काठमाडौं:   वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिने भन्दै १३ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाड...

पोखरा:    पोखरामा महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई प्रकाउ गरेको छ । सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले अमरसिंहचोकबाट तीन जनालाई मंगलबार बिहान अन्दाजी ४ बजेको समयमा प्रकाउ गरेको हो ।  कास्कीको मादी गाउँपालिका–९ स्थायी घर भई पोखरा १० अमरसिंहचोक बस्ने ३६ वर्षीय चन्द्रबहादुर थापा, मादी–१२ भगवतिटार घर भएका ३८ वर्षीय कृष्ण रानाभाट र २९ वर्षीय विनोद परियारले महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।  उनीहरुले महिलालाई खाजा खान जाम भनी ललाई फकाई गरेर खेलकुद मैदानमा पार्किङ गरी राखेको ग १ ख ६५९५ नम्बरको बस भित्र लगी बियर खुवाएर जबरजस्ती गरेको अवस्थामा अमरसिंहचोकबाट खटिएको सीआरभी प्रहरीको टोलिले प्रकाउ गरेको डीएसपी शर्माले बताए ।    प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट जबरजस्ती करणी (सामुहिक) मुद्धामा म्याद थप गरेर अनुसन्धान अगाडि बढाईने डीएसपी शर्माले बताए ।   

पोखरा:   पोखरामा मुख्यमन्त्रीको पिए हुँ भन्दै ठगी गरेको आरोपमा सुवास सुवेदीलाई प्रहरीले प्रकाउ गरेको छ । प्रहरीले ठगी गरेको आरोप सुवेदीलाई काठमाडौंबाट प्रकाउ गरेको हो ।  सुवेदीले मुख्यमन्त्रीको पिए हुँ भन्दै तुरुन्तै पोखरा–काठमाडौंको हवाई टिकट बुक गरिदिनु पैसा क्युआर कोड मार्फत पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले प्रकाउ गरेको हो ।    सुवेदीले बैशाख २० गते मुख्यमन्त्रीको पिए हुँ भन्दै तुरन्तै पोखरा–काठमाडौं, काठमाडौं–नेपालजञ्जको हवाई टिकटका लागि पोखरा महानगरपालिका–६ लेकसाइडस्थित रहेको एके टुर्स एण्ड ट्राभल्स प्रालिमा फोन गरी हवाई टिकट काट्न लगाई पछि क्युआरमा पैसा नपठाई ठगी गरेको जाहेरीको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलिले काठमाडौबाट प्रकाउ गरेको हो ।  प्रकाउ परेका सुवेदी माथि अन्य २ वटा ठगी सम्बन्धी किटानी जाहेरी समेत परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।    प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:   पोखरा महानगरपालिका–२७ तालचोकस्थित एक दोहोरी साँझका सञ्चालकले ग्राहक कुटेको आरोपमा प्रहरीले एकजनालाई प्रकाउ गरेको छ ।  दोहोरी साँझमा गएका तेजबहादुर गुरुङलाई कुटपिट गरी गम्भिर घाइते बनाएर फरार रहेको जाहेरीको आधारमा प्रहरीले तालचोकबाट हिजो (सोमबार) ३२ वर्षीय सुनिल बस्नेतलाई प्रकाउ गरेको हो ।  शनिबार राति तालचोकस्थित सातताल दोहोरी साँझ तथा रेष्टुरेन्टमा गएका गुरुङलाई सञ्चालक बस्नेतले कुटपिट गरेका थिए ।  प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट ज्यानमार्ने उद्योगमा ८ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

पोखरा:      पोखरामा सर्वसाधरण नागरिक तथा पर्यटकहरुलाई दुःख हैरानी दिने ५ जनालाई प्रहरीले प्रकाउ गरेको छ ।  पोखरा महानगरपालिका–५ जिरो किमी, लेकसाइड,हल्लनचोक क्षेत्रमा  सर्वसाधारण तथा पर्यटकहरुलाई दुःख हैरानी दिएको भन्दै प्रहरीले हिजो (शनिबार) प्रकाउ गरेको छ ।  सर्वसाधरण नागरिक तथा पर्यटकहरु सवारी साधनबाट ओरल्ने स्थानबाट बाटो छेक्ने, राम्रो होटल मिलाईदिन्छु भन्दै झोलाहरु तान्ने पैसाको बार्गेनिङ गर्दै अनावश्यक दुःख हैरानी दिएको आरोपमा ५ जनालाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  प्रकाउ पर्नेमा पोखरा महानगरपालिका–६ डिहिकोपाटन बस्ने २६वर्षीय सन्तोष श्रेष्ठ, लालुपाते मार्ग बस्ने २५ वर्षीय मिनप्रसाद पौडेल, ३१ वर्षीय धनदेउ क्षेत्री, खहरेचोक बस्ने शुसान्त क्षेत्री र २५ वर्षीय अमित भण्डारी छन् ।  प्रकाउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

