एक साताअघि धरानस्थित पाँच कन्याको जङ्गलमा मृत फेला परेकी धनकुटाको महालक्ष्मी नगरपालिका–२ की ३४ वर्षीय चुनकुमारी बुढाथोकीको हत्या श्रीमानले नै गराएको खुलेको छ ।   वैदेशिक रोजगारीका क्रम...

पोखरा:   यही मंसिर ५ गते पोखरा ८ नागढुङ्गास्थित युनिक होटलको कोठामा मृत भेटिएकी ३८ वर्षीय सुक विक प्रकरणको अनुसन्धान कास्की प्रहरीले जारी राखेको छ ।​ यद्यपी कुनै पनि रहस्य नखुलेको बताएको छ । अनुसन्धानका लागि नियन्त्रणमा रहेका ५ जनालाई तारिखमा छाडिएको छ ।   जिल्ला प्रहरी कार्यालय कास्कीले सुकु मृत भेटिएपछि युनिक होटलका सञ्चालक, शिला रेष्टुरेन्टका सञ्चालक लगायत अन्य संकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएको थियो ।    अहिले उनीहरुलाई तारिखमा छाडिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनले उक्त घटनाको अनुसन्धान भइरहेको बताए । उनका अनुसार नियन्त्रणमा रहेका सबैजनालाई आवश्यक परेको खण्डमा उपस्थित हुनेछन् ।    उनले सुकुको परिवारले कुनै पनि किटानी जोहेरी नदिएको बताउदै घटनाको विस्तृत अनुसन्धान भइरहेको बताए ।   होटल सञ्चालकले कास्की प्रहरीलाई दिएको बयान अनुसार ति महिला आफैले केटाको नाममा कोठा बुक गरेकी थिइन् ।   विगत केही वर्षयता नागढुङ्गास्थित शिला रेष्टुरेन्टमा काम गर्दै आएकी सुकु मंसिर ५ गते दिउँसो साथीलाई भेट्न जान्छु भनेर रेष्टुरेन्टबाट निस्किएकी थिइन् । त्यसको बेलुकीपख कोठामा अचेत अवस्थामा भेटिएकी थिइन् ।    केटाको नाममा कोठा बुक भएको भनिएतापनि कुनै पुरुषको संलग्नता रहे नरहेको पुष्टि भएको छैन ।    कास्की प्रहरीका अनुसार सो होटलमा सिसिटिभी जडान नभएकै कारण अनुसन्धानमा थप कसरत गर्नुपरेको बताएको छ ।    तनहुँको भिमाद नगरपालिका घर भएकी सुकु विकले केही वर्षयता पोखरा महानगरपालिका–८ नागढुङ्गास्थित शिला रेष्टुरेन्टमा काम गर्दै आएकी थिइन् ।  

बागलुङ:   बागलुङमा श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा जिल्लाको बागलुङ नगरपालिका–१३ सल्यान बस्ने हरि सिंह नेपालीलाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको हो । ५० वर्षीया श्रीमती सितली शाहीको हत्या आरोपमा जिल्ला जिल्ला प्रहरी कार्यालय बागलुङले नेपालीलाई आईतबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि) मदन केसीले बताए । उनले शाहीको टाउँको र दायाँ खुट्टामा गम्भिर चोट लागेको अवस्थामा श्रीमान र स्थानीयहरुले धौलागिरी अस्पताल बागलुङमा ल्याएको ल्याएको बताए । ‘वडाअध्यक्ष नारायणप्रसाद पौडेलले इलाका प्रहरी कार्यालय बलेवामा खबर गरेपछि प्रहरी सँगै गम्भिर घाईते शाहीलाई अस्पताल ल्याइपु¥याएको थियो,’ डिएसपि केसीले भने,‘शाहीलाई धौलागिरी अस्पताल बागलुङले मृत्त घोषणा गरेको छ । प्रारम्भिक अनुसन्धान र स्थानीयहरुले श्रीमानको कुटपिटबाट हत्या भएको हुनसक्ने बयान दिएपछि नेपालीलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको छौं ।’ श्रीमान नेपालीले लडेर घाईते भएको बयान दिएपनि घटनाको प्रारम्भिक अनुसन्धानले कुटपिटबाटै हत्या भएको देखिएको डिएसपि केसीले बताए । घट्नाबारे अनुसन्धान सुरु भएको र अहिले नै सबै कुरा खुलिनसकेको प्रहरी भनाइ छ । नेपालीलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको डिएसपि केसिले जानकारी दिए ।

