सप्तरी:  सप्तकोशी नगरपालिका–४ तुलसी चोकबाट स्रोत नखुलेको नगद २० लाख ७८ हजार रुपैयाँसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा धनकुटा सहिदभूमी गाउँपालिका...

काठमाडौं:     नेपाल प्रहरीले एक किलो चार सयग्राम कोकिनसहित दुईजना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले अवैध रुपमा कोकिन कारोबार गर्ने तान्जेनियाका नागरिक जुमा अब्दुल्ला मजी र भारतीय नागरिक के जुचोबेनी तासोपोईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।      ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वस्थित एक होटलमा बसेका तान्जेनियन नागरिक जुमाको झोलाभित्र लुकाएर राखेको ८० क्याप्सुल कोकिन बरामद गरेको छ ।  जुमाले उक्त कोकिन भारतीय नागरिकलाई बिक्री गर्ने क्रममा भारतीय नागरिकलाई समेत पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।       बरामद कोकिनको अवैध बजार मूल्य करिब रु तीन करोड ८७ लाख हुन आउने ब्यूरोले जनाएको छ । पक्राउ परेका दुवैलाई जिल्ला अदालत काठमाडौँबाट लागुऔषध मुद्दामा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खोटाङ:     सुस्त मनस्थितिकी १४ वर्षीया किशोरीलाई जबरजस्ती बलात्कार गरेर फरार भएका साकेला गाउँपालिका–२ रतन्छाका ३६ वर्षीय नरदेश राई पक्राउ परेका छन् ।  विसं २०७२ माघ १८ गते राति आफन्तको घरबाट घर फर्कंदै गरेकी सुस्त मनस्थितिकी किशोरीलाई बाटो छेकेर सामूहिक बलात्कार गरेर फरार भएकामध्ये १३ वर्ष कैद तोकिएका नरदेश पक्राउपछि सोमबार साँझ कारागार चलान भएका हुन् ।            सुस्त मनस्थितिकी किशोरी बलात्कृत भएको दुई दिनपछि विसं २०७२ माघ २० गते आफन्तले दिएको जाहेरीका आधारमा जिल्ला अदालतले विसं २०७९ चैत ३० गते नरदेशसहित घटनामा संलग्नलाई कैद सजाय सुनाएको थियो ।  जिल्ला अदालतले कैद सजाय सुनाएको तीन वर्षपछि नरदेशलाई घरमा आएको मौका पारेर आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो ।       सामूहिक बलात्कारको घटनापछि लुकीछिपी बस्दै आएका नरदेशलाई प्रहरी चौकी रतन्छाले आइतबार राति १० बजे पक्राउ गरेपछि सोमबार जिल्ला ल्याइएको थियो । जिल्ला ल्याइएलगत्तै अदालतमा हाजिर गराइएका नरदेशलाई अदालतले कैद भुक्तानका लागि कारागार चलानको आदेश दिएको प्रहरीले जनाएको छ ।       रातको समयमा बाटो छेकेर सामूहिक रुपमा भएको जबर्जस्ती बलात्कारको घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । नौ वर्षअघि सामूहिक रुपमा बलात्कारमा परेकी किशोरीको अवस्था समान्य रहेको जनाइएको छ ।  फरार प्रतिवादी पक्राउ अभियान चलाएको जिल्ला प्रहरी कार्यालयले यस आर्थिक वर्ष सुरु भएयता आठ जनालाई पक्राउ गरिसकेको छ । गत आर्थिक वर्ष २०७९÷८० मा एक सय २४ जना फरार प्रतिवादी पक्राउ गरेको प्रहरीको अपराध न्यूनीकरण सम्बन्धी सक्रियताले जिल्लावासी सुरक्षित रहेको महसुस गरेका छन् ।

