्द्रनगर नगरपालिका–५ पञ्चकोशी टोल र गोपाल बोहरालाई गत शुक्रबार उनकै घरबाट पक्राउ गरेको हो ।    गोपाल बोहोरा बैदेशिक रोजगारीको लागि कतार गएकोमा राम्रो काम नपाई २ वर्ष बसेर नेपाल फर्किएको र श्रीदेवी बोहोराको श्रीमान दीपक बोहोराले कतारमा राम्रो कम्पनीमा काम गरेको उक्त कम्पनीमा काम गर्ने गरी आफूलाई समेत भिषा पठाइदिन आग्रह गरेको तर दीपकले सो कुरा अस्वीकार गरेकोले रिसइबीका कारण दीपकको परिवारको हत्या गर्ने योजना बनाएको खुल्न आएको छ ।     प्रहरीका अनुसार गोपालले गोर्ख शाहीलाई भेटी श्रीदेवी बोहोरासँग भएको सुन तथा नगद लुटपाट गर्ने सल्लाह गरी श्रीदेवी आफ्नो छोराछोरीसहित माइतीघरबाट फर्केर घरमा आई खाना खाई बसेकोका थिए ।   त्यसपछि गोपाल र गोर्खले घरबाहिरबाट ढोका खोल्न लगाई घरभित्र प्रवेश गरी धारिलो हतियार खुकुरीले टाउको र घाँटीमा प्रहारी गरी उनीहरूको हत्या गरी श्रीदेवीले कानमा लगाएको २.५ तोलाको सुनको रिङ, २५ लालको सुनको तिलहरी र मोबाइल १ थान लुटेर भागेका थिए ।    पक्राउ परेका दवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।