म्याग्दीमा जग्गा किनबेचको विवादमा महिलाको हत्या
म्याग्दी | भदौ ३, २०८१

म्याग्दी: म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँमा एक महिलाको हत्या भएको छ ।
डाँडागाउँको गलकोटमा गए राति ३५ वर्षीय दलवीर श्रीपालीले धारिलो हतियार प्रहार गरी सोही ठाउँकी ४३ वर्षीया बिनाकुमारी विकको हत्या गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हत्यामा संलग्न दलवीरलाई इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको टोलीले खतेन गाउँबाट राति नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो ।
घटनास्थलमा बन्चरो, दाउ र हँसिया फेलापरेको छ । मृतकको टाउकोमा चोट लागेको छ । वडाध्यक्ष मोतिप्रसाद बुढाका अनुसार नाताले दिदीभाइ पर्ने उनीहरूबीच केही समयअघि जग्गा किनबेचको विवाद थियो । थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो ।
पोखरा: हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो १६ औं स्थापना दिवस मनाउँदैछ । स्थापना दिवसको अवसरमा आयोजित सहकारी संचालकस्तरीय मैत्रीपूर्ण ...
पोखरामा एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीप शुरु भएको छ । पोखरा महानगर क्रिकेट संघको आयोजना तथा एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको मुख्य प्रायोजनमा प्रतियोगिता श...
पोखरा: रोटरी क्लब अफ पोखरा न्यूरोडको आयोजना र पोखरा महानगरपालिका वडा नं. २२ को कार्यालयको सहकार्यमा उल्लेरी गाउँका ५० घरपरिवारलाई विद्युतिय चुल्हो सहित आवश्यक भाडाहरु वितरण गरेको छ । &n...