लेकसाइडमा स्कुटरलाई ठक्कर दिएर भागेका कुशल पक्राउ

पाेखरा | बैशाख १४, २०८१

लेकसाइडमा स्कुटरलाई ठक्कर दिएर भागेका कुशल पक्राउ

पोखरा:  वडा प्रहरी कार्यालय बैदामले प्रहरीले गत ६ गते लेकसाइडमा ग १३ प ४०९ नम्बरको स्कुटरलाई गरेको ग १२ प ३३९७ नम्बरको स्कुटरले ठक्कर दिएर फरार रहेका युवालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका ७ घर भई हाल पोखरा महानगरपालिका वडा १७ बस्ने २१ वर्षीय कुशल गुरुङ रहेका छन् ।

 

कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माले एउटै दिशामा गएको स्कुटरलाई ठक्कर दिई स्कुटरमा सवार पोखरा २७ कि गायत्री थापालाई घाइते बनाई गाली गलौज गरी फरार रहेको बताउदै सूचनाको आधारमा कुशललाई पक्राउ गरिएको बताए । 

 

डिएसपी शर्माका अनुसार कुशललाई ठक्कर दिएको स्कुटरसहित वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

 

हाल पक्राउ परेका कुशलविरुद्ध वडा प्रहरी कार्यालय बैदामबाट अभद्र व्यवहार सम्बन्धि मुद्दामा थप अनुसन्धान अगाडी बढाएको जनाएको छ ।


 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्