तनहुँ: जिल्ला प्रहरी कार्यालय तनहुँले किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका–१० डिगाउँ बस्ने लमजुङ मध्यनेपाल नगरपालिका–१ जितबेसी घर भएका ३० वर्षीय रघु बिक रहेका छन् । पक्राउ परेका उनीविरुद्व १७ वर्षीया किशोरीलाई ब्यास नगरपालिका–४ स्थित होटलमा लगि सोमबार जबरजस्ती करणी गरेको उजुरी परेको थियो । सोही उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कपिलवस्तुः कपिलवस्तु जिल्ला महाराजगन्ज नगरपालिका–२ का अध्यक्ष उजेर अलि घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले आइतबार उनलाई वडा कार्यालयबाट नियन्त्रणमा लिएको हो । अख्तियारको टोलीले कार्यकक्षबाट घुस सहित पक्राउ गरेको आयोगको कार्यालय बुटवलका सूचना अधिकारी तथा उप सचिव भेषराज रिजालले जानकारी दिनुभयो । अलिले सेवाग्राहीसँग घर बाटो सिफारिस गर्ने नाममा घुस लिएको अवस्थामै उनी पक्राउ परेका हुन्। उजेरबाट घुस वापत लिएको १५ हजार रकम समेत बरामद गरिएको छ ।
रूपन्देही: जिल्ला प्रहरी कार्यालय रुपेन्देहीले सुद्धोधन गाउँपालिका–६ वेलहिया घर भई सियारी गाउँपालिका–७ राम जानकी चोक बस्ने ७० वर्षीया उजेली लोधको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सियारी गाउँपालिका–७ अमुवा बस्ने २९ वर्षीय प्रभुनाथ थारू रहेका छन् । प्रहरीका अनुसार उजेलीलाई सुतेको अवस्थामा फलामको हतौडा प्रहार गरी फरार भएका थिए । त्यसपछि अचेत भएकी उजेलीलाई उपचारको लागि भिम अस्पताल भैरहवा पुर्याइएपनि चिकित्कसको मृत घोषणा गरेको थियो । उजेलीको हत्या भएको प्रहरीलाई सूचना पुगेपछि इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले घटनामा संलग्न प्रभुनाथलाई उनकै घरबाट पक्राउ गरेको हो । मृतकले गालीगलोज गर्ने गरेको र रिसको झोकमा आफुले हतौडा प्रहार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा बताएका थिए । सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिका–८ स्थित शहरी स्वास्थ्य केन्द्र भवनबाट सरकारी कागजात चोरी गरेको आरोपमा २ जनालाई प्रहरीले प्रकाउ गरेको छ । शहरी स्वास्थ्य केन्द्र भवनको स्टोरको चाँबी फुटाएर महानगरपालिकाको ३९ थान कागजात चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई प्रकाउ गरेको हो । चा्ेरी भएको सरकारी कागजात लमजुङ स्थायी घर भई पोखरा–९ नयाँबजार बस्ने २८ वर्षीय सुबिर थापामगर र २९ वर्षीय सरोज थापामगरलाई चोरी भएको ३९ थान नक्साका फाइलसहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुर्यबहादुर रानाले जानकारी दिए । फागुन १२ गते पोखरा महानगरपालिका–८ स्थित शहरी स्वास्थ्य केन्द्र भवनको स्टोरको ताला फुटाएर सरकारी फाइलहरु चोरी भएको सूचनापछि अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई प्रकाउ गरेको हो । प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पाल्पा: पाल्पामा अवैध भरुवा बन्दुकसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध भरुवा बन्दुक बोकेर हिंडेको अवस्थामा रैनादेवी छहरा गाउँपालिका वडा नं. ७ बल्ढेङ्ग्ढीबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रैनादेवी