लेकसाइडमा युवकको नगदसहित सिक्री लुट्ने र किन्ने पक्राउ

गणेशटाेल लगेर बेचेका थिए सिक्री

पाेखरा | साउन २९, २०८१

लेकसाइडमा युवकको नगदसहित सिक्री लुट्ने र किन्ने पक्राउ

पोखरा:   कास्की प्रहरीले धारिलो हतियार देखाएर लुटपाट गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका  १८ बस्ने ३७ वर्षीय देवन गुरुङ, सोही स्थानकै १९ वर्षीय आजित रुचाल भन्ने हितमान सार्की र तनहुँको व्यास नगरपालिका ३ घर भई पोखरा ५ बस्ने१८ वर्षीय अनिश भट्ट रहेका छन् ।

 

उनीहरुको साथबाट घटनामा संलग्न ग ८ प ६९२४ नं को रातो रंगको डियो स्कुटर र ग ११ प ९८२७ को मोटरसाइकललाई पनि नियन्त्रणमा लिएको छ ।
 

 

बैदाम प्रहरीका अनुसार आइतबार राती करिब २ बजे पोखरा ६ लेकसाइडमा २० वर्षीया युवकलाई हतियार देखाएर ति व्यक्तिहरुले धारिलो हतियार चक्कु देखाई घाँटीमा राखी डर त्रासमा पारी दुई तोला बराबरको सुनको सिक्री र नगद १२ हजार तथा लेदरको कालो रङको ज्याकेट लुटेर फरार भएका थिए ।

 

त्यसपछि सूचना पाएको वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले उक्त घटनामा संलग्न भएका तिन जनालाई नै  पक्राउ गरेको हो । 

 

उनीहरुले उक्त सुन गणेशटोलको सुनचाँदी पसलमा विक्री गरेका थिए । 

 

उक्त सुन किन्ने पोखरा महानगरपालिका ४ गणेशटोलस्थित विकास सुन चाँदी पसलका संचालक नारायण प्रसाद बिक र एस. पि. मान्मा ज्वेलर्सका संचालक प्रशान्त मान्मालाई समेत कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

उनीहरुको साथबाट १ लाख ३ हजार ५ सय रुपैयासमेत सुन विक्री गरेको रकम बराम गरिएको छ ।

 

पक्राउ परेका ५ जनाविरुद्ध कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि चोरी तथा डाँका सम्बन्धि मुद्दामा अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

 

(कास्की प्रहरीकाे स्रोत गलत भएकाले यसअघि लेकसाइडमा युवकको ठाउँमा युवती भएकाले​ सञ्चाइएको छ ।)

 

 

 

चितवन:   जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी...

थप पढ्नुहोस्

पोखरा:    रूपा वाङ्‍मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ ।   कार्यक्रम रूपा वाङ्‍मय प्रतिष्ठानका अध्यक्ष त...

थप पढ्नुहोस्

पोखरा:   टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।   शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

थप पढ्नुहोस्