काठमाडौं:      वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पु¥याएर मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बस्ने ४७ वर्षीय श्यामबाबु बराकोटी रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार निजलाई जिल्ला प्रहरी कार्यालय धादिङको समन्वयमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको टोलीले धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बाट पक्राउ गरेको हो । पक्राउ परेका बराकोटीले पीडितलाई सरकारबाट श्रम स्वीकृति लिन लगाएपछि वैदेशिक रोजगारीका लागि कुवेत पठाइदिने भनी झुक्याएर विसं २०७९ माघ २५ गते भिजिट भिसामा कुवेत पु¥याएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कुवेतको विमानस्थलमा देखाउने कागजात फरक बनाइ पठाएको, कुवेतको विमानस्थलमा पुगेपश्चात् जाहेरवालाको सक्कल नेपाली राहदानीलगायत कागजात नियन्त्रणमा लिई श्रीलङ्कन मूलको एजेन्टलाई जिम्मा लगाएको र कुवेती नागरिकको घरमा पु¥याइ बेचविखन गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रवक्ता ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पीडितले कुवेतमा काम नगर्ने नेपाल फिर्ता गरिदिन भनी आग्रह गर्दा रु पाँच लाख रकम माग गरेको र नेपालमा रहेका आफन्तलाई सम्पर्क गरी बराकोटीले उपलब्ध गराएको खातामा रु तीन लाख रकम जम्मा गरेपश्चात् पीडित कुवेतबाट विसं २०७९ फागुन २१ गते स्वदेश फर्कन सफल भएको बुझिएको छ । अन्य अनुसन्धान भइरहेको छ ।” पक्राउ परेका बराकोटी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप भई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरुकोसमेत प्रहरीले खोजी गरिरहेको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिका–३ मराम्चे स्थित मराम्चे सामुदायिक जंगलमा आगो लगाउने अगन्दर पौडेललाई प्रहरीले प्रकाउ गरेको छ ।  अन्नपूर्ण गाउँपालिका–३ मराम्चे स्थित मराम्चे सामुदायिक जंगलमा शुक्रबार आगलागी भएको सूचनापछि आगलागी नियन्त्रणका लागि वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलिले जंगलमा आगो लगाउने ३९ वर्षीय अगन्दर पौडेललाई प्रकाउ गरेको हो ।  प्रकाउ परेका पौडेलले आफ्नै पाखोबारीमा सुकेका घसेटामा लगाएको आगो अनियन्त्रित भएर सामुदायिक जंगलमा फैलिएको प्रारम्भिक अनुसन्धानमा बताएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  प्रकाउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय बगरमा पठाइएको छ ।   

पोखरा:   पोखरा महानगरपालिका–१७ छोरेपाटनबाट २ जना लागूऔषधसहित प्रकाउ परेका छन् ।  लागूऔषध नियन्त्रण व्यूरो शाखा पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलिले ७५ एम्पुल लागूऔषधसहित २ जनालाई प्रकाउ गरेको हो ।  प्रहरीले बरामद गरेको लागूऔषध । फोटो: कास्की प्रहरी स्याङ्जाको पुतलीबजार नगरपालिका–८ बाहाकोट बस्ने ३५ वर्षीय भिमबहादुर शाही र छोरेपाटनका ३८ वर्षीय राजेन्द्र विकलाई नुर्फिन २५ एम्पुल, डाईजापाम २५ एम्पुल र फेनरागन २५ सहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:     पोखरामा आफ्नो छोरीसँग झगडा गरेको भन्दै एक युवतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाउने ४७ वर्षीय सोमबहादुर परियारलाई प्रहरीले प्रकाउ गरेको छ ।  आफ्नो छोरीसँग झगडा गरेको भन्दै एक युवतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको सूचनापछि अनुसन्धानका लागि खटिएको वडा प्रहरी कार्यालय बैदामको टोलिले परियारलाई बैशाख १७ गते (सोमबार) पोखरा महानगरपालिका–६ डिहिगोपाटनबाट प्रकाउ गरेको हो ।  स्याङ्जाको पुतलीबजार नगरपालिका–२ स्थायी घर भई पोखरा–२ बस्दै आएका परियारले छोरीसँग झगडा गरेको विषयलाई लिएर युवतीलाई धारिलो छुरा टाउकोमा प्रहार गरि घाइते बनाएका थिए ।    प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट ज्यान मार्ने उद्योग कसूरमा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।      सच्चाइएको: पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीलाई धारिलो हतियार प्रहार गर्ने सोम प्रकाउ हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ । त्यसबाट पाठक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौं । 

पाल्पा:   पाल्पामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक वृद्धा पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा रम्भा गाउँपालिका–४ बक्चौर बस्ने ७५ वर्षीय पदम बहादुर खनाल रहेका छन् ।   खनालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी आर्यभन्ज्याङबाट खटिएको प्रहरी टोलीले गत मंगलबार राती पक्राउ गरेको हो ।   सो विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।