छहरा(७, का ५६ वर्षीय विनोद थापा, रुपन्देही जिल्ला सैनामैना नगरपालिका(५, का ३८ वर्षीय सन्तोष राना, सैनामैना–१० का ४१ वर्षीय सुकई थारु र रैनादेवी छहरा–७ का २४ वर्षीय रमेश कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए। उनीहरुको साथबाट एक थान भरुवा बन्दुकसहित छर्रा र बारुद फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ । केही दिन अघि मात्रै सोही गाउँपालिकाको अर्को वडाबाट एक जनालाई पनि प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको थियो ।
बाँके: कोहलपुर प्रहरीले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले बाँकेको कोहलपुरमा आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरि हत्या गरेको आरोपमा बाँसगढी नगरपालिका वडा नं। ४ बर्दियाका २२ वर्षीय अनिल विकलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार चैत १२ गते विकले आफ्नी श्रीमती २१ वर्षीया सुशीला सुनारको ढाडमाथि धारिलो हतियार प्रहार गरि घाइते बनाएको र उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुर्याएका थिए । धारिलो हतियार प्रहार गरी घाइते बनाएपछि विकले औषधि उपचारका लागि अस्पताल पुर्याएको जानकारी पाएर प्रहरी त्यहाँ पुग्दा सुशीला सुनारको मृत्यु भइसकेको अस्पतालले जानकारी गराएको प्रहरीले जनाएको छ । अस्पतालबाटै विकलाई मङ्गलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका विकमाथि थप अनुसान्धान जारी रहेको कोहलपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विक दम्पती कोहलपुर नगरपालिका वडा नं। १४ पार्वतीपुरस्थित वागेश्वरी होम पाइप एण्ड पोल उद्योगमा काम गर्दै आएका थिए ।
ललितपुर: ललितपुरमा दुई जनाको हत्या भएको घटनामा पक्राउ परेका १८ जनामध्ये चारसहित पाँच जनाविरुद्ध मुद्दा चलाइने भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ परेका चार र फरार एकजना गरी पाँच जनाविरुद्ध मुद्दा चलाइन लागिएको जानकारी दिएको हो । प्रहरीका अनुसार खोटाङका विजय राई, सुलभ राई, भोजपुरका मुकारुङ राई र काठमाडौँका छेङ्वीहाङ राई विरुद्ध मुद्दा चल्नेछ । उनीहरु यसअघि नै पक्राउ परिसकेका छन् । यस्तै घटनापछि फरार राजु गुरुङको खोजी भइरहेको र उनीविरुद्ध पनि मुद्दा चल्ने प्रहरीको भनाइ छ । ललितपुर महानगरपालिका–२६ को ढोलाहिटीमा दुई युवाको हत्याको कारण ‘पुरानो रिसिइबी’ भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । यो पनि पढ्नुहोस ललितपुरको ढोलाहिटीमा दुई समूहबीच झडप, दुईजनाको मृत्यु ढोलाहिटीस्थित डि–पोपिना रेस्टुरेन्टमा सोमबार राति दुई जनामाथि चक्कु प्रहार भएको थियो । घटनामा सुनसरीको धरान घर भएर ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र पाँचथर घर भएर खुमलटार बस्ने ३० वर्षीय पुजन राईको मृत्यु भएको थियो । रोबसको कोखमा चक्कु प्रहार गरिएको छ । पुजनको तिघ्रामा प्रहार गरेर रेस्टुरेन्टमा लामो समय राखेर ओभर ब्लिडिङ्ग गराएको भेटिएको छ । पुजन राईलाई सुमेरु अस्पतालमा र रोबसलाई पाटन अस्पतालमा भर्ना गरेपछि प्रहरीले खबर पाएको थियो । राति ११ बजेतिर घटनाबारे खबर पाएपछि अनुसन्धान थालिएको ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए ।
