पोखरा:  पोखरा महानगरपालिका-५ शान्तिननगरचोकबाट लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध कारोवार गरिरहेको अवस्थामा लागूऔषध नियन्त्रण व्यूरो शाखा पोखरा र वडा प्रहरी कार्यालय बैदाम...

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले ज्यान सम्बन्धी मुद्धाका फरार व्यक्तिलाई प्रकाउ गरेको छ ।   कास्कीको मादी गाउँपालिका–६ घर भई पोखरा महानगरपालिका १३ काहुँखोला बस्ने ४४ वर्षीय कृष्णबहादुर क्षेत्रीलाई ज्यान सम्बन्धी मुद्धामा प्रहरीले प्रकाउ गरेको हो ।  जिल्ला अदालत कास्कीले गएको भदौ १८ गते क्षेत्रीलाई ज्यान सम्बन्धी कसूरमा १० वर्ष कैद र १ लाख ४ हजार रुपैयाँ जरिवना फैसला गरेको थियो ।   जिल्ला अदालत कास्कीले ज्यान सम्बन्धी कसूरमा गरेको फैसालाको ९ वर्ष ११ महिना १८ दिन कैद र १ लाख ४ हजार जरिवाना भुक्तान बाँकी रहेको समयमा प्रतिवादी क्षेत्री हालसम्म फरार थिए ।  ज्यान सम्बन्धी कसूरमा प्रकाउ परेका क्षेत्रीलाई जिल्ला अदालत कास्कीले कारागार चलान गर्न आदेश दिएको छ ।   

काठमाडौं:  मानव अंग मृगौला बेचबिखन कार्यमा संलग्न रहेका एक व्यक्ति पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नागरपालिका–१३ का ४३ वर्षीय हरी नेपाली भनिने हरी दर्जी रहेका छन् ।   उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।    दर्जीले पीडितलाई भारतको कलकत्तामा म:म पसलमा मासिक ३० हजार भारतीय रूपैयाँ तलबमा काममा लगाईदिने प्रलोभनमा पारेर भारत लगेका थिए ।   ति पीडितलाई नुवाकोटबाट काकडभिट्टा हुँदै भारत कलकत्ताको अस्पताल पुर्‍याएर बेहोस पारी मृगौला झिकेर अर्कै व्यक्तिलाई प्रत्यारोपण गरेर फरार थिए ।   अस्पतालमा बेहोस पारेर अर्कै व्यक्तिलाई मिर्गौला प्रत्यारोपण गरी पिडीतलाई ६ लाख दिएपछि मात्र पीडितले आफ्नो मिर्गौला बेचिएको थाहा पाए। पीडितले बाँदरे भन्ने मुरली दमाई, राजु नेपाली, राजेश परियार, सानु भन्ने सुवास नेपालीविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्यूरोमा जाहेरी दिएका थिए।   त्यसपछि प्रहरीले पाएको सूचनाको आधारमा फरार रहेका दर्जीलाई खोजतलास गरेको थियो ।    हाल पक्राउ परेका दर्जीलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले फेसबुकमा फेक आइडीमार्फत ठगी गर्न खोजेको आरोमा तीन युवकलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका २ढ तालचोकका २२ वर्षीय अनुराग घिमिरे, चितवनको रत्ननगर नगरपालिका १३ का २०वर्षीय पवेश रिमाल र सिरहाको लाहान नगरपालिका १ रमाद मटियवरा बस्ने २१ वर्षीय पुनिक सिंह रहेका छन् ।   प्रहरीका अनुसार उनीहरुले केटीको फेक आइडी बनाएर पुरुष व्यक्तिहरुलाई अश्लिल भिडियो कल गरी स्किृन रेकर्ड गरी सार्वजनिक गर्ने धम्की दिई रकम माग्ने गरेका थिए ।   उनीहरु विरुद्ध परेको उजुुरीका आधारमा चितवन प्रहरीको समन्वयमा हिजो पक्राउ गरी कास्की ल्याइएको छ ।   पक्राउ परेका उनीहरुमाथि ठगी, आपराधिक विश्वासघात तथा लाभ (एक्सटर्सन) सम्बन्धि कसुर र विद्युतीय अपराध सम्बन्धि कसुरमा अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।

पोखरा:   सहकारीको क्षेत्र विस्तारका क्रममा घुस लिएको आरोपमा पक्राउ परेका कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली जेल चलान भएका छन् ।   न्यायाधीश ऋषिराम आचार्यको इजलासले पराजुलीसहित सहकारीको रकम हिनामिना आरोपमा पक्राउ परेका ४ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।   यस्तै सञ्चालक समितिका सदस्य गोपाल खनाल, बुद्धिसागर पौडेल, राजु बराललाई थुनामा पठाउन आदेश दिएको हो ।   सहकारी रजिष्ट्रार कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार उनले पोखराको मित्रमिलन सहकारीको क्षेत्र ११ वटै जिल्लामा विस्तार गर्नका लागि सहकारीबाट १ करोड ५ लाख घुस लिएको आरोप छ ।    

