चितवन प्रहरीले भरतपुर महानगरपालिका–२६ सिसुबारबाट लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका–२६ बस्ने ६१ वर्षीया शान्ती कुमारी महतो र २५ वर्षीय विशा...

पाेखरा:  बैंकिङ् कसुर तथा सजाय ऐनले चेक बाउन्स (चेक अनादर) र लेनदेनको मुद्दामा प्रहरीलाई अख्तियारी दिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा यससम्बन्धी हेर्ने छुट्टै शाखा गठन गरिएको छ । शाखामा कार्यरत ४ जनादेखि अन्य सिनियर अधिकृतको व्यस्तता समेत चेक बाउन्सको उजुरीले ह्वात्तै बढाइदिएको छ ।     यसबीचमा प्रहरी र सरकारी वकिलको कार्यालय हुँदै कास्की जिल्ला अदालतमा १ सय ६७ वटा मुद्धा चेक बाउन्सको परेको छ । तर यो संख्या प्रहरीमा परेको उजुरीभन्दा धेरै कम हो ।    जिल्ला प्रहरीमा उजुरी लिएर भित्रनेमध्ये साठी प्रतिशतको गोजीमा बाउन्स भएको चेक र प्रमाणीकरण हुने गरेको छ । यस अनुपातमा दैनिक ६ वटा उजुरी चेक बाउन्सको हुने गरेको कास्की प्रहरीले बताएको छ ।    जिल्ला सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायधिवक्ता महेन्द्रप्रसाद अधिकारीका अनुसार ५ लाखदेखि १ करोड रुपैयाँसम्मको चेक बाउन्स मुद्दामा अदालतलाई अभियोजन पठाइएको छ । कोरोनाकाल अघि फाट्टफुट्ट यस प्रकृतिका मुद्दा आएपनि त्यसपछि भने देशैभर ह्वात्तै बढाएको अधिकारीले जनाए ।    चेक बाउन्सका मुद्दामा चेकमा उल्लेखित रकम भराउन अदालतले फैसला गर्ने र सोही बमोजिमको रकम चुक्ता गरे अन्य सजाय नगरिने उनले बताए । यद्यपि, अदालतसम्म मुद्दा पु¥याउन निकै लामो समय लाग्ने उनी बताउँछन् ।    महान्यायधिवक्ताको कार्यालयले प्रहरीमा उजुरी परेपनि दुबै पक्ष भेला भई लेनदेन सल्टाएमा उक्त मुद्दा अघि नबढ्ने उल्लेख गरेको छ भने अदालतमै मुद्दा पुगेपनि फैसलापूर्व रकम चुक्ता गरे मुद्दा निष्क्रिय हुनेछ ।    चेक बाउन्समा उजुरी परेपछि अभियुक्तलाई खोज्न र थप अनुसन्धान गर्न समय लाग्ने भएकाले अदालतसम्म पु¥याउन लामै प्रक्रिया लाग्ने गरेको छ ।    प्रहरीले उपलब्ध गराएको सूचनाअनुसार अघिल्लो आर्थिक वर्षमा चेक बाउन्सका ३ सय बढी मुद्दा दर्ता भएको छन् । जसमध्यै एउटै व्यक्तिको नाममा १ करोड ६८ लाख रुपैयाँको चेक बाउन्स भएको मुद्दा रहेको छ ।     त्यस्तै, हदम्यादको हकमा जाहेरी दिने अवधि कसुर भएको थाहा भएको मितिले १ वर्षभित्र र जाहेरी परेको मितिले ६ महिनाभित्र नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोेकिदिएको अदालतसमक्ष मुद्दा दायर गरिसक्नु पर्नेछ ।     प्रहरीले भने एकैपटक वा पटकपटक गरी १ पटकमा ७ दिन नबढ्ने गरी ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्नेछ ।   सजायको हकमा दोहोरो कानूनी व्यवस्था गरिएको छ । विनिमय अधिकारपत्र ऐन २०३४ को दफा १०७ (क)ले चेक काट्ने व्यक्तिवाट चेकमा उल्लेखित रकम र व्याज समेत धारकलाई भराई चेक काट्ने व्यक्तिलाई तीन महिना कैद र तीन हजार रुपयाँ जरिवाना वा दुवै सजाय हुनेछ भन्ने व्यबस्था गरेको पाइन्छ ।   त्यस्तै, बैंकिङ्ग कसूर तथा सजायँ ऐन, २०६४ को दफा १५ (१) ले बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिम जरिवाना र ३ महिनासम्म कैद हुने भन्ने व्यबस्था गर्नुका साथै दफा १७ ले कसूर भएको कुरा थाहा पाएको मितिले १ बर्ष भित्र जाहेरी दिन सकिने व्यबस्था गरेको छ ।      जसकारण चेक अनादर विरुद्ध दुबै ऐन आकर्षित हुने देखिएको पाइन्छ। यस सन्दर्भमा पीडित व्यक्तिलाई उपचारको कुन बाटो उपयुक्त लाग्छ, त्यही अनुसार गर्ने गरिएको पाइएको छ ।    चेक अनादर भएको कुरा बैंकबाट प्रमाणित गरिनुपर्छ । यसरी कुनै पनि बैंकमा भुक्तानीका लागि कुनै व्यक्तिले दिएको चेक निश्चित कारणसहित बैंकबाट भुक्तानी हुन नसकी चेक फिर्ता हुनु चेक बाउन्स हो । चेक जारी गरेपछि खातावालले खाता बन्द गरेमा पनि चेक बाउन्स हुनसक्छ ।   कुनै पनि चेक काटिदिने व्यक्तिले, आफ्नो बैंक खातामा रकम छैन वा रकम भए पनि पर्याप्त रकम छैन भनी जानीजानी चेक काटिदिएमा (चेक धारक अर्थात्) चेक लिने व्यक्तिले प्राप्त गर्नुपर्ने रकम बैंकबाट प्राप्त गर्न नसकेको खण्डमा अर्थात् कुनै पनि बैंकले भुक्तानी दिनुपर्ने रकम भुक्तानी नदिएको वा चेक भुक्तानी दिन इन्कार गरेको अवस्था चेक अनादर हो ।  

