कास्की: जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध काठसहित बलेरो जीपलाई नियन्त्रणमा लिएको छ । पोखरा महानगरपलिका १९ लामाचौर अकला मन्दिरस्थित सवारी साधन चेकजाँचको क्रममा पुरुन्चौरतर्फबाट पोखरातर्फ आउँदै गरेको ग ३ च ५८०९ नम्बरको बोलेरो जिपलाई नियन्त्रणमा लिइएको हो । चेकजाँचको क्रममा चिरुवा काठ ९फल्याक० २८० थान लोड गरी विना कागजपत्र पोखरा ल्याइएको पाइएपछि नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । अवैध काठसहित जीपचालक माछापुच्छ्रे गाउँपालिका गाउँपालिका भुर्जुङखोला का ३१ वर्षीय अनिष विकलाईसमेत नियन्त्रणमा लिइएको छ । सो विषयमा थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय बगर पठाइएको बताइएको छ ।
पोखरा: कास्की प्रहरीले गौहत्या गरेको आरोपमा बस चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको रोराङ नगरपालिका ३ का २८ वर्षीय रोशन ठकुरी रहेका छन् । कास्की प्रहरीका अनुसार आज बिहान पोखरा महानगरपालिका १० औद्योगिक क्षेत्रस्थित पोखरादेखि काठमाण्डौ जाँदै गरेको ना ५ ख २११३ नंम्बरको यात्रुबहाक बसले बाटोमा हिडिरहेको गाईलाई ठक्कर दिएको थियो । त्यसपछि उक्त गाईको घटनास्थलमानै मृत्यु भएको थियो । ठक्कर दिई फरार भएको भन्ने सूचनाको आधारमा तनहुँको शुक्लागण्डकी नगरपालिका ५ बेलचौताराबाट ठकुरीलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी श्रवण कुमार बिकले जानकारी दिए । उनका अनुसार पक्राउ परेका ठकुरीलाई कास्की जिल्ला अदालतबाट पशुपंक्षी सम्बन्धी मुद्दामा ९१०० दश दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद भएको छ । गएराति विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईको जहाजबाट आएका विदेशी नागरिकको साथबाट ६ किलोभन्दा बढी सुन बरामद भएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले उज्यालोलाई जानकारी दिनुभयो । भन्सारबाट बाहिरिसकेको अवस्थामा प्रहरीले सुन बरामद गरेको हो । सुनको साथमा विदेशी नागरिक पनि पक्राउ परेका र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुई दिनअघि मात्रै विमानस्थलबाट १४ किलो सुन बरामद भएको थियो ।
काठमाडौँ: काठमाडौँबाट २ थान हतियार चोरीमा संलग्न रहेको आरोपमा युवतीसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको बराह नगरपालिका वडा नम्बर ३ घर भई काठमाडौँ महानगरपालिका वडा नम्बर १४ बस्ने दिलीप माझी, ताहाचल बस्ने कुशल मल्लिक र काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ३ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोल बस्ने काजल कुमारी भुजेल रहेका छन् । गत मंसिर १६ गते ताहाचलस्थित पुष्प जोशीको घरबाट इजाजत पत्रसहितको दुई नाले ४१० बोरको टोटावाल बन्दुक र जेड २१६२२९ को २२ बोरको राइफल गरी २ थान हतियारहरू चोरी भएको थियो । प्रहरी वृत्त कालीमाटीको टोलीले विभिन्न स्थानबाट ती तीन जनालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पोखरा: कास्की प्रहरीले नक्कली फेसबुक आइडीमार्फत ब्ल्याकमेल गरेको आरोपमा १ युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका २७ का १६ वर्षीय युवक रहेका छन् । कास्की प्रहरीका अनुसार ति युवकले पोखरा महानगरपालिका २७ कै युवतीलाई (एउटै स्कुलमा अध्ययन गर्ने) सोही उमेरकै युवतीलाई नक्कली फेसबुक आईडी (फेक आइडी) बनाएर ति युवतीको फोटो र भिडियोहरुलाई अश्लील बनाएर सामाजिक संजालमा पोष्ट गरिदिने र आफन्तलाई पठाइदिने भन्दै धम्की दिएका थिए । विभिन्न डर धम्कीसँगै ब्ल्याकमेल गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । युवकको साथबाट २ थान मोबालसमेत बरामद गरेको छ । पक्राउ परेका युवकलाई विद्युतिय कारोबार ऐन कसूर अन्तर्गत (साईबर अपराध) मुद्दामा जिल्ला अदालतबाट दिन ५ म्याद थप थप अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले ठगी आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ६ का वडा सदस्य ४२ वर्षीय दीपेन्द्र पहारी, सोही स्थानकै ४१ वर्षीय विकास पहारी, लेकसाइडकै २२ वर्षीय प्रवीन विश्वकर्मा र सोही वडाकै २४ वर्षीय अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराल रहेका छन् । कास्की प्रहरीका अनुसार उनीहरुले लेकसाइड स्थित फुटट्रायकमा फोटोग्राफी गरेबापत धम्काई प्रतिफोटोग्राफर साढे १३ हजार असुल गरि ठगी गर्दै आएका थिए । उनीहरु विरुद्ध १५ जना व्यक्तिहरुले जाहेरी दर्ता गरेका थिए । सोही जाहेरीकै आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरी ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