पोखरा:  पोखरामा आफ्नै श्रीमतीलाई तोरी बारीमा लगी घाटी थिचेर हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले प्रकाउ गरेको छ । बिहीबार दिउँसो श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले उनका श्रीमानलाई प्रकाउ गरेको हो ।  म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकम स्थायी घर भई पोखरा–२९ नौबिसे चोक बस्दै आएका ३६ वर्षीय रत्नबहादुर घर्तीले आफ्नै २९ वर्षीय श्रीमती रेखा घर्तिलाई घर नजिकको तोरी बारीमा लगेर हत्या गरेको आरोपमा प्रकाउ गरेको हो । प्रहरीले नौबिसे चोक बस्दै आएका रत्नबहादुर विश्वराज पौडेलको तोरी बारीको कान्लामा श्रीमतीको घाटी थिचेर हत्या गरेको आरोपमा प्रकाउ गरेको हो ।    श्रीमतीको हत्या गरेको आरोपमा प्रकाउ परेका रत्नबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   

पोखरा:  पोखरा रास्वपाका सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने युवकलाई कास्की प्रहरीले थप १० दिन हिरासतमा राख्ने अनुमति पाएको छ ।   अनुसन्धानका लागि लमजुङको राइनास नगरपालिका–८ का सन्तोष रानाभाटमाथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप भएको कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक श्रवण कुमार बिकले जानकारी दिए ।   कास्की प्रहरीका अनुसार रानाभाटमाथि सार्वजनिक ठाउँमा शान्ति भंग गरेको कसुरमा अनुसन्धान भइरहेको छ ।   रानाभाटले शनिबार पोखराको अमरसिंहचौरको सभालाई सम्बोधन गरिरहेको बेला रविलाई मकैको खोया प्रहार गरेका थिए ।  

काठमाडौँ:   मुगुको सोरु गाउँपालिका–९, खनैयाँमा कार्यरत स्वास्थ्यकर्मी तुलसाकुमारी विकमाथि जातीय भेदभाव गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीका अनुसार जातीय भेदभाव गरेको आरोपमा झापु शाही र धनबहादुर भट्टलाई पक्राउ गरिएको हो ।   शाही खनैयाँ स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाहीकी आमा हुन् ।   उनको घरमा डेरा गरेर बसेकी तुलसालाई जात थाहा भएपछि जातीय भेदभाव गरेको र डेरा सरेर जान दबाब दिएको उनीमाथि आरोप छ । त्यस्तै, भट्ट स्थानीय व्यापारी हुन् ।   उनले सामान किन्न जाँदा तुलसाको जात सोधेको र विश्वकर्मा भन्ने थाहा पाएपछि सामान भुँइमै राखेर दिएर पैसासमेत भुँइमा राख्न लगाएर लिएको आरोप छ । शाही र भट्टलाई शनिबार पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक कार्कीले बताए ।   दाङ घर भएकी अनमी तुलसाकुमारी गत वर्ष माघमा नियुक्ति लिएर खनैयाँ पुगेकी थिइन् ।   बैशाखमा घरधनीले जात थाहा पाएपछि त्यसयता डेरा सर्न दबाब दिएको र त्यसक्रममा गाउँले र गाउँपालिकाको शिक्षा शाखाका प्रमुख विरेन्द्र मल्लबाट यौन दुव्र्यवहार समेत भएको उनको आरोप छ । तर उनले त्यसको विरुद्धमा कानूनी लडाइँ लड्ने साहस समेत गरेकी थिइनन् ।

पोखरा:  कास्की प्रहरीले ३ जनालाई ३ ग्राम ५ मिलिग्रामसहित  ब्राउन सुगरसहित पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा झापाको धुलाबारी नगरपालिका–१० घर भएका ३० वर्षीय सबिन अलीसहित ३ जना रहेका छन् ।   उनीहरुलाई गएराती पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित होटल डाँफेमुनालबाट पक्राउ गरिएको हो ।    उक्त होटलको कोठा नम्बर १०२ मा लागूऔषध कारोबार भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।  

पोखरा:   पोखरा महानगरपालिका–९ पृथ्वीचोक बसपार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटक, यात्रुहरुलाई हनि ट्रयापमा पारेर लुटपाट गरेको आरोपमा प्रहरीले दुईजना महिलासहित ५ जनालाई प्रकाउ गरेको छ ।    बसपार्क क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटक, यात्रुहरुलाई विभिन्न प्रलोभनमा देखाई हनि ट्रयापमा पारेर लुटपाट तथा पकेटमार गरी दुःख दिने कार्यमा संलग्न भएको आरोपमा पृथ्वीचोक बसपार्कबाट वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई हिजो (मंगलबार) प्रकाउ गरेको हो ।  पोखरा महानगरपालिका २३ बस्ने २५ वर्षीय मौसम परियार, चितवन स्थायी घर भई पोखरा ९ बस्ने २० वर्षीय प्रकाश परियार, पोखरा ९ बस्ने १९ वर्षीय मन्जु नेपाली, पोखरा ९ बस्ने १९ वर्षीय सम्झना परियार र लमजुङ स्थायी घर भई पोखरा ९ बस्ने योगेश गुरुङलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो । उनीहरुले पोखरा आएका आन्तरिक तथा बाह्य पर्यटक, यात्रुहरुलाई महिलाहरुको प्रयोग गेर घुमफिर गर्न आउने पुरुष व्यक्तिहरुलाई होटल मिलाई दिने बहानामा विभिन्न प्रलोभनमा पारेर एकान्त ठाउँमा लगि पैसा तथा मोबाइल फोन लुटपाटमा संलग्न भएको पाइएपछि प्रकाउ गरेको बैदाम प्रहरीले जनाएको छ ।  प्रकाउ परेका पाँचै जनालाई अभद्र व्यवहार सम्बन्धी मुद्धामा आज जिल्ल प्रशासन कार्यालय कास्कीबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।