एक साताअघि धरानस्थित पाँच कन्याको जङ्गलमा मृत फेला परेकी धनकुटाको महालक्ष्मी नगरपालिका–२ की ३४ वर्षीय चुनकुमारी बुढाथोकीको हत्या श्रीमानले नै गराएको खुलेको छ ।   वैदेशिक रोजगारीका क्रम...

पोखरा:   पोखराको एक होटलमा क्यानडा पठाउने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले दुई विदेशी नागरिकसहित ६ जनालाई प्रकाउ गरेको छ । प्रहरीले उनीहरुलाई पोखरा महानगरपालिका–१० बुद्धचोकस्थित होटल टास्कबाट मंगलबार राति प्रकाउ गरेको हो ।  पोखरा बुद्धचोक स्थित होटल टास्कमा क्यानडा लैजाने प्रलोभन देखाएर अन्तवार्ता लिन विभिन्न व्यक्तिहरुलाई बोलाएको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले होटल टास्कबाट ६ जनालाई प्रकाउ गरेको डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।  ‘होटल टास्कमा क्यानडा पठाउने प्रलोभन देखाएर विभिन्न व्यक्तिहरुलाई अन्तवार्ताका लागि बोलाएको गोप्य सूचनाको आधारमा प्रहरीको टोलीले खटिएको थियो’, डीएसपी विकले भने, ‘अन्तवार्ता लिइरहेको अवस्थामा २ विदेशी नागरिकसहित ६ जनालाई प्रकाउ गरेर म्याद थप गरेर अनुसन्धान अगाडि बढाएका छौं ।’ उनका अनुसार प्रकाउ पर्नेमा पोखरा–१३ पाटनबेशी बस्ने ६५ वर्षीय पार्वती सुनार, पोखरा–९ महेन्द्रपुलकी ३७ वर्षीय रिता सुनार, स्याङजाको फेदीखोला गाउँपालिका–३ बस्ने ३२ वर्षीय सिमा सुनार, काठमाडौं महानगरपालिका–१४ कलंकीका ३८ वर्षीय प्रदीप उपाध्याय, क्यानडाका स्थायी  ठेगाना भएका ४५ वर्षीय राकेश जैसवाल र भारतको मध्यप्रदेश घर भएका ३२ वर्षीय इस्मित कौरलाई रहेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी विकका अनुसार प्रकाउ परेका पार्वती सुनारले छोरी क्यानडामा छ भनेर सिधै क्यानडाको भिषा निकाल्ने देखि काममा लगाउने प्रलोभन देखाएर प्रतिव्यक्ति २ हजार दरले उठाइरहेको अवस्थामा प्रकाउ गरेको जानकारी दिए ।  ‘अन्तर्वार्ता पास भएपछि प्रतिव्यक्ति ३० लाख रुपैयाँ लाग्ने र अन्र्तवार्ताका लागि २ हजार रुपैयाँ लिइरहेको अवस्थामा उनीहरुलाई फेला पा¥यौं’ उनले भने ।  प्रकाउ परेकालाई जिल्ला अदालत कास्कीबाट ठगी सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।      

काठमाडौं:    सामाजिक सञ्जाल फेसबुक तथा ह्‍वाट्सएपमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–४ बस्ने गोरखा भिमसेनथापा गाउँपालिका–२ घर भएका २४ वर्षीय भिमसेन भट्ट रहेका छन् । रोजगारीको सिलसिलामा चिनजान भई प्रेम सम्बन्धमा रही, भेटघाटको क्रममा भएका क्रियाकलापको तस्बिर तथा श्रव्य–दृश्य सम्पादन गरी सामाजिक सञ्जाल फेसबुक तथा ह्‍वाट्सएप मार्फत सम्प्रेषण गरी चरित्रहत्या गर्नुका साथै दुःख, हैरानी दिने गरेको भन्ने उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा भट्टको संलग्नता खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।  भट्ट उपर जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नवलपुर:  नवलपुरमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा हुप्सेकोट गाउँपालिका–६ बिरुखर्क बस्ने ३३ वर्षीय शेरबहादुर लम्का मगर रहेका छन् ।   उनले आफ्नै श्रीमती ३४ वर्षीया चनिसरा लम्कामगरको हत्या गरेको प्रहरीले जनाएको छ ।   शेरबहादुरले आफ्नै श्रीमतीलाई गएराति कोदालो र खुर्पा प्रहार गर्दा घट्नास्थलमै मृत्यु भएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय नवलपुर र प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो ।     सो विषयमा अहिले थप अनुसन्धान गरिहरेको प्रहरीले जनाएको छ ।        