काठमाडौं:  ड्युटीमा रहेका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपका एक युवा पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका–४ घर भई हाल काठमाडौं सानोभ¥याङ् बस्ने ३७ वर्षीय सन्तोष कुमार धमला रहेका छन् ।   काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित ट्राफिक प्रहरी वृत्त नयाँबसपार्कबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा प्रहरीलाई नै कुटपिट तथा अभद्र व्यवहार गरेपछि धमलालाई प्रहरीले पक्राउ गरेको हो ।    उनीमाथि अभद्र व्यवहार मुद्दामा म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

विराटनगर:  सुनसरीको बर्जुमा सादा पोसाकमा रहेका २ जना प्रहरीलाई आक्रमण गरी हतियार लुटिएको छ ।   बर्जु गाउँपालिका-१ शुक्रबारेमा ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण भएको हो ।   आक्रमणकारीले प्रहरीको साथमा भएको ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको प्रहरीले जानकारी दिएको छ ।   हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यस सम्बन्धित सूचना संकलन गर्न प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई प्रहरीले खटाएको थियो ।   सादा पोसाकमा खटाइएका परियार र चौधरी पुग्नासाथ अन्दाजी चार जनाको संख्यामा रहेको समूहले आक्रमण गरेको हतियार लुटेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । उनका अनुसार सुरुमा काठको चिर्पटले प्रहार गरेर प्रहरीलाई घाइते बनाइएकाे थियाे ।   आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ ।