उदयपुर: त्रियुगा नगरपालिका–५ दमौटी गाउँमा आफ्नै श्रीमानको हत्या गरी जङ्गलको झाडीमा शव लुकाएको आरोपमा श्रीमतिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ६० वर्षका श्याम राईको हत्या आरोपमा उनकी श्रीमति ४० वर्षीया निरकुमारी राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । निरकुमारीले श्रीमानको शव नजिकैको झाडीमा स्याउलाले छोपेर राखेको अवस्थामा मङ्गलबार स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान सुरु गर्दा नै हत्याको कसुरमा संलग्न भएको प्रमाणसहित निरकुमारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा निरकुमारीले श्यामको हत्या गरेको स्वीकार गरिसकेको प्रहरी जनाएको छ । श्रीमान् दैनिक मादक पदार्थ सेवन गरेर घर आउने र घरमा झगडा गर्ने गरेका कारण आफूले सहन गर्न नसकी हत्या गरेको निरकुमारीले बताएको प्रहरीको भनाइ छ । हत्यामा अन्य व्यक्ति पनि संलग्न रहे नरहेका विषयमा पनि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
पोखरा: यही मंसिर ५ गते पोखरा ८ नागढुङ्गास्थित युनिक होटलको कोठामा मृत भेटिएकी ३८ वर्षीय सुक विक प्रकरणको अनुसन्धान कास्की प्रहरीले जारी राखेको छ । यद्यपी कुनै पनि रहस्य नखुलेको बताएको छ । अनुसन्धानका लागि नियन्त्रणमा रहेका ५ जनालाई तारिखमा छाडिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सुकु मृत भेटिएपछि युनिक होटलका सञ्चालक, शिला रेष्टुरेन्टका सञ्चालक लगायत अन्य संकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएको थियो । अहिले उनीहरुलाई तारिखमा छाडिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनले उक्त घटनाको अनुसन्धान भइरहेको बताए । उनका अनुसार नियन्त्रणमा रहेका सबैजनालाई आवश्यक परेको खण्डमा उपस्थित हुनेछन् । उनले सुकुको परिवारले कुनै पनि किटानी जोहेरी नदिएको बताउदै घटनाको विस्तृत अनुसन्धान भइरहेको बताए । होटल सञ्चालकले कास्की प्रहरीलाई दिएको बयान अनुसार ति महिला आफैले केटाको नाममा कोठा बुक गरेकी थिइन् । विगत केही वर्षयता नागढुङ्गास्थित शिला रेष्टुरेन्टमा काम गर्दै आएकी सुकु मंसिर ५ गते दिउँसो साथीलाई भेट्न जान्छु भनेर रेष्टुरेन्टबाट निस्किएकी थिइन् । त्यसको बेलुकीपख कोठामा अचेत अवस्थामा भेटिएकी थिइन् । केटाको नाममा कोठा बुक भएको भनिएतापनि कुनै पुरुषको संलग्नता रहे नरहेको पुष्टि भएको छैन । कास्की प्रहरीका अनुसार सो होटलमा सिसिटिभी जडान नभएकै कारण अनुसन्धानमा थप कसरत गर्नुपरेको बताएको छ । तनहुँको भिमाद नगरपालिका घर भएकी सुकु विकले केही वर्षयता पोखरा महानगरपालिका–८ नागढुङ्गास्थित शिला रेष्टुरेन्टमा काम गर्दै आएकी थिइन् ।
बागलुङ: बागलुङमा श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा जिल्लाको बागलुङ नगरपालिका–१३ सल्यान बस्ने हरि सिंह नेपालीलाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको हो । ५० वर्षीया श्रीमती सितली शाहीको हत्या आरोपमा जिल्ला जिल्ला प्रहरी कार्यालय बागलुङले नेपालीलाई आईतबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि) मदन केसीले बताए । उनले शाहीको टाउँको र दायाँ खुट्टामा गम्भिर चोट लागेको अवस्थामा श्रीमान र स्थानीयहरुले धौलागिरी अस्पताल बागलुङमा ल्याएको ल्याएको बताए । ‘वडाअध्यक्ष नारायणप्रसाद पौडेलले इलाका प्रहरी कार्यालय बलेवामा खबर गरेपछि प्रहरी सँगै गम्भिर घाईते शाहीलाई अस्पताल ल्याइपु¥याएको थियो,’ डिएसपि केसीले भने,‘शाहीलाई धौलागिरी अस्पताल बागलुङले मृत्त घोषणा गरेको छ । प्रारम्भिक अनुसन्धान र स्थानीयहरुले श्रीमानको कुटपिटबाट हत्या भएको हुनसक्ने बयान दिएपछि नेपालीलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको छौं ।’ श्रीमान नेपालीले लडेर घाईते भएको बयान दिएपनि घटनाको प्रारम्भिक अनुसन्धानले कुटपिटबाटै हत्या भएको देखिएको डिएसपि केसीले बताए । घट्नाबारे अनुसन्धान सुरु भएको र अहिले नै सबै कुरा खुलिनसकेको प्रहरी भनाइ छ । नेपालीलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको डिएसपि केसिले जानकारी दिए ।