पोखरा:   कास्की प्रहरीले धारिलो हतियार देखाएर लुटपाट गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका  १८ बस्ने ३७ वर्षीय देवन गुरुङ, सोही स्थानकै १९ वर्षीय आजित रुचाल भन्ने हितमान सार्की र तनहुँको व्यास नगरपालिका ३ घर भई पोखरा ५ बस्ने१८ वर्षीय अनिश भट्ट रहेका छन् ।   उनीहरुको साथबाट घटनामा संलग्न ग ८ प ६९२४ नं को रातो रंगको डियो स्कुटर र ग ११ प ९८२७ को मोटरसाइकललाई पनि नियन्त्रणमा लिएको छ ।     बैदाम प्रहरीका अनुसार आइतबार राती करिब २ बजे पोखरा ६ लेकसाइडमा २० वर्षीया युवकलाई हतियार देखाएर ति व्यक्तिहरुले धारिलो हतियार चक्कु देखाई घाँटीमा राखी डर त्रासमा पारी दुई तोला बराबरको सुनको सिक्री र नगद १२ हजार तथा लेदरको कालो रङको ज्याकेट लुटेर फरार भएका थिए ।   त्यसपछि सूचना पाएको वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले उक्त घटनामा संलग्न भएका तिन जनालाई नै  पक्राउ गरेको हो ।    उनीहरुले उक्त सुन गणेशटोलको सुनचाँदी पसलमा विक्री गरेका थिए ।    उक्त सुन किन्ने पोखरा महानगरपालिका ४ गणेशटोलस्थित विकास सुन चाँदी पसलका संचालक नारायण प्रसाद बिक र एस. पि. मान्मा ज्वेलर्सका संचालक प्रशान्त मान्मालाई समेत कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।   उनीहरुको साथबाट १ लाख ३ हजार ५ सय रुपैयासमेत सुन विक्री गरेको रकम बराम गरिएको छ ।   पक्राउ परेका ५ जनाविरुद्ध कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि चोरी तथा डाँका सम्बन्धि मुद्दामा अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।   (कास्की प्रहरीकाे स्रोत गलत भएकाले यसअघि लेकसाइडमा युवकको ठाउँमा युवती भएकाले​ सञ्चाइएको छ ।)      

सुनसरी:    गत आर्थिक वर्ष २०८०/८१ मा फरार प्रतिवादीबाट सुनसरीमा रु छ करोडभन्दा बढी राजस्व सङकलन भएको छ ।   जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको फरार प्रतिवादी नियन्त्रण अभियानअन्तर्गत सो आवमा रु छ करोड ६६ लाख ३० हजार नौ सय ९१ राजस्व तथा जरिवानाबाट असुल भएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।   फैसला कार्यान्वयनमा फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने क्रममा प्रहरीले एक सय ४५ जना प्रतिवादीलाई नियन्त्रणमा लिँदा एक सय ९३ वर्ष ६ महिना ६ दिन कैद भुक्तानी भएको छ ।   राजस्व तथा जरिवानाबाट रु छ करोड ६६ लाख ३० हजार नौ सय ९१ असुल भएको प्रनाउ भण्डारीले जानकारी दिनुभयो ।

मोरङ:  आफ्नै श्रीमती ४१ वर्षीया पबित्रा फुयाल नेपालको हत्या गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-१० बागझोडा बस्ने ५८ वर्षीय लक्ष्मण नेपाललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो  ।   घरायसी विवादको क्रममा लक्ष्मणले एक्कासी खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकी पबित्राको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो  ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

काठमाडौं:  ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरी फरार रहेका २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१८ बस्ने संखुवासभा खादवारी नगरपालिका-५ भोटेबास घर भएका २५ वर्षीय मिङमा शेर्पा र ३० वर्षीय रिन्जी शेर्पा रहेका छन् ।    काठमाडौं महानगरपालिका-२५ उग्रतारा मन्दिर अगाडि रूकुम पूर्व सिस्ने गाउँपालिका-५ ठेगाना भएका २४ वर्षीय पुरूषलाई शुक्रबार राति खुकुरी प्रहार गरी घाइते बनाई  फरार थिए ।   उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२८ पुरानो बसपार्कबाट पक्राउ गरेको हो ।    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ ।