काठमाडौं:     नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा प्रहरीले चिकित्सक शम्वुद्ध भट्टाचार्यलाई पक्राउ गरेको छ । सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले डा. भट्टाचार्यलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद भएको छ । उनले भारतबाट एमबीबीएस उतीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको र त्यही आधारमा नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएको प्रहरीको भनाइ छ ।

काठमाडौं:    राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको रु दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा नरेश अग्रवाल र उनका सहयोगी रहेका विभागका महानिर्देशक नवराज ढुङ्गानाले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राजस्व अनुसन्धान विभागको टोलीले करिब रु दुई करोड ३० लाखजति रकमसहित चार जनालाई पक्राउ गरेको छ ।” व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि उक्त रकम फेला परेको बताइएको छ । बरामद गरिएको रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ । पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न आजै अदालतबाट म्याद लिने विभागको तयारी रहेको विभागका महानिर्देशक ढुङ्गानाले बताउनुभयो ।

पोखरा:    पोखरामा पार्किङ गरेको बोलेरो जीप चोरी गरेको आरोपमा गोविन्द परियार प्रकाउ परेका छन् । जीप चोरी गरेको आरोपमा प्रहरीले गोविन्दलाई आज (बुधबार) प्रकाउ गरेको हो ।  पोखरा महानगरपालिका १० अमरसिंह स्कुलको खेल मैदानमा पार्किङ गरेर राखेको ग २ च २३४३ नम्बरको बोलेरो जीप चोरी भएको सूचनापछि खोजी कार्यका लागि निस्किएको रामबजार प्रहरीले पोखरा १४ समिनतराबाट गोविन्दले उक्त जीप चलाउँदै गरेको अवस्थामा फेला पारेको थियो ।  पार्किङ स्थलबाट हराएको जीप पोखरा–१४ खाल्टेमसिना बस्ने २० वर्षीय गोविन्द परियारले चलाउँदै गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।  चोरी गरेको आरोपमा प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ६दिनको म्यान थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।       

काठमाडौं:   काठमाडौंमा नक्कली मदिरा बनाई बेचबिखन गरेको आरोमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी नगरपालिका–५ थलीमा घर भाडामा लिएर उनीहरुले स्वदेशी तथा विदेशी रक्सीको बोतलमा नक्कली रक्सी भरेर बिक्री गर्ने गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा रामेछाप घर भई मूलपानी बस्ने २८ वर्षका मनोज खत्री, रामेछाप घर भई कोटेश्वर बस्ने ३६ वर्षका विनोदकुमार कार्की र सिन्धुपाल्चोक घर भई मूलपानी बस्ने २७ वर्षका मोहन खड्का रहेका छन् । त्यस्तै सिन्धुली घर भई मूलपानी बस्ने २८ वर्षका गौरव तामाङ, कागेश्वरी मनोहरा नगरपालिका–६ का ३६ वर्षका सुमन नगरकोटी, सिन्धुली घर भई कोटेश्वर बस्ने ४० वर्षका लेखबिक्रम थापा पनि पक्राउ परेका छन् । रामेछाप घर भई मूलपानी बस्ने २३ वर्षका महेश खत्री, २० वर्षका मनिष खत्री र सिन्धुपाल्चोक घर भई मूलपानी बस्ने १८ वर्षका रोशन कार्की पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार विनोद कार्कीको थलीस्थित भाडाको कोठा खानतलासी गर्दा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन मदिरा बनाइ कालोबजारी गर्ने गरेको पाइएको थियो । उनीहरुले आन्तरिक राजस्व कार्यालयको अन्तःशुल्कका नक्कली स्टिकरहरु प्रयोग गर्ने गरेका थिए । उनीहरुले नक्कली मदिराहरु बजार मूल्य भन्दा सस्तोमा दिने गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह् राठौरले बताए । उनीहरुले बजारमा पाइने सामान्य मदिरालाई ब्राण्डेड रक्सीको बोतलमा मिसाएर बिक्री गर्ने गरेका थिए ।