सशस्त्र प्रहरीले सिरहास्थित नेपाल-भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको ८ लाख रूपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।   सिरहाको बरियापट्टी गाउँपालिका-२ श्रीपुरका ४२ वर्षीय महोमद फिरोजलाई शनिबार बरियापट्टीकै वडा नम्बर ३ चमारटोलबाट ८ लाख रूपैयाँसहित पक्राउ गरेको हो।   सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार भारतबाट साइकलमा आउँदै गरेका उनलाई गस्तीमा खटिएको सिमा सुरक्षा बलको टोलीले चेकजाँच गर्दा उनको साथमा १ हजार दरको ४ सय ९६ वटा, ५ सय दरको ६ सय ३ वटा र १ सय दरको २५ वटा नेपाली नोट फेला पारेको थियो।   फिरोजले सो रकम कहाँबाट कुन प्रयोजनको लागि लिएको भन्ने स्रोत खुलाउन नसेकपछि उनलाई नियन्त्रणमा लिएको प्रवक्ता थापाले जानकारी दिएका छन्।   नियन्त्रणमा लिइएका फिरोजलाई बरामद रुपैयाँ तथा साइकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाएको छ ।

पोखरा:  कास्की प्रहरीले गएराती ५ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।   विशेष सूचनाको आधारमा पोखरा महानगरपालिका–९ शिवटोल बस्ने ३७ वर्षीय गीता लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासहित ५ जनालाई गएराती पक्राउ गरिएको कास्की प्रहरीले बताएको छ ।    उनीहरूको साथबाट नगद रु २९ हजार ३ सय ४० रूपैयाँ र तास बरामद गरेको छ ।   सो विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तनहुँ:  जिल्ला प्रहरी कार्यालय तनहुँले फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा व्यास नगरपालिका– १३ बेलबासका २१ वर्षीय शिवराज थापा रहेका छन् ।    तनहुँ प्रहरीका अनुसार उनी विगत ५ महिनादेखि फरार थिए ।     थापालाई जिल्ला अदालत तनहुँले २०८० साल जेठ ३२ गते अपराधिक उपद्र मुद्धामा ३० दिन कैद, र २ हजार रुपैयाँ (दुई हजार) जरिवाना तोकेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित तस्कर पक्राउ परेका छन्। पक्राउ परेका उनीहरूलाई आज सार्वजनिक गरिँदै छ।   निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए। अन्दाजी १८ र छ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तस्कर पक्राउ गर्न खटिएको थियो।   गैँडा मृत भेटिएको १० दिन नबित्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मङ्सिर ९ गते पूर्वी चितवनको राप्ती नगरपालिका–३ बाट छ र ११ गते सोही नगरपालिकाको भण्डाराबाट दुई जना पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए। पक्राउ परेकाहरू चितवन र मकवानपुरका हुन्।   गैँडा मारेर खाग बिक्री गर्न तयारी गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। पक्राउपछि उनीहरूबाट खागसमेत बरामद गरिएको छ। निकुञ्जको गस्ती भइरहने क्षेत्रमा गैँडा मारिएपछि वन तथा वातावरण मन्त्रालयले अध्ययनका लागि टोली गठन गरेको थियो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा गठित टोलीले स्थलगतरूपमा अध्ययन गरेर यही मङ्सिर १२ गते विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानालाई प्रतिवेदन बुझाएको छ। निकुञ्जको महत्त्वपूर्ण भू–भागमा पुरातन शैलीमा गैँडा मारिएपछि सर्वत्र चासो र चिन्ता व्यक्त गरिएको थियो। घटनालगत्तै निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो खटिएको थियो।   आज राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा पत्रकार सम्मेलनमार्फत पक्राउ परेका उनीहरुलाई सार्वजनिक गरिँदै छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पत्रकार सम्मेलनमा निकुञ्ज विभागका महानिर्देशक ढुङ्गाना, ब्यूरोका प्रवक्ता नवराज अधिकारी, नेपाली सेनाको राष्ट्रय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका अधिकारीसमेतको उपस्थिति रहनेछ।   सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३८ वटासम्म गैँडा तस्करले मारेका थिए। पछिल्ला वर्षहरूमा वन्यजन्तु चोरी सिकारी घटेर गएको थियो। कतिपय वर्षमा  निकुञ्जले शून्य चोरी सिकार वर्ष मनाएको थियो।