काठमाडौं:    प्रहरीले ६ किलो २४ ग्राम अवैध लागुऔषध कोकिनसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  कतार एयरवेजको उडानद्वारा नेपाल आएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आगमन कक्षबाट लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।      सुटकेसभित्र लुकाई–छिपाई राखेको उक्त परिणामको कोकिनसहित लाटभियाका नागरिकलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।  बुधबार पक्राउ परेका निजमाथि लागुऔषध मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।      गोङ्गबुँ र नरेफाँटबाट लागुऔषधसहित चार पक्राउ      यसैबीच, प्रहरीले काठमाडौँको गोङ्गबुँस्थित नयाँ बसपार्कबाट अवैध लागुऔषध खैरो हेरोइन १५ ग्राम पाँच सय मिलिग्राम, नगद रु ४० हजार र तीन थान मोबाइलसहित दुई जनालाई पक्राउ गरेको छ ।  सप्तरी राजविराज नगरपालिका–९ घर भएका २४ वर्षीय पवनकुमार मेहता र उदयपुर त्रियुगा नगरपालिका–७ घर भएका २७ वर्षीय अनिल परियार पक्राउ परेका प्रहरीले जनाएको छ ।       काठमाडौंको नरेफाँटबाट अवैध लागुऔषध खैरो हेरोइन छ सय ४० मिलिग्राम र मोबाइल दुई थानसहित दुईजना पक्राउ परेका छन् । सोही ठाउँ डेरा गरी बस्ने सिराहा गोलबजार नगरपालिका–६ घर भएका ३३ वर्षीय धर्मेन्द्र सिंह र सिराहा मिर्चैया नगरपालिका–५ घर भएका ३३ वर्षीय अनिल साहलाई निजहरुको डेराबाट लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

कास्की:  आफ्नै सपिङ सेन्टरमा विमा रकम असुल्नका लागि आगो लगाएको आरोपमा पोखरामा १ जना पक्राउ परेका छन् ।   उक्त गतिविधि गर्न उक्साउने अर्का एक जनालाई समेत कास्की प्रहरीले सार्वजनिक गरेको छ ।   कास्की प्रहरीले सार्वजनिक गर्नेमा मुख्य योजनाकार सुजन गहतराज र सहयोगी पवन नेपाल रहेका छन् ।    सुजनले उक्त पसलको न्यूरोड शाखाको हिमालयन एभरेष्ट इन्स्युरेन्समा २ करोड १० लाखको विमा गरेका थिए । सोही रकम असुल्ने योजनासहित आगो लगाएको बयान दिएको कास्की प्रहरीका प्रमुख एसपी मोहन कुमार थापाले बताए ।   उनका अनुसार उनलाई उक्त कार्य गर्न पवन नेपालले उक्साएका थिए ।   पवलने यसअघि पश्चिमाञ्चल एकीकृत कृषि केन्द्रबाट सञ्चालिक सफल पोल्ट्री फार्ममा आगो लगाएर इन्स्युरेन्स कम्पनीबाट ३१ लाख रुपैयाँ लिएको बताएपछि सुजनले उक्त हर्कत गरेको एसपी थापाले बताए ।   सुजन र पवन मिलेर गत लेकसाइडको मुक्तिानाथ सपिङ सेन्टरमा गत १७ गते आगजनी गरेका थिए ।   पक्राउ परेका दुई उनीहरुमाथि आपराधिक उपद्र गर्न नहुने शिर्षकमा मुद्धा दर्ता गरी ७ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।  

हेटौँडा:    हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट ५१ किलो पाँच सय ग्राम गाँजासहित तीनजना पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश ०३–००१ च २११६ नम्बरको स्कारपियो गाडीलाई रोकेर जाँच गर्दा ३३ किलो गाँजासहित हेटौँडा उपमहानगरपालिका–५ का चालक ३४ वर्षीय विनोद सेवा र सोही पालिका–१३ का ३५ वर्षीया सुनिता तामाङलाई पक्राउ परेका हुन् ।  यसैबीच प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले सोही स्थानबाट १८ किलो पाँच सय ग्राम गाँजासहित बीआर ०५ पिबी ७३६४ नम्बरको अटो चालक भारत बेतिया जिल्ला थाना मझौलियाका ३० वर्षीय मुसादेव आलमलाई पक्राउ गरेको छ ।