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्धामा फरार ७७ जना फरार प्रतिवादीलाई प्रकाउ गरेको छ । कास्की प्रहरीले गत पुष महिनामा ७७ जना फरार प्रतिवादीलाई प्रकाउ गरेको हो ।  विभिन्न मुद्धामा फरार रहेका ७७ प्रतिवादीहरुले १६ वर्ष २ महिना १४ दिन कैद सजाय र ३ लाख ३ हजार ७ सय ५ रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको कास्की प्रहरीले जनाएको छ । प्रकाउ परेका प्रतिवादीहरुलाई अदालतमा बुझाइएको कास्की प्रहरीले जनाएको छ ।  कास्की प्रहरीका  अनुसार गत पुष महिनामा प्रकाउ परेका प्रतिवादी मध्य सबैभन्दा बढि नेक अनादार मुद्धामा ४४ जना रहेका छन् ।  यस्तै सार्वजनिक स्थानमा अभद्र व्यवहार मुद्धा र जालसाझी मुद्धामा ३/३ जना, लागुऔषध मुद्धामा १३ जना, जुवातास मुद्धामा ३ र लेनदेन (बिगो सम्बन्धी मुद्धामा २ जना प्रकाउ परेका छन् ।  यस्तै अभद्र व्यवहार मुद्धा, झुुट्टा विवरण पेश गरी नागरिकता लिएको मुद्धा,जुवातास मुद्धा, केही सार्वजनिक अपराध मुद्धा, दोहोरो नागरिकता लिएको सम्बन्धी मुद्धा, ज्यान सम्बन्धी मुद्धा, सवारी ज्यान मुद्धा, गैर कानुनी कारोवार सम्बन्धी मुद्धा र अपुतािल हक कायम सम्बन्धी मुद्धामा १/१ जना प्रकाउ परेका छन् । 

पोखरा:   कास्की प्रहरीले पोखरा महानगरपालिका–८ न्यूरोडबाट ९ जनालाई जुवा खालबाट पक्राउ गरेको छ ।   प्रहरीका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घर भई न्यूरोड बस्ने दिपा पुनको घरबाट उनीसहित ९ जना शनिबार राती पक्राउ परेका हुन् ।    प्रकाउ पर्नेमा पोखरा महानगरपालिका ८ न्युरोड बस्ने ३५ वर्षीय दीपा पुन, पोखरा १ बगर बस्ने ५४ वर्षीय जीतबहादुर गुरुङ, पोखरा ११ बस्ने ३६ वर्षीय दिप्लव गुरुङ, पोखरा १८ बस्ने ३६ वर्षीय पवित्रा ढकाल, पोखरा ११ बस्ने ७१ वर्षीय तीर्थबहादुर गुरुङ र पोखरा १७ बिरौटा बस्ने ५० वर्षीय आईती गुरुङ छन् ।  यस्तै पोखरा १० रामबजार बस्ने ३५ वर्षीय अमर खनाल, पोखरा १४ बस्ने कुलबहादुर गुरुङ र पोखरा बिरौटा बस्ने ३२ वर्षीय नबिन थापालाई जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले गएराति प्रकाउ गरेको हो ।    उनीहरूको साथबाट नगद १ लाख २२ हजार १ सय ७५ रूपैयाँ र  ४ बुक तास बरामद भएको छ । जुवातास खेलिरहेको अवस्थामा प्रकाउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने)ं सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।