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले १६ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।   कास्की प्रहरीका अनुसार गएराती साढे १ बजे पोखरा महानगरपालिका २१ निर्मलपोखरीको मैदानमा कौडा खेलिरहेका १६ जनालाई पक्राउ गरिएको हो ।   उनीहरुलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले १६ थान कौडा र नगद रु. ५ लाख ५ हजार ६५ रुपैयाँसहित पक्राउ गरिएको कास्कीका सूचना अधिकारी डिएसपी श्रवण बिकले जानकारी दिए ।   उनका अनुसार पक्राउ पर्नेमा पोखरा ३३ भरतपोखरीका ३८ वर्षीय सन्तोष गुरुङ,  सोही स्थानकै ४६ वर्षीय राम केसी, पोखरा ६ बस्ने ३६ वर्षीय संजिब अधिकारी, सोही वडाकै ४० वर्षीय राम ढकाल रहेका छन् ।   यस्तै पोखरा ६ कै ६४ वर्षीय बिर बहादुर लामिछाने, सोही स्थानकै ४० वर्षीय मोहन बहादुर गुरुङ, पोखरा १७ विरौटाका ४० वर्षीय प्रकाश पोख्रेल, सोही ठाउँकै ४६ वर्षीय कृष्ण प्रसाद भण्डारी, विरौटाकै ३० वर्षीय कुमार भण्डरी, ३८ वर्षीय  गौतम गुरुङ रहेका छन् ।   पोखरा २१ कृष्ती बस्ने ४८ वर्षीय होम बहादुर रानाभाट, कृष्तीकै ४० वर्षीय टंक बहादुर कार्की, सोही स्थानकै २३ वर्षीय रहेका छन् ।    यस्तै पोखरा १० अम्मरसिंहका ६३ वर्षीय मिन बहादुर बरुवाल, पोखरा ३३ गैरागाँउका ३३ वर्षीय रामचन्द्र आचार्य, पोखरा १७ विरौटाका ४० वर्षीय जीवन शाही रहेका छन् ।   उनीहरुलाई हाल  सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा मुद्धा दर्ता गरी  थप अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।  

पोखरा:    पोखरा महानगरपालिका–१४ चाउथे स्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गेट अगाडि रहेको प्रज्वल प्रतिक खाजा घरमा जुवा खेलिरहेका ८ जना जुवाडेलाई प्रहरीले प्रकाउ गरेको छ ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थन गेट अगाडी प्रेम बहादुर कार्कीले सञ्चालन गरेको प्रज्वल प्रतिक खाजाघरमा जुवातास खेलिरहेका ८ जना जुवाडेलाई ५२ पत्ति तास,एक लाख ५ हजार ५ सय ६० रुपैयाँसहित जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो ।  प्रकाउ पर्नेमा खाँजा घरका सञ्चालक ४५ वर्षीय प्रेमबहादुर कार्की, ललितपुर स्थायी घर भई पोखरा महानगर १४ चाउथे बस्ने २९ वर्षीय उत्तम बयलकोटी, तनहुँको शुक्लागण्डकी नगरपालिका स्थायी घर भई पोखरा महानगर १४ चाउथे बस्ने ३४ वर्षीय महेन्द्रबहादुर भुजेल र पोखरा महानगर २२ पुम्दी–भुम्दी बस्ने ३५ वर्षीय तेजराज बराल रहेका छन् ।  यस्तै प्रकाउ पर्नेमा मोरङ बेलबारी नगरपालिका घर भई पोखरा महानगर १४ चाउथे बस्ने ३३ वर्षीय अर्जुन पौडेल, सप्तरीको कञ्चनपुर नगरपालिका घर भई पोखरा महानर १४ बस्ने ३५ वर्षीय राकेश चौधरी, पोखरा महानगर ४ सिद्धार्थ चोक बस्ने ५२ वर्षीय कमलराज लामिछाने र चितवनको भरतपुर नगरपालिका स्थायी घर भई पोखरा महानगर १४ बस्ने ५२ वर्षीय एकबहादुर गुुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  प्रकाउ परेकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य,सुरक्षा र नैतिकलताको विरुद्ध कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्धामा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।   

काठमाडौंबाट नक्कली नोटसहित दुई जना महिला पक्राउ परेका छन्। सोमबार राति प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको हो।    पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका-७ कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक जलविरेकी ४९ वर्षीया सिर्जना थापा र बुढानिलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने ओखलढुंगा कुईवीर गाउँपालिका-४ की ४१ वर्षीया मैया कुमारी घिमिरे छन्।   सिर्जनाबाट १ हजार दरको १ सय ४० थान र कुमारीको साथबाट १ हजार दरको २१ थान नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ। सिर्जना र मैया कुमारीले नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको प्रहरीले शंखरापुर नगरपालिका-७ कोलागालबाट सिर्जनालाई सोमबार राति र प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले मैया कुमारीलाई बुढानिलकण्ठ नगरपालिका-१२ कपन निलोमाईक्रो पार्क नजिकबाट सोमबार साँझ पक्राउ गरेको हो।