एक साताअघि धरानस्थित पाँच कन्याको जङ्गलमा मृत फेला परेकी धनकुटाको महालक्ष्मी नगरपालिका–२ की ३४ वर्षीय चुनकुमारी बुढाथोकीको हत्या श्रीमानले नै गराएको खुलेको छ ।   वैदेशिक रोजगारीका क्रम...

उदयपुर:  कटारी नगरपालिका–७ देउलीकुनाबाट ६० किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    प्रहरीका अनुसार पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–२ का ३१ वर्षीय अर्जुन मगर र ३० वर्षीय लोक बहादुर राई रहेका छन् ।      उनीहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी कटारीबाट खटिएको प्रहरीले ३ वटा बोरामा रहेको ६० किलो गाँजा बोकी लैजादै गरेको अवस्थामा पक्राउ गरेको हो ।    पक्राउ परेका उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।  

पोखरा:  कास्की प्रहरीले बालबालिकाको गहना चोरी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका ६ घर भई हाल पोखरा महानगरपालिका ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेकी छिन् ।   प्रहरीका अनुसा उनले गत २० गते शितलादेवी स्कुलबाट ६ वर्षकी बालिकालाई फकाएर कानमा लगाएको सुनको मुन्द्रा र निजको घरमा रहेको भुड्कीको पैसा चोरी गरी फरार थिइन् ।      त्यसपछि उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको हो । उनले यसअघि पनि १२ जना महिला तथा बालबालिकाहरुलाई ललाई फकाई गरी सुनका गरगहनाा चोरी गरेको कसूरमा ९ भुक्तान गरेकी थिइन् भने जरिवाना स्वरुप २८ हजार रुपैयाँ तिरेकी थिइन् ।    फेरी पक्राउ परेकी उनीमाथि  कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।    

उदयपुर:   उदयपुरको चौदण्डिगढी नगरपालिका वडा नं ८ सिद्धिपुरस्थित हिलेखोलाको जङ्गलमा एक २० बर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जना युवकलाई  पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा चौदण्डीगढी नगरपालिका वडा नं ८ हिलेखोला बस्ने ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय खड्ग मगर रहेको प्रहरीले जनाएको छ ।  उनीहरूले किशोरीलाई ललाई फकाई हिलेखोला जङ्गलमा लगेर सामूहिक बलात्कार गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  उनीहरूलाई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले बताए । 

पोखरा:  पोखरा लागूऔषध ब्राउनसुगरसहित स्याङ्जाका अनिल गुरुङलाई प्रहरीले प्रकाउ गरेको छ । गुरुङलाई लागूऔषध ब्राउनसुगरसहित आज (बुधबार) प्रहरीले प्रकाउ गरेको हो ।  स्याङ्जाको भिरकोट नगरपालिका–१ स्थायी घर भई पोखरा महानगरपालिका १५ कोलपाटन बस्ने ३४ वर्षीय गुरुङलाई शंका लागेर चेकजाँच गर्ने क्रममा प्रहरीले लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो ६ ग्राम २सय मिलिग्राम पदार्थसहित प्रकाउ गरेको हो ।  प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

काठमाडौं:    प्रहरीले तपस्वी रामबहादुर बम्जन भन्ने राम लाल बम्जनलाई पक्राउ गरेको घरबाट तीन करोड तीन लाखभन्दा बढी नेपाली रुपियाँ बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक एवम् प्रवक्ता नवराज अधिकारीले काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–६ टनगाउँमा बस्दै आएका बम्जनको घरबाट उक्त रकम बरामद गरेको जानकारी दिए ।  प्रवक्ता अधिकारीका अनुसार तीन करोड तीन लाख ७५ हजार पाँच सय नेपाली रुपियाँ, विभिन्न १७  देशका ३० लाख ९२ हजार ४०६ विदेशी मुद्रा गरी तीन करोड ३४ लाख ३७ हजार ९०६ रुपियाँ बरामद भएको हो ।   यसैगरी, प्रहरीले मोटरसाइकलको बिलबुक तीन थान, गाडीको चाबी एक थान, विभिन्न ब्राण्डका पेन ड्राइभ २० वटा, भ्याइस् रेकडर एक थान, मेमोरी कार्ड दुई थान, ल्यापटप दुई थान, मोबाइल १४ थान तथा आइप्याड र ट्याप पाँच थान बरामद गरेको प्रवक्ता अधिकारीले जानकारी दिए ।  उनका अनुसार बम्जनको आश्रमबाट विभिन्न समयमा बेपत्ता भएका अनुयायीहरूको सम्बन्धमा थप अनुसन्धान तथा खोजतलास भइरहेको छ । बम्जनलाई पक्राउ गरिएको बारे बुधबार औपचारिक जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनलाई बुढानीलकण्ठ नगरपालिका, वडा नं ६, टनगाउँबाट पक्राउ गरिएको हो । वि.सं २०७१ साउनदेखि बाराको हलखोरियामा बम्जनको आश्रममा रहेकी आनीले उनीविरुद्ध उजुरी दिएकी थिइन् । बाल यौन शोषण गरेको मुद्दा लागेपछि फरार रहेका बाराको रतनपुरी स्थायी वतन भएका बम्जनलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतले २०७६/१०/२३ अनुमति दिएको थियो ।   यसैगरी, प्रतिवादीलाई पक्राउ गरी उपस्थित गराई गराउन जिल्ला प्रहरी कार्यालय, सर्लाहीले पनि २०७६/१०/२४ पत्राचार गरेकामा खोजतलासका क्रममा मङ्गलबार बम्जनलाई पक्राउ गरिएको हो ।   बम्जनको खोजतलास गर्ने क्रममा मङ्गलबार  राति १९:१५ बजे पक्राउ गर्न घरमा प्रवेश गर्दा  झ्यालबाट खाली रहेको भिरालो जमिनमा हाम फाली भाग्ने क्रममा ब्युरोको टोलीले पक्राउ गरेको पत्रकार सम्मेलनमा प्रवक्ता अधिकारीले जानकारी दिए ।

