पोखरा: पोखरामा कल बाइपास गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका ४ घरभइ अहिले पोखरा–११ बस्ने २७ वर्षीय ईमरान अहमद र पर्साको सखुवापर्सौनी–५ घर भई पोखरा–११ बस्ने ३७ वर्षका विशाल साह रहेका कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए । प्रहरीले बरामद गरेको कल बाइपास गर्ने उपकरण । फोटो: नेपाल प्रहरी हिजो पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ६४ पोर्टका भिओआइपी गेटवे (सिम बक्स), सिम, चार्जर, मोबाइल, पेनड्राइभ तथा राउटर बरामद गरेको प्रहरीको भनाइ छ । उनीहरूलाई दूरसञ्चार ऐन २०५३ अन्तर्गत दफा ४७ को उपदफा २ अनुसार ५ वर्षसम्म कैद र बिगो बराबरको जरिबाना वा दुवै सजायँ हुन सक्छ । नेपालमा अवैध भीओआइपी धन्दामा गिरोह नै सक्रिय रुपमा लागेको देखिएको र अनुसन्धान तथा पक्राउ गर्ने काम भैरहेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक प्रदीप खत्रीले बताए ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित तीन जनालाई प्रकाउ गरेको छ । प्रहरीले लागूऔषसधसहित तीन जनालाई हिजो (मंगलबार) कास्कीको विभिन्न स्थानबाट प्रकाउ गरेको हो । पोखरा महानगरपालिका–१९ बस्ने ३८ वर्षीय चन्द्राबहादुर गुरुङ र पोखरा–२९ बस्ने ३६वर्षीय सुजित गुरुङलाई प्रहरीले लागूऔषधसहित प्रकाउ गरेको हो । प्रहरीले तीन जनाको साथबाट बरामद गरेको लागूऔषध । फोटो: कास्की प्रहरी लागूऔषध नियन्त्रण कार्यालय ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले चन्द्रा र सुजितको कोठा र साथबाट २९ एम्पुल डाईजापाम, २९ एम्पुल फेनेरागन र २९ एम्पुल नुर्फिन बरामद गरेको हो । प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । यस्तै प्रहरीले मंगलबार नै पोखरा महानगरपालिका–२० भलाम बस्ने ३५ वर्षीय सन्तोष नेपालीलाई ५० एम्पुल लागूऔषधसहित प्रकाउ गरेको छ । प्रहरीले नेपालीको साथबाट डाईजापाम ३० एम्पुल, फेनेरागन १० एम्पुल र नुर्फिन १० एम्पुल गरेर ५० एम्पुल लागूऔषध बरामद गरेको हो । प्रकाउ परेका नेपालीलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ८ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: पोखरामा मोबाईल चोरी गरेको आरोपमा प्रहरीले स्याङ्जाका प्रेम गुरुङलाई प्रकाउ गरेको छ । मोबाईल चोरी गरेको आरोपमा प्रहरीले गुरुङलाई शनिबार प्रकाउ गरेको हो । पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित मोबाईल पसलबाट चोरी गरेको आरोपमा स्याङ्जाको विरुवा गाउँपालिका–८ आरुखर्क घर भई पोखरा–१२ माटेपानी गुम्बाफेदी बस्ने २१ वर्षीय गुरुङलाई प्रहरीले प्रकाउ गरेको हो । गुरुङको साथबाट प्रहरीले चोरी भएको ४ थान मोबाईल आइफोन १०, आइफोन ११, सामसुङ र रेडमी मोबाईल बरामद गरेको छ । प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: पोखरामा अमेरिकन डलरको बिचमा नेपाली रुपैयाँ राखेर ठगी गरेको आरोपमा मेगबहादुर तामाङलाई प्रहरीले प्रकाउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामले सिन्धुपाल्चोक बाह्रविसेका ३१ वर्षीय तामाङलाई हिजो (शनिबार) पोखरा–१८ खपौदीबाट प्रकाउ गरेको हो । सिन्धुपाल्चोक बाह्रविसे घर भई पोखरा घुम्न आएका तामाङलाई अमेरिकन डलरको बिचमा नेपाली रुपैयाँ राखेर ठगी गरेको आरोपमा प्रकाउ गरेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । प्रकाउ परेका तामाङको साथबाट प्रहरीले अमेरिकन डलर ५० को ५ थान, नेपाली २० रुपैयाँको ४ सय ५० थान रुपैयाँ बरामद गरेको छ । प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरे अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
म्याग्दी: जिल्ला प्रहरी कार्यालय म्याग्दीले अवैध लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मालिका गाउँपालिका–२ रूम बस्ने ३४ वर्षीय तिलक बिक रहेका छन् । उनलाई बेनी नगरपालिका ८ पिपलचोकबाट करिब ४ किलो ४६ ग्राम चरेशजस्तो देखिने वस्तुसहित प्रहरीले पक्राउ थियो । पक्राउ परेका बिकमाथि थप अनुसन्धान भइरहेको म्याग्दी प्रहरीले जनाएको छ ।
