सप्तरी:  सप्तकोशी नगरपालिका–४ तुलसी चोकबाट स्रोत नखुलेको नगद २० लाख ७८ हजार रुपैयाँसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा धनकुटा सहिदभूमी गाउँपालिका...

तनहुँ:   १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तनहुँमा २ जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा भिमाद नगरपालिका–५ वाङटेङटार बस्ने ४३ वर्षीय चित्र बहादुर कामी र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेका छन् ।    तनहुँ प्रहरीका अनुसार उनीहरूले ती बालिकालाई असार १५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  

काठमाडौं:     प्रहरीले झन्डै छ किलो कोकिनजस्तो देखिने पदार्थसहित एक मलेसियन नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोली र प्रहरी वृत्ति लैनचौरको संयुक्त टोलीले आज ठमेलस्थित काठमाडौँ सिटी होटलबाट ४७ वर्षीया मलेसियन महिला बाथुमलाई भादिभालोलाई पक्राउ गरेको हो । प्रहरीले भादिभालोका साथबाट पाँच किलो आठ सय २० ग्राम कोकिनजस्तो देखिने पदार्थ बरामद गरेको छ । प्रहरी परिसर काठमाडौँले आज यहाँ पत्रकार सम्मेलनमार्फत बरामद गरिएको लागुऔषधसहित महिलालाई सार्वजनिक गरेको हो । ती महिलाले छवटा विद्यालय झोलामा ‘फल्स बटम’ बनाई उक्त पदार्थ थाइल्यान्डको बैङ्कक हुँदै नेपाल भित्र्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो । बरामद गरिएको लागुऔषधको अन्दाजी मूल्य रु २० करोड ३७ लाख हुने प्रहरीले जनाएको छ । उक्त होटलमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । ती महिला मलेसियाबाट १२ जुलाई २०२४ मा लाओस पुगेको, लाओसबाट १३ जुलाईमा थाइल्यान्डको बैङ्कक हुँदै राति ११ः२५ बजे काठमाडौँ आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । निजका साथबाट यही जुलाई १९ मा काठमाडौँबाट मलेसिया फर्कने हवाई टिकट फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलाले लाओस वा थाइल्यान्डबाट कोकिन ल्याएको प्रहरीको आशङ्का छ । कोकिन पठाउने लाओस वा थाइल्यान्डमा रहेको र पाउने भारतमा रहेको अनुमान गरिएको छ । ती महिलाले ‘मेडियटर’को काम गरेको अर्को व्यक्ति भारतबाट काठमाडौं लिन आएको हुनसक्ने प्रहरीको भनाइ छ । “ती महिला पाँचरछपटक नेपाल आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ”, प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले भन्नुभयो, “काठमाडौँलाई ‘ट्रान्जिट’ बनाएको देखिएको छ, यसबारेमा अनुसन्धान भइरहेको छ ।” पक्राउ परेकी महिला मलेसियाको भाषा मात्र बोल्ने भएकाले थप अनुसन्धानमा जटिलता थपिएको उहाँको भनाइ छ । ती महिलाले कोकिन काठमाडौँलाई ‘ट्रान्जिट’ बनाएर भारत पठाउन लागेको आशङ्का गरिएको छ । उक्त कोकिन लिन आउने व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ । अहिले ठूलो परिणामको लागुऔषधसँगै पक्राउ परेकी ती महिलाले यसअघि पनि पटकपटक नेपाल आउँदा लागुपदार्थको ओसारपसार गर्ने गरेको हुनसक्ने निष्कर्षसहित अनुसन्धानलाई व्यापक बनाइएको प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले बताउनुभयो ।

काठमाडौं:   काठमाडौं महानगरपालिका–२२ सुन्धाराबाट स्रोत नखुलेको रु ३८ लाखसहित चितवन भरतपुर महानगरपालिका–१५ गणेशटोल निवासी ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । साथै प्रहरीले बाप्र २०४८ प ८१३० नम्बरको स्कुटर र एक थान मोबाइल पनि बरामद गरेको छ । यसैबीच, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–७ कुमारीगाल बस्ने ५२ वर्षीय मणिराम पौडेललाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट २०८१ असार १२ गते पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका कुमारीगालबाट पक्राउ गरेको हो । निजलाई प्रहरी वृत्त गौशालाले हिरासतमा लिएर अनुसन्धान थालेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

काठमाडौं:    बुढानिलकण्ठस्थित माछापुच्छ्रे बैंकको एटिएम फोड्नेक्रममा दुई जना पक्राउ परेका छन् ।  वडा नम्बर ३ रुद्रेश्वर चोक स्थित सडकको किनारमा रहेको बैंकको एटिएम तोडफोड गर्दै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।  स्थानीयले बुधबार बिहान ३:१० बजे स्थानीयले एटिएम तोडफोड हुँदै गरेको जानकारी दिएपछि प्रहरी वृत्त महाराजगञ्जको टोलीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो ।  पक्राउ परेका नुवाकोट ३४ वर्षीय श्यामबहादुर घले र १९ वर्षका सुजन तामाङ रहेका छन् । उनीहरूबाट एटिएम फोड्न प्रयोग हुने विशेष प्रकारको फलामको रड बरामद गरिएको छ । उनीहरूको थप अनुसन्धान भइरहेको छ ।