पोखरा:  गैर कानुनी कर्जा प्रवाह तथा निक्षेप संकलन मुद्धाका फरार प्रतिवादी रेशम रोका नेपालीलाई प्रहरीले प्रकाउ गरेको छ ।  पोखरा महानगरपालिका–८ आलुमाईला चोक बस्दै आएका नेपालीलाई प्रहरीले आज (मंगलबार) प्रकाउ गरेको हो ।   गैर कानुनी कर्जा प्रवाह तथा निक्षेप संकलन मुद्धामा उच्च अदालत पोखराले ०७१ फागुन ११ गते १ वर्षको कैद सजाय गरेपनि उनी फरार भएका थिए । प्रकाउ परेका नेपालीलाई कैद साजय भुक्तानका लागि अदालतले कारागार चलान गर्न आदेश दिएको छ । 

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध हतियार भरुवा बन्दुकसहित यमबिर गर्बुजा पुनलाई प्रकाउ गरेको छ ।  म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६ स्थायी घर भई पोखरा–३ निलगिरी बस्दै आएका ६९ वर्षीय पुनलाई प्रहरीले एकनाले बन्दुक सहित सोमबार प्रकाउ गरेको हो ।  अवैध हतियारसहित प्रकाउ परेका पुनलाई जिल्ला अदालत कास्कीबाट हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा ७ दिनको म्याद गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   

पोखरा:    पोखरा महानगरपालिका–१२  चापानीमा जुवातास खेलिरहेका ८ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले प्रकाउ गरेको छ । पोखरा–१२ चायापानीस्थित मैत कुमारी गुरुङले जुवातास खेलाई रहेको गोप्य सूचनाको आधारमा ८ जना जुवाडेलाई शनिबार प्रहरीले प्रकाउ गरेको हो ।  प्रकाउ परेका ८ जना जुवाडेको साथबाट प्रहरीले १ लाख ३५ हजार ९ सय ८५ रुपैयाँसहित ४ बुक तास बरामद गरेको छ ।  प्रकाउ पर्नेमा पोखरा महानगरपालिका १० रामबहादुर बस्ने ५० वर्षीय पञ्चमाया गुरुङ, शिशुवा बस्ने ४० वर्षीय गोपी गुरुङ, फुलबारी बस्ने ५२ वर्षीय पूर्णिमा गुरुङ, दीप बस्ने ४६वर्षीय रुपा गुरुङ, पोखरा १३ बस्ने ५२ वर्षीय देवीबहादुर गुरुङ, फुलबारी बस्ने ४१ वर्षीय धुत प्रसाद गुरुङ, चायापानी बस्ने ५२ वर्षीय मैतकुमारी गुरुङ र मकवानपर हेटौडा स्थायी घर भई पोखरा ११ रानीपौवा बस्ने ५५ वर्षीय कृष्णमायाँ थापालाई जुवातास खेल्दै गरेको अवस्थामा प्रकाउ परेका हुन् ।  प्रकाउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा–८, जाल्पारोडको एक होटलबाट पोखरा–९, पृथ्वीचोक बस्ने वर्ष २९ का प्रविन गुरुङ, पर्वत घर भई काठमाडौंको शङ्खमूल बस्ने वर्ष २३ का निर्मल मल्ल र पोखरा–१७, बिरौटा बस्ने वर्ष २६ का राजेश ठकुरीलाई पक्राउ गरेको हो । उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।  पोखरा–८, जाल्पारोडस्थित रहेको काभ्रेली खाजाघरका सञ्चालकले बालिका तथा महिलालाई होटलमा राम्रो काम लगाइदिन्छु भनी सुरुमा सरसफाइको काम लगाएपछि विभिन्न प्रलोभनमा पारी पोखराका विभिन्न होटलमा पठाई यौन शोषण गरेको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले बिहीबार राति १० बजेतिर पर्वत खाजाघरबाट महिलालाई बाहिर लैजान लागेको अवस्थामा एक बालिका र दुई महिलालाई उद्धार गरेको छ ।