पोखरामा क्यानडा पठाउने प्रलोभन देखाएर ठगी गर्ने विदेशी नागरिकसहित ६ प्रकाउ

पाेखरा | माघ ११, २०८०

पोखरामा क्यानडा पठाउने प्रलोभन देखाएर ठगी गर्ने विदेशी नागरिकसहित ६ प्रकाउ

पोखरा:   पोखराको एक होटलमा क्यानडा पठाउने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले दुई विदेशी नागरिकसहित ६ जनालाई प्रकाउ गरेको छ । प्रहरीले उनीहरुलाई पोखरा महानगरपालिका–१० बुद्धचोकस्थित होटल टास्कबाट मंगलबार राति प्रकाउ गरेको हो । 


पोखरा बुद्धचोक स्थित होटल टास्कमा क्यानडा लैजाने प्रलोभन देखाएर अन्तवार्ता लिन विभिन्न व्यक्तिहरुलाई बोलाएको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले होटल टास्कबाट ६ जनालाई प्रकाउ गरेको डीएसपी श्रवणकुमार विकले जानकारी दिए । 


‘होटल टास्कमा क्यानडा पठाउने प्रलोभन देखाएर विभिन्न व्यक्तिहरुलाई अन्तवार्ताका लागि बोलाएको गोप्य सूचनाको आधारमा प्रहरीको टोलीले खटिएको थियो’, डीएसपी विकले भने, ‘अन्तवार्ता लिइरहेको अवस्थामा २ विदेशी नागरिकसहित ६ जनालाई प्रकाउ गरेर म्याद थप गरेर अनुसन्धान अगाडि बढाएका छौं ।’


उनका अनुसार प्रकाउ पर्नेमा पोखरा–१३ पाटनबेशी बस्ने ६५ वर्षीय पार्वती सुनार, पोखरा–९ महेन्द्रपुलकी ३७ वर्षीय रिता सुनार, स्याङजाको फेदीखोला गाउँपालिका–३ बस्ने ३२ वर्षीय सिमा सुनार, काठमाडौं महानगरपालिका–१४ कलंकीका ३८ वर्षीय प्रदीप उपाध्याय, क्यानडाका स्थायी  ठेगाना भएका ४५ वर्षीय राकेश जैसवाल र भारतको मध्यप्रदेश घर भएका ३२ वर्षीय इस्मित कौरलाई रहेका छन् ।

 
जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी विकका अनुसार प्रकाउ परेका पार्वती सुनारले छोरी क्यानडामा छ भनेर सिधै क्यानडाको भिषा निकाल्ने देखि काममा लगाउने प्रलोभन देखाएर प्रतिव्यक्ति २ हजार दरले उठाइरहेको अवस्थामा प्रकाउ गरेको जानकारी दिए । 


‘अन्तर्वार्ता पास भएपछि प्रतिव्यक्ति ३० लाख रुपैयाँ लाग्ने र अन्र्तवार्ताका लागि २ हजार रुपैयाँ लिइरहेको अवस्थामा उनीहरुलाई फेला पा¥यौं’ उनले भने । 


प्रकाउ परेकालाई जिल्ला अदालत कास्कीबाट ठगी सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 
    

पोखरा:  रेडियो अन्नपूर्ण ९३।४ मेगाहर्ज पोखराले मंसिर १८ गते “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” आयोजना  गर्ने भएको छ ।  झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा सम्पन्न नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बोहोराफाँट समाज जापान गलकोट र महिलातर्फ झिर हाउस बागलुङले उपाधि चुमेको छ ।  पोखरा–३ नदी...

थप पढ्नुहोस्

पोखरा: कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे-३० सर्किट १ र २ को सम्पूर्ण तयारी पुरा भएको छ ।   भोली (सोमबार) बाट सुरू हुन...

थप पढ्नुहोस्