म्याग्दी:   जिल्ला प्रहरी कार्यालय म्याग्दीले धौलागिरी गाउँपालिका–५ मलम्पार बस्ने ४२ वर्षीय धनबहादुर छन्त्यालको हत्या गरेको आरोपमा उनकै भाई पक्राउ परेका छन् ।   पक्राउ पर्नेमाा  ३९ वर्षीय सोमबहादुर छन्त्याल रहेका छन् ।    उनलाई बुधबार बिहान इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।    प्रहरीका अनुसार घरायसी  विषयमा विवाद हुँदा सोमबहादुरले दाउराको चिर्पटले प्रहार गर्दा धनबहादुरको घटनास्थलमै मृत्यु भएको थियो ।   सोही सूचनाको आधारमा सोमबहादुरलाई पक्राउ गरिएको हो ।   पक्राउ परेका सोमबहादुरविरुद्ध कर्तव्य ज्यान मुद्धामा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

पोखरा:   पोखराको जिरोकिलोमिटरमा शंकास्पद अवस्थामा हिडिरहेका तेन्जिङ गुरुङ र सुशान्त परियारलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।  उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले शुक्रबार पक्राउ गरेको हो ।  पोखरा–५ जिरोकिलोमिटरमा शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्ने क्रममा पोखरा–१७ छोरेपाटन बस्ने २८ वर्षीय तेन्जिङ गुरुङ र पोखरा–१ सिम्पानी बस्ने २६वर्षीय सुशान्त परियारलाई  लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  प्रहरीले तेन्जिङको साथबाट नाइट्रोभ्याट १० लेखेको १ सय ४० चक्की र सुशान्तको साथबाट नाइट्रोभ्याट १० नै लेखेको ३० चक्की लागूऔषध फेला परेको हो ।   पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषधसम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:   तनहुँबाट पोखरा ल्याएर नाबालिगलाई सामुहिक बलात्कार गरेको आरोपमा कास्की प्रहरीले भारतीय नागरिकसहित २ जनालाई पक्राउ गरेको छ ।    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले नाबालिगलाई शरिर बन्धक बनाई जबरजस्ती करणी गरेको आरोपमा भारतीय नागरिकसहित २ जनालाई पक्राउ गरेको जानकारी दिए ।    उनका अनुसार ति दुइजनालाई गत १८ गते (मंगलबार)  बिहान पक्राउ गरेको हो ।    पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वर गाउँपालिका स्थायी घर भई पोखरा–११ बस्ने २१ वर्षीय अरुण कुमार दास र भारतको बिहार प्रदेश सितामणी स्थायी घर भई पोखरा–११ नै बस्ने १९ वर्षीय सुनिल दास रहेको डिएसपी शर्माले बताए ।    यस्तो छ घटनाक्रम, गएको असार १७ गते तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुबाट नाबालिकालाई छलकपट गरी झुक्याउदै र डरत्रास देखाई भारतीय नागरिकसहित २ जनाले ग ८ प ४२८० नम्बरको मोटरसाईकलको बीचमा राखी पोखरामा ल्याए ।  तनहुँबाट पोखरा ल्याएका नाबालिकालाई उनीहरुले पोखरा महानगरपालिका–११ रानीपौवास्थित कोठामा बन्धक बनाएर सामुहिक बलात्कार गरे ।   त्यसपछि अर्काे दिन असार १८ गते बिहान तनहुँ फर्किदै गर्दा पोखरा महानगरपालिका–३० पावरहाउसस्थित पृथ्वीराजमार्ग सडकखण्डमा प्रहरीले चेकिङ गर्ने क्रममा भाग्न खोजे ।    त्यसपछि नियन्त्रणमा लिएर सोधपुछ गर्दा नाबालिकाले आफुलाई सामुहिक बलात्कार गरेको खुलाए ।   त्यसैको आधारमा कास्की प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढायो ।   अहिले पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत कास्कीबाट अपहरण वा शरिर बन्धक तथा जवरजस्ती करणी सम्बन्धि मुद्धामा असार १८ गतेदेखि नै लागू हुने गरी पहिलो पटक ८ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय तनहुँले ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।   ब्यास नगरपालिका–१२ छिर्कनस्थित ५७ वर्षीया पूर्णमाया थापाको घरमा जुवाखालबाट थापासहित ५ जनालाई पक्राउ गरिएको हो ।   उनीहरूको साथबाट नगद रु ३ हजार ३ सय २० रूपैयाँ र १ बुक तास बरामद गरेको छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तनहुँ:   जिल्ला प्रहरी कार्यालय तनहुँले मादक पदार्थ सेवन गरेर एम्बुलेन्स चालाएको आरोपमा पोखराका एक युवालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१३ मियापाटनका ५० वर्षीय अन्नजन मिया रहेका छन् ।   ग २ च ७००२ नम्बरको एम्बुलेन्स म्याग्दे गाउँपालिकामा दुर्घटना भएको थियो ।    त्यसपछि अनुसन्धानका क्रममा मादक पदार्थ सेवन गरेर चलाएको पुष्टि भएको भन्दै मियालाई नियन्त्रणमा लिइएको तनहुँ प्रहरीका  प्रवक्ता तथा डिएसपी दिपककुमार रायले बताए ।   डिएसपी रायका अनुसार मियालाई अहिले अभद्र कसुरमा मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।   मियाले विगतदेखि पोखरा महानगरपालिका–१३ मियापाटनस्थित मुस्लिम धार्मिक सेवा समितिद्वारा सञ्चालित एम्बुलेन्स चलाउदै आएका थिए ।