पोखरा: सार्वजनिक सवारी साधनमा हिड्ने यात्रुहरुलाई नशालु पदार्थ खुवाएर लुटपाट गरेको आरोपमा पोखरामा भारतीय नागरिकलाई प्रहरीले प्रकाउ गरेको छ । यात्रुहरुलाई लुटपाट गर्ने मनसायले नशालु पदार्थ मिसावट गरेको लड्दुसहित प्रहरीले ४६ वर्षीय भारतीय नागरिक दिलिप पटेललाई फागुन १ गते प्रकाउ गरेको हो । भारतीय नागरिक पटेलले सार्वजनिक सवारी साधनमा यात्रुहरुलाई नशालु पदार्थ खुवाएर लुटपाट गर्ने गरेको सूचनापछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका–९ बसपार्कमा चेकजाँच गर्ने क्रममा प्रकाउ गरेको हो । प्रकाउ परेका भारतीय नागरिक पटेलको साथबाट प्रहरीले नशालु पदार्थ मिसावट गरिएको १ प्याकेट लड्दुसमेत बरामद गरेको छ । प्रकाउ परेका उनलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धका कसुरमा ३ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट अवैध सुनचाँदी,नगदसहित भारतीय नागरिकलाई प्रकाउ गरेको छ । पोखराबाट प्रहरीले आज (मंगलबार) भारतीय नागरिक सुरजित भौमिकलाई अवैध सुनचाँदी र नगदसहित प्रकाउ गरेको हो । प्रहरीले भारतको पश्चिम बंगाल घर भएका ४० वर्षीय भौमिकलाई अवैध सुनका गरगहना ५ केजी २ सय ग्राम, काँचो सुन ९ सय ९९ ग्राम एक ढिका (विस्कुट) र ५० ग्रामको १ ढिका(विस्कुट) , , ६ किलो चाँदी र ६२ लाख ८१ हजार नगद, विभिन्न बैंकहरुको चेक १३ थान, आधार कार्ड १ थान, मोवाईल १ थान, डायरी १ थानसहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले बताए । अवैध सुनचाँदी र नगदसहित प्रकाउ परेका भारतीय नागरिक भौमिकलाई भोलि (बुधबार) थप अनुसन्धानका लागि राजस्व विभाग ललितपुर पठाइने कास्की प्रहरीले जनाएको छ ।
दोलखा: दोलखाको शैलुङमा भएको हत्याकाण्डका आरोपीहरुलाई आइतबार प्रहरी सार्वजनिक गरेको छ। हत्या अभियोगमा पक्राउ परेका शैलुङ गाउँपालिका–५ काटाकुटीका पुस्कर नेपाली, ईश्वर नेपाली र विशाल नेपालीलाई जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको हो। गत पुसमा शैलुङ गाउँपालिकाका– ४ का १८ वर्षीय युवक भीष्म भण्डारीलाई उनीहरुले खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ। युवकको हत्यामा उनीहरुको संलग्नता रहेको र हत्याकाण्ड प्रेम सम्बन्धको कारण भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताए। उनका अनुसार गत पुस ११ गते राति युवक भीष्म १७ वर्षीया प्रेमिकाको काटाकुटीस्थित घरमा गएर बसेका थिए। (भीष्म भण्डारी) गाउँको मेलामा गएका किशोरीका बुबा पुष्कर र ठुलोबुबा ईश्वर घर फर्किएपछि युवकलाई छोरीसँगै देखेपछि वादविवाद भएको थियो। विवादपछि किशोरीका ठुलोबुबाका छोरा विशाल नेपाली पनि पुगेका थिए।त्यसलगत्तै उनीहरुले भीष्मलाई स्थानीय वीरबहादुर तामाङको घर नजिकै बाटोमा लगेर घाँटी रेटेर हत्या गरेका थिए। दोलखा प्रहरीका अनुसार वादविवादपछि आक्रोशित भएका ईश्वर नेपालीले आफ्नो घरको कुखुरा राख्ने खोरबाट खुकुरी लिएर गई भीष्मलाई खुकुरी प्रहार गरी घाइते बनाएका प्रहरीले जनाएको छ। त्यसपछि उनीहरुले खुकुरीले घाँटी छिनाई मृतक शवलाई धारामा पानीले पखाली स्थानीय बजिनी खोल्सामा लगेर फालेको उनीहरुले बयान दिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
पोखरा: कास्की प्रहरीले विवाह समारोहबाट चोरी भएको झोलासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १६ का ३५ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन् । उनलाई प्रहरी टोलीले चोरी भएको केही समयमै पक्राउ गरिएको कास्की प्रहरीले बताएको छ । नदिपुरस्थित शाक्य समाज घरमा विवाहको पार्टीबाट काठमाण्डौकी ४५ वर्षीया ताराकुमारी लामिछानेको सुनको टप, तिलहरी र १७ हजार रुपैयाँसहितको ह्यााण्ड ब्याग चोरी भएको थियो । त्यसपछि प्रहरीलाई जानकारी गरेपछि ति श्रेष्ठलाई नारायणथानबाट केही समयमै पक्राउ गरिएको हो । पक्राउ परेका श्रेष्ठको साथबाट ब्याग, १२ हजार ५ सय रुपैयाँ, सुनको तिलहरी, टप, १ थान मोबाइल र चार्जर बरामद भएको छ । श्रेष्ठविरुद्ध चोरी सम्बन्धि मुद्धा दर्ता भई थप अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।