तनहुँमा आफ्नै बुवाको हत्या, छोरा दिपक पक्राउ

तनहुँ | बैशाख ९, २०८१

तनहुँमा आफ्नै बुवाको हत्या, छोरा दिपक पक्राउ

तनहुँ:   इलाका प्रहरी कार्यालय बेलचौताराले आफ्नै बुवाको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा म्याग्दीगाउँपालिका–६ बस्ने २६ वर्षीय दिपक बिक रहेका छन् । 

 

तनहुँ प्रहरीका अनुसार उनले आफ्नै ७६ वर्षीय बुवा रापबहादुर बिकलाई चक्कु प्रहार गरी हत्या गरेका थिए । 

 

तनहुँ शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित छोरी रस्मी बिकको घरमा बस्दै आएका राप बहादुरलाई दिपकले चक्कु प्रहार गरी हत्या गरेको सूचना प्राप्त भएपछि सोही आधारमा शुक्रबार दिपकलाई पक्राउ गरिएको हो ।

 

सो विषयमा थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्