रविविरुद्ध ६ दिन म्याद थप
पाेखरा | कात्तिक ४, २०८१

पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतले ६ दिनको म्याद थप गर्ने अनुमति दिएको छ ।
न्यायधीस नवराज दाहालको इजलासले गत शुक्रबारदेखि लागू हुनेगरी उनलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न ६ दिनको अनुमति दिएको हो ।
उनलाई कास्की प्रहरीले आज अदालत पेश गरेको थियो ।
लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ताद्वय पन्त र घिमिरेसहित अधिवक्ताहरु यज्ञमणि न्यौपाने, हेमराज पोखरेल उपाध्याय, अधिवक्ता कमल पोखरेल, डा. नारायणदत्त कँडेल र लेखनाथ सापकोटाले बहस गर्ने बताइएको छ ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ मा अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजित पाँचौं संस्करणको अन्नपूर्ण म्याराथनमा पुरुषतर्फ नेपाली सेनाका तिलक बहादुर सुनुवार च्याम्पियन बनेका छन् । ...
म्याग्दी — अन्नपूूर्ण हिमाल आरोहण भएको ७५औँ वार्षिकोत्सवका अवसरमा मंगलबार म्याग्दीमा भएको अन्नपूूर्ण ‘ट्रेल रेड’ दौड प्रतियोगिताको उपाधि अन्नपूूर्ण गाउँपालिका–७ घराम्दीका कुशल पुुर्जाले जित...
पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपमा मदरल्याण्ड सेकेण्डरी स्कुल लगातार दुई खेल जित्दै सेमीफाइनलमा प्रवेश गरेको छ । पोखराको लेखनाथस्थित ईडेन गार्डेन क्र...