पोखरा: सिन्धुपाल्चोकका ३४ वर्षीय रामबहादुर तामाङ पेशाले स्काभेटरको चलाउथे । सिन्धुपाल्चोकको एक हाइड्रोपावरमा स्काभेटर चलाउँदै आएका तामाङ चैत १ गते कामका लागि मादी गाउँपालिकामा ३ जना साथीसँग आए । मादी गाउँपालिकामा अहिले हाइड्रोपावर निर्धाणाधिन छ । गएको फागुन अन्तिम हप्ता घरमा आमा बुवालाई सिन्धुपाल्चोकको मेलन्ची हाइड्रोपावरमा काम गर्न जान्छु भनेर निस्किएका रामबहादुर तामाङ ३ जना साथीसँग फागुन ३० गते सिक्लेसस्थित निर्माणाधिन हाइड्रोपावरमा काम गर्न काठमाडौंबाट रात्रीबस चढे । उनी सँगै आएका मध्ये धन लामालाई रामबहादुरकी श्रीमती कान्छी लामाले रामबहादुरको हत्या गर्न सुपारी दिएका थिए । मृतक रामबहादुरकी श्रीमती कान्छी लामा तामाङको योजना अनुसार धन लामाले सिक्लेसमा उनको हत्या गरेको पुष्टि गर्दै हत्या आरोपी ४ जनालाई आज सार्वजनिक गरेको छ । सिन्धुपाल्चोकमा योजना सिक्लेसमा हत्या चैत ३ गते कास्कीको मादी गाउँपालिका–१ तउरेली नजिक सिक्लेस हाइड्रोपावर जाने कच्ची सडक खण्डको अन्दाजी २५÷३० मिटर तल एक पुरुषको शव भेटिएको सूचना वडाध्यक्ष हुँदै कास्की प्रहरीले पायो । शव भेटिएको सूचनापछि वडा प्रहरी कार्यालय रामबजार र नेपाल प्रहरी गण्डकी प्रदेश पोखराबाट खटिएको प्रहरीको टोलीले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ गुम्बा बोल्दे बस्ने ३६ वर्षीय रामबहादुर तामाङ रहेको पुष्टि ग¥यो । शवको अवस्थामा हेर्दा कसैले हत्या गरेर फालेको हुनसक्ने अनुमान गरी घटनास्थलमा तालिम प्राप्त कुकुरसमेत लगेर अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले बताए । हत्या गरिएको अवस्थामा भेटिएका मृतक रामबहादुरसँग तीन जना साथीहरु रहेको सूचना पाएको कास्की प्रहरीले उनीहरुको खोजी कार्य अगाडि बढाउँदा विभिन्न जिल्लाबाट तीनजनासहित उनको श्रीमतीलाई प्रकाउ गर्न सफल भएको बिकले बताए । उनका अनुसार रामबहादुरको हत्या आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा धन लामा, नविन तामाङ भन्ने फुर्वा लामा, अजित तामाङ भन्ने छे दोर्जे लामा र मृतक रामबहादुरकी श्रीमती च्याङ्मा लामा तथा पेम्बा लामा भन्ने कान्छी लामा तामाङ रहेका छन् । मृतक रामबहादुरकी श्रीमतीले श्रीमानसँग अलग भएर बस्ने योजना बनाएको र धन लामालाई त्यसको जानकारी दिएको अनुसन्धानमा खुल्न आएको कास्की प्रहरीका डिएसपी विकले बताए । ‘रामबहादुरकी श्रीमतीले श्रीमानसँग छुट्टिएर बस्ने योजना बनाएको र रामबहादुरको हत्या गर्न धन लामालाई कान्छी तामाङले केही रकम दिनसमेत तयार भएको अनुसन्धानमा खुल्न आएको छ, डिएसपी विकले भने, ‘मृतक रामबहादुरले सिन्धुपाल्चोकको हाइड्रोपावरमा काम गर्ने क्रममा धन लामालाई पछाडीबाट ढुङ्गा प्रहार गरी घाइते बनाएको रिसिबी लिएको अनुसन्धानमा खुलेको छ ।’ सिक्लेसमा निर्माणाधिन हाइड्रोपावरमा काम गर्न जाने क्रममा मदिरा सेवन हिडिरहेको अवस्थामा मृतक रामबहादुरले धन लामालाई अपशब्द बोल्दै गाली गरेपछि पछाडिबाट ढुङगा प्रहार गरेर हत्या गरेको खुल्न आएको उनले बताए । ‘सिक्लेसमा निर्माणाधिन हाइड्रोपावरमा काम गर्न जाने क्रममा मदिसा सेवन गरेर हिडिरहेको अवस्थामा मृतक रामबहादुरले धन लामालाई अपशब्द बोल्दै गाली गरेपछि पछाडिबाट रामबहादुरको टाउको ढुङ्गाले हानेर हत्या गरेको अनुसन्धानमा खुल्न आएको छ ।’ डीएसपी विकले भने । रामबहादुरको हत्या पश्चात अन्य २ जनाले घटना देखेकाले घटना लुकाउन रामबहादुरको श्रीमतीलाई केही रकम पठाउन आग्रहसमेत गरेको अनुसन्धानमा खुल्न आएको डीएसपी विकले बताए । ‘हाइड्रोपावरमा काम गर्न जाने क्रममा रामबहादुरको हत्या गरेका धन लामाले हत्या गरेको अरु २ जनाले देखेकाले घटना लुकाउन पैसा चाहिएको मृतककी श्रीमतीलाई भनेका छन, उनले भने, ‘धन लामाले घटना लुकाउन पैसा मागेपछि मृतककी श्रीमतीले लामाको इ–सेवा खातामा ९० हजार रुपैयाँ पठाएको खुल्न आएको छ ।’ मृतककी श्रीमती कान्छी लामा तामाङले धन लामाको खातामा पठाएको ९० हजार मध्ये छे–दोर्जे लामा र फुर्वा लामालाई २०÷२० हजार दिएर बाँकी ५० हजार रुपैयाँ धन लामाले राखेको प्रहरीले जनाएको छ । हत्या आरोपमा प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान मुद्धामा म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । श्रीमान श्रीमतीबीच ५ वर्षदेखि मनमुटाव मृतक रामबहादुर तामाङ र उनकी श्रीमती च्याङ्मा लामा तथा पेम्बा लामा भन्ने कान्छी लामा तामाङबीच ४÷५ वर्षदेखि मनमुटाव देखिएको प्रहरीले जनाएको छ । श्रीमान श्रीमतीबीच मनमुटाब भएकाले छुट्टाछुट्टै बस्दै आएपनि श्रीमानले २ वर्ष अगाडि अर्को बिहे गरेको थाहापाएपछि श्रीमती कान्छी लामाले अदालतमा बहुबिबाहको मुद्धासमेत हालेको अनुसन्धानमा खुल्न आएको अनुसन्धानबाट खुल्न आएको बिकले बताए । मृतक रामबहादरर बहुबिबाह मुद्धामा ६/७ महिना कारागार बसेर निस्किएपछि उनीहरुबीच रिसिबी र झगडा हुने गरेको अनुसन्धानमा खुल्न आएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौ: क्यास एपलगायतका एप्लिकेसन मार्फत हारजीत हुने गरी अनलाइन क्यासिनो खेलाएको अभियोगमा प्रहरीले तीन महिला र एक पुरुष गरी चारजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–७ चाबहिल बस्ने काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोकको थाङपाल गाउँपालिका–८ घर भएकी २५ वर्षीया सारङगा गुरुङ, काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ बेसीगाउँ बस्ने खोटाङको बाहुनीडाँडा गाउँपालिका–६ घर भएकी २३ वर्षीया पुर्णीमा राई र काठमाडौँको गोकर्णेश्वर–४ नामगेल बस्ने नुवाकोटको शिवपुर गाउँपालिका–१ घर भएका २८ वर्षीय तेम्बा लामा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न खेलमा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टाबाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो । पक्राउ परेकाहरुका साथबाट अनलाइन ‘गेम’ खेलाउन प्रयोग भएका ल्यापटप पाँच र मोबाइल ११ सहित उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । चारै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रवक्ता रेग्मीले बताउनुभयो ।