काठमाडौं:  वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाउने भन्दै ९ लाख रुपैयाँ ठगी गर्ने एक महिला पक्राउ परेकी छिन् ।   पक्राउ पर्नेमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–४ का ५० वर्षीया केशरी श्रेष्ठ रहेकी छिन् ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार हाल काठमाडौंको सामाखुशी बस्दै आएका ५० वर्षीया श्रेष्ठले आशामाया लामालाई अष्ट्रेलिया पुगेपछि होटलमा काममा लगाइदिने र मासिक तलब ३ लाख रुपैयाँ भन्दा बढी हुने भन्दै ठगी गरेकी थिइन् ।   अष्ट्रेलिया जान २० लाख लाग्ने भनेर पीडितबाट पटक–पटक गरी ९ लाख रुपियाँ लिई सम्पर्कबिहीन  भएपछि श्रेष्ठविरुद्ध निवदेन परेको थियो ।   पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।  

काठमाडौं:  नक्कली नेपाली नोटसहित काठमाडौं महानगरपालिका–१५ स्वयम्भूबाट एक युवा पक्राउ परेका छन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा गोरखा नगरपालिका–४ धारापानी घर भई काठमाडौं नागार्जुन नगरपालिका–८ भिमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापा रहेकाा छन् ।   उनको साथबाट १ हजार दरका १ सय थान नक्कली नेपाली नोट र २ थान मोबाईल बरामद गरेकाे छ ।    स्वयम्भू क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो ।    सो घटनाको बारेमा उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सप्तरी:   सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवसहित तीन जनाविरुद्व पाँच लाख रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार निज यादवको मिलेमतोमा सेवाग्राहीसँग घुस लिएको आरोप लागेको छ ।  लेखापाल टेक नारायण यादव र एम.आई.एस अपरेटर विरेन्द्रकुमार यादवलाई दुई लाख रकम र तीन लाख रुपियाँ चेकसहित नियन्त्रणमा लिइएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।  भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवाना सजायको मागदाबी लिई मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

तनहुँ: तनहुँको प्रहरी चौकी किहुँबाट खटिएको प्रहरी टोलीले ७ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।     भिमाद नगरपालिका–२ धरमपानीका गोपाल कृष्ण सुवेदीको घरमा जुवातास खेलिरहेको अवस्थामा सुवेदीसहित ७ जनालाई गएराती पक्राउ गरेको हो ।    विशेष सूचनाको आधारमा प्रहरी चौकी किहुँबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद २१ हजार ६ सय ६० रुपैयाँ र ३ बुक तास बरामद गरेको थियो   अहिले सो विषायमा आवश्यक अनुसन्धा भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।   

म्याग्दी:   म्याग्दी प्रहरीले लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्ने पर्वतको जलजला गाउँपालिका–३ बारीबेनी बस्ने २० वर्षीय सुमित परियार रहेका छन् । उनीसँगै अन्य २ जनासमेत रहेको प्रहरीले जनाएको छ ।   प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले नगरपालिका–९ गलेश्वरबा उनीहरूलाई पक्राउ गरेको हो ।    सो विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  

पोखरा:  पोखरा ८ सिर्जनाचोकस्थित लक्ष्मी होटलबाट प्रकाउ परेका मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित सात जुवाडे जनही १ लाख ७५ हजार धरौतीमा छुटेका छन् ।    जुवाखालबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष लालचनसहित घोरपझोङका इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र रामबजारकै दलबहादुर हिराचन धरौटीमा छुटेका हुन् ।    अध्यक्ष लालचनसहित सात जनाले जनही २५ हजारको दरले धरौटी बुझाएर छुटेको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।   ‘सात जनाले २५ हजारको दरले धरौटी बुझाएर छुट्नुभएको छ,’ ढकालले सुनगाभा न्यूजसँग भने ।   उनीहरुलाई वडा प्रहरी कार्यालय बैदामले पोखरा ८ सिर्जनाचोकस्थित होटल लक्ष्मीबाट जुवा खेलिरहेको अवस्थामा ७ जनालाई  ४ लाख ४७ हजार ८० रूपैयाँसहित भदौ ७ गते प्रकाउ